पालाकोट वडापालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

पालाकोट वडापालिका - स्थानीय तह निर्वाचन - २०७४

करिब २५ वर्ष पछि राज्य पुनर्संरचना भएपछि ६ न.पर्देश, बाँफिकोट गाउ पालिका अन्तरगत पालाकोट वडापालिका स्थानीय तह निर्वाचन – २०७४ मा ने.क.पा.माओबादी केन्द्रले तीन दलको

स्थानीय तह निर्वाचन - २०७४.jpg

गठबन्धनलाइ(नेपाली कांग्रेस+एमाले+नयाशक्ति) हराउदै विजय हासिल गर्दै पालाकोट वडापालिका कायम भएको छ.यो नेपालकै सबै भन्दा सानो,भौगोलिक रुपमा पनि सानो र सुगठित नमुना योग्य वडापालिका मानिएको छ जनताकोअधिकार जनतामै फिर्ता गर्ने उदेश्य अनुसार १० वर्षे जनयुद्ध र जनान्दोलनको अथक प्रयास,बलिदान र त्याग पछी ऐतिहासिक पालाकोट राज्य फेरी पालाकोटकै हातमा परेको छ अब यो राज्यसंचालन गर्ने जिम्मा त्यहाकै जनतालाई सुम्पिएकोमा तत्कालिन ने.क.पा.माओबादी केन्द्र का अध्यक्ष प्रचण्डको सरकारलाई पलाकोटका जनताले,धन्यबाद दिएका छन यो राज्य जनताकै हातमा फिर्ता गर्न बिशेष योगदान गर्नुहुने सस्थापक दिपेन्द्र बहादुर मल्ल,उमेदवार हर्कु मल्ल र ६ जना महान सहिद हरुपर्ति समान तथा दोसल्ला,फूलमाला,अबिरबरनले स्वागत गारिएको छ,पुरानो संरचना अनुसार २ वडामा विभाजित यो राज्य अहिले पूर्ण वडापालिका भएकोमा सवैमा खुशी छाएको स्थानीय बताउछन, स्थानीय तह निर्बाचनमा बिजय भएपछी बाफिकोट देखि विजय जुलुस सुरु भै पालाकोट परिक्रमा गरि श्री जनएकता नि मा वि को प्रान्गनमा आइ समापन भएको थियो,उक्त समापनमा बक्ताहरुले बोलेको केहि अम्श

1. “यो राज्य फिर्ता लिन हामीले मिर्त्युलाई स्विकार गरेको हौ”-हर्कु मल्ल 2. अरुले त चुनावी घोषणापत्र बनाए हामीले बनाएनौ किनकि हामीलाई जरुरि छैन हामीले घोषणापत्रमा लेख्नुपर्ने कुराहरु व्यवहारमा गरिसकेका छौ ,केहि प्रक्रियामै छन् यो जनताले प्रस्ट देखिसकेका छन.- हर्कु मल्ल

खुशी मानेको विजय र्यालीमा.jpg

3. हामी विजय भएपछि बिपक्क्षीले भनेजस्तो जंगल पठाउदैनौ -सेर बहादुर मल्ल 4. यो जित अरु बेला सीतनिद्रामा सुत्ने सर्प र चुनाब बेला मात्रै साउने खोला झैँ सुस्साउनेहरुको जीत होइन –दिपेन्द्र बहादुर मल्ल 5. मैले सवै पार्टीएक भएर जान भनेको हो कमजोरी मिलाउन नसक्नेको होइन मिल्न नसक्नेको पनि हो.- दिपेन्द्र बहादुर मल्ल 6. यो जीत हिजो विकास गर्दा निन्याउरो कुरा गरेर अबरोध गर्ने र सार्वजानिक स्थानलाई चाप्ने हरुको जित हैन,यो जीत त क्रान्तिकारी,समाजसेवी,जनसमुदायहरुको जित हो- दिपेन्द्र बहादुर मल्ल 7. यो जीत मात्र हैन अरु धेरै चुनौती छ अब संयम भएर यो विजयलाई सार्थकता दिन सकेनौ भने जनताले हराउने छन,हामी अझै पनि बिपक्षीहरुलाई मिलाएर लैजाने कोसिश गर्नु पर्छ.- दिपेन्द्र बहादुर मल्ल 8. हामीले अब भोट मात्र दिएर पुग्दैन अबको ५ बर्षसम्म वैचारिक,आर्थिक,प्राविधिक सहयोगको खाचो छ,किनकी एक हातले तालि बज्दैन एक हात त तपाइँहरु नै हो .- दिपेन्द्र बहादुर मल्ल 9. प्राविधिक मिस्टेकका बाफजूट पनि हामी बिजयी भएका छौ र पनि हामी जनताको सेवा गर्न एक कदम पनि पछी हट्ने छैनौ,तपाईहरुको भोटको कदर गर्न म र मेरो परिवार हरदम लागिरहने छ.-पवन चन्द 10. अबको स्थानीय सत्ताले सबैको रोजगारको ग्यारेन्टी र निर्यातमुखी व्यापार अघिबढाउनेछ.-गोबिन्द मल्ल

Amar sunuwar.jpg

11. यही मंचबाट नेपाली कांग्रेसका साथीहरुले भनेका थिए “हामीले जितेपछि माओवादीलाई जंगल लखेट्ने छौ” आज तपाइको भोटले नेपाली कांग्रेसका साथीहरुको मुखमा मुड्की प्रहार गर्नुभएको छ.-धनबहादुर खड्का 12. मैले के अपराध गरेको थिए र मलाई जिउदै जलाउन खोजियो ? घर जल्दैमा मान्छे मर्दैमा मेरो विचार र आस्था जल्न सक्छ र ? –अम्मर सुनार

यसरि कार्क्रममा पर्तिबध्दा राखेर कार्यक्रम अन्त्य भएको छ. स्थानीय तह निर्बाचन मा कसले कति मत पाए जस्ताको तस्तै मत परिणाम:-

ने.क.पा.माओबादी केद्र-२१८

हर्कु मल्ल - २१८
बल ब.जैसी - २१६
कालेकामी - २१०
बुदी कामि - २१४
सुसिला मल्ल - २१०

नेपाली कांग्रेस-१८६

कर्ण ब.मल्ल - १८६
कल्लान चन्द - १८७
टंक प्रसाद शर्मा - १६८
कवाली कामि -
तुली गिरि -
मैले के अपराध गरेको थिए र मलाई जिउदै जलाउन खोजियो ? घर जल्दैमा मान्छे मर्दैमा मेरो विचार र आस्था जल्न सक्छ र ? –अम्मर सुनार

यो भनाइ अम्मर सुनुवार को हो उहा पालाकोट वडापालिकाको एक निम्न बर्गीय,दलित,साधारण शिक्षक हो उहाले पालाकोटका धेरै विधार्थीहरुलाई शिक्षाको जोति छर्नुभएको छ,एकदमै मिलनसार,इमानदारीका साथै समाजसेवी तथा दलित समुदायको आदर्श व्यक्ति आज समाजको घिनलाग्दो राजनीति खेलमा उहालाई फसाइएको छ जुनसुकै मानिस कुनै न कुनै आस्था वा बिचारमा आबध्द त हुन्छ नै तर आस्था राखेकै निहुमा यसरी घरै आगो लगाई ज्यान लिने जघंन्य अपराध गर्ने अपराधीहरु जो सुकै पार्टीमा किन नहोस सजाय हुनै पर्छ,समाजमा सान्ति सुरक्षा ,अमन चयन बिधि बिधान मिचेर यसरी उग्र व्यवहार गर्ने अपराधीहरु राज्यको सत्रु हो यसको तुरुन्तै अनुसन्धान छानबिन सुरु गरियोस,जंगल त यस्ता व्यक्ति हरुलाई लखेट्नु पर्छ जसले समाजमा अरुको भलाई,शान्ति चाहदैनन्

अम्मरको भनाई

Amar sunuwar.jpg

घटना चुनावकै अघिल्लो दिन अर्थात् ३० गते राति १:४५ बजे को हो म र मेरो परिवार सुतिरहेको थियौ बेलुकी म वाई सी एल का साथि हरुले गस्ती गरौ भनेपछि गाउमा गएको थिए कारीब १० बजेतिर कसैले ढोका हानेको थियो भनेर बुढीले फोन गरेकी थिइन म तुरुन्तै घरमा आए साथमा तेजेन्द्र पनि थिए जताततै हेरे कोहि थिएन हावाले हल्लाएर होला भन्दै हामी सुत्यौ करिब राति १:४५ मा म मस्त निद्रामा परेको रहेछु एकाएक मलाई सास फेर्न अफ्ठेरो भयो,नाकमा पिरो धुवा आयो लाग्यो पुस्पाले बिहानै खाना बनाउन लगेछिन भोट हाल्न जानु पर्छ भनेर होला तर झन् झन् धुवा बढेपछि उठेर हेरे सबै सुतेका रहेछन अगेनोमा आगो थिएन एताउता हेरे बुइगलमा उज्यालो प्रकाश देखे बुइगलमा मैले बत्ती नै छैन कसरि उज्यालो भयो अचम्म पर्दै गए त्यहाँ त ठुलो आगोको मुस्लो थियो झन् तेज गतिमा फैलिदै थियो हतार हत्तार गर्दै म एक गाग्री पानि मात्रै थियो त्यहि लिएर गए पानि हाल्दा पनि केहि लागेन पुस्पा कराइन सबै आए पाइप को पानी लिन जादा पानी बन्द थियो सदेन्त्र पुर्बक पाइप बन्द गरेर आगो लगाएको रहेछ अहिले पो थाहा भयो पाइपमा बुजो र माटोले भरेको थियो जिउदै जलाएर मार्ने नियत रहेछ,मेरो व्यक्तिगत झगडा त कसै संग छैन तर मलाई झापड दिए परिस्थिति अर्कै हुन्छ भन्ने नियत ले यस्तो गरेको हो.अब मेरो घर जलाउने ले याद राखोस कि मेरो आस्था जलेको छैन झन तिब्र भएको छ अबको ५ बर्ष पछि हेर्दै जानु मेरो घर जलाउने हातलाई मेरै उमेदवारीमा छाप लगाउन बाध्य हुनुपर्ने छ,म कसैलाई मुद्दा हाल्दैन,न कुनै संखा नै गर्ने छु तर अपराधी आफैले मैले गल्ति गरे भन्दै मेरो सरनमा परेको हुनेछ,इतिहास आजैको दिन साक्षी भएर बस्नेछ.