पाली त्रिपिटक
| पाली त्रिपिटक | |
|---|---|
| प्रकार | प्रामाणिक ग्रन्थहरू |
| अभिभावक सङ्कलन | पाली साहित्य |
| समावेश | विनय पिटक; सुत्त पिटक; अभिधम्म पिटक |
| टिप्पणी | अट्ठकथा |
| पाली साहित्य | |


पाली त्रिपिटक पाली भाषामा संरक्षित थेरवाद बौद्ध परम्पराका धर्मग्रन्थहरूको मानक सङ्ग्रह हो।[१] यो हालसम्म अस्तित्वमा रहेको सबैभन्दा पूर्ण प्रारम्भिक बौद्ध त्रिपिटक हो।[२][३] यो मुख्यतया ताम्रपणीय सम्प्रदायबाट साभार गरिएको हो।[४]
बौद्ध परम्परा अनुसार, राजगिरमा गौतम बुद्धको परिनिर्वाण भएको तीन महिनापछि आयोजित प्रथम बौद्ध सङ्गीतिका क्रममा, आनन्दले सुत्त पिटक र उपालीले विनय पिटक वाचन गरेका थिए। उपस्थित अर्हतहरूले ती वाचनहरूलाई स्वीकार गरे र त्यसपछि यी शिक्षाहरूलाई सङ्घद्वारा मौखिक रूपमा संरक्षण गरिएको थियो। सम्राट अशोकको शासनकालमा श्रीलङ्का पठाइएको त्रिपिटक सुरुमा मौखिक रूपमा सुरक्षित गरिएको थियो र पछि ईसा पूर्व २९ मा, गौतम बुद्धको मृत्युको लगभग ४५४ वर्षपछि, चौथो बौद्ध सङ्गीतिको क्रममा ताडका पातहरूमा लेखिएको थियो।[क][६] यी ग्रन्थहरू "बुद्धद्वारा बोलिएका" हुन् भन्ने दाबीलाई यस गैर-शाब्दिक अर्थमा लिइन्छ।[७]
भाणक (कण्ठस्थ गर्ने) परम्परा पछिल्लो समयसम्म पनि अस्तित्वमा रहेको थियो भने र अन्य स्रोतहरूले देखाए अनुसार लिखित धर्मग्रन्थहरूसँगै मौखिक परम्परा पनि धेरै शताब्दीसम्म सँगसँगै चलेको थियो। त्यसकारण, धर्मग्रन्थहरूको तथाकथित लिपिबद्ध कार्य[८] एउटा नयाँ प्रकारको परम्पराको सुरुवात मात्र थियो र सम्भवतः पुरातनपन्थी भिक्षुहरूले यस नवीनताको विरोध गरेका थिए। अन्य धेरै नयाँ परिवर्तनहरूका कारण केही समयपछि मात्र यसलाई सामान्य रूपमा स्वीकार गरिएको थियो। तसर्थ, धेरै पछि मात्र यस घटनाको विवरणलाई राजा वट्टगामणीको संरक्षणमा भएको एक "सङ्गीति" (सङ्गायन वा सङ्गीति) को रूपमा परिवर्तन गरिएको थियो।
यस्तै शिक्षाहरूका पाठगत अंशहरू भारतका अन्य प्रमुख बौद्ध सम्प्रदायका आगमहरूमा पनि फेला परेका छन्। यद्यपि, ती पाली बाहेकका विभिन्न प्राकृत र संस्कृत भाषाहरूमा लेखिएका थिए। तीमध्ये केहीलाई पछि चिनियाँ भाषामा अनुवाद गरिएको थियो (जसमध्ये सबैभन्दा पुरानो चौँथो शताब्दीको उत्तरार्धको हो)। श्रीलङ्कामा सुरक्षित संस्करणलाई सबैभन्दा पूर्ण मानिन्छ[९] तर बुद्धको मृत्युको लगभग १,००० वर्षपछि, अर्थात् सा् ५औँ वा ६औँ शताब्दीमा यसलाई व्यापक रूपमा परिमार्जन गरिएको थियो।[१०] पालि त्रिपिटकको सबैभन्दा पुराना पाठगत अंशहरू बर्माको प्यु नगर-राज्यहरूमा फेला परेका थिए, जुन सन् पाँचदेखि छैठौँ शताब्दीको मध्यतिरका मात्र हुन्।[११]
पाली त्रिपिटकलाई तीनवटा सामान्य श्रेणीहरूमा विभाजन गरिएको छ, जसलाई पिटक भनिन्छ (यसको अर्थ "टोकरी" हुन्छ र यसले ताडपत्र पाण्डुलिपिहरू राखिने भाँडोलाई जनाउँछ)।[१२] यसरी, यो पिटकलाई परम्परागत रूपमा त्रिपिटक ("तीन टोकरी") को नामले चिनिन्छ। ती तीन पिटकहरू यस प्रकार छन्:
- विनय पिटक ("अनुशासनको टोकरी"), जसमा सङ्घका नियम वा अनुशासनको व्याख्या गरिएको छ।[१२][९]
- सुत्त पिटक (सूत्र/उपदेशको टोकरी), बुद्धका प्रवचन, उपदेश र केही धार्मिक कविताहरू; यो सबैभन्दा ठूलो पिटक हो।[१२]
- अभिधम्म पिटक, बौद्ध सिद्धान्तमा विशेषगरी मनको बारेमा विस्तृत व्याख्या गर्ने ग्रन्थहरू; यसलाई "व्यवस्थित दर्शन" को टोकरी पनि भनिन्छ।
विनय पिटक र सुत्त पिटक प्रारम्भिक बौद्ध सम्प्रदायका कृतिहरूसँग निकै मिल्दोजुल्दो छन् जसलाई प्रायः प्रारम्भिक बौद्ध ग्रन्थ भनिन्छ। यद्यपि, अभिधम्म पिटक पूर्ण रूपमा थेरवाद सङ्ग्रह हो र अन्य बौद्ध सम्प्रदायहरूले मान्यता दिएका अभिधम्मका कृतिहरूसँग यसको समानता निकै कम छ।[१३]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]टिप्पणीहरू
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Gombrich 2006, पृष्ठ 3.
- ↑ Harvey 1990, पृष्ठ 3.
- ↑ Maguire 2001, पृष्ठ 69.
- ↑ Hahn, Thich Nhat (२०१५), The Heart of Buddha's Teachings, Harmony, पृ: 16।
- ↑ Wynne 2003.
- ↑ Drewes, David (२०१५), "Oral Texts in Indian Mahayana", Indo-Iranian Journal 58 (2): १३१, डिओआई:10.1163/15728536-05800051, "बौद्ध ग्रन्थहरू पहिलोपटक ईसा पूर्व पहिलो शताब्दीमा लिपिबद्ध गरिएका थिए भन्ने विचार उन्नाइसौँ शताब्दीदेखि नै व्यापक रूपमा प्रचलित छ, तर यो एक अनुमानभन्दा बढी केही हुन सकेको छैन। यसको एक मात्र आधार चौथो वा पाँचौँ शताब्दीको 'दीपवंस' र पछिल्लो 'महावंस' मा पाइने दुई श्लोकको एक छोटो खण्ड हो, जसले त्यस समयमा त्रिपिटक र अट्ठकथाहरू पहिलो पटक लेखिएको उल्लेख गर्दछ... यद्यपि, यसले बौद्ध ग्रन्थका लागि पहिलोपटक लेखनको प्रयोग गरिएको कुरा भन्न नखोजी श्रीलङ्कामा लिखित धर्मग्रन्थहरूको पहिलो पूर्ण सङ्ग्रहको निर्माणलाई मात्र जनाउन खोजेको स्पष्ट देखिन्छ।"
- ↑ Sujato, Bhante; Brahmali, Bhikkhu (२०१५), The Authenticity of the Early Buddhist Texts, Chroniker Press, आइएसबिएन 978-1-312-91150-5।
- ↑ "THE MAHAVAMSA c.33: The Ten Kings", mahavamsa.org, ८ अक्टोबर २०११, अन्तिम पहुँच २४ डिसेम्बर २०२०।
- 1 2 Robert E. Buswell Jr.; Donald S. Lopez Jr. (२०१३), The Princeton Dictionary of Buddhism, Princeton University Press, पृ: 924, आइएसबिएन 978-1-4008-4805-8।
- ↑ Lars Fogelin (२००६), Archaeology of Early Buddhism, AltaMira, पृ: १३, आइएसबिएन 978-0-7591-0750-2।, उद्धरण: "As of the Pali Canon of Sri Lanka, it was extensively redacted in the fifth or sixth century A.D. (Bechert 1978; Collins 1990; Trainor 1997)"।
- ↑ Stargardt, Janice (२०००), Tracing Thoughts Through Things: The Oldest Pali Texts and the Early Buddhist Archaeology of India and Burma, Amsterdam: Royal Netherlands Academy of Arts and Sciences, पृ: २५।
- 1 2 3 Gombrich 2006, पृष्ठ 4.
- ↑ Encyclopædia Britannica 2008.