सामग्रीमा जानुहोस्

पाश्चात्य दर्शन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पाश्चात्य दर्शन वा पश्चिमा दर्शन कुनैपनि पश्चिमा देशहरूको दार्शनिक सोच, परम्परा र कृतिहरूलाई जनाउन प्रयोग गरिने शब्द हो। ऐतिहासिक रूपमा, यस शब्दले पश्चिमी संस्कृतिको दार्शनिक सोचलाई जनाउँछ जसको सुरुवात प्राचीन युनानी दर्शन अर्थात् प्राक-सुकरातीहरूको दर्शनबाट सुरु भएको हो। दर्शनशास्त्र शब्द प्राचीन युनानी शब्दबाट (φιλοσοφία) आएको हो जसको अर्थ 'ज्ञानको प्रगाढ प्रेम' भन्ने हुन्छ। पाश्चात्य दर्शनहरूका सांस्कृतिक र क्षेत्रीय परम्पराहरू पूर्वीय दर्शनको विपरीत खडा हुन्छ।

प्राचीन ज्ञानको दार्शनिक अवसर र प्राचीन दार्शनिकहरूको (कम्तिमा केही) लेखहरूमा बौद्धिक प्रयासहरू भेटिन्छन्। यी प्रयासहरूलाई आजको दिनमा दर्शन सम्बन्धी समस्याहरू बुझ्नका लागि समावेश गरिएको पाइने भएतापनि यसले अन्य धेरै शाखाहरू जस्तै: शुद्ध गणित र प्राकृतिक विज्ञानहरू, भौतिकशास्त्र, खगोलशास्त्र र जीवविज्ञानमा समावेश गरेको छ। (उदाहरणका लागि अरस्तुले यी सबै विषयहरूमा लेख लेखेका छन्।)

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]