पिटवा फलाम
स्वरूप
पिटवा फलामको उपयोगको विभिन्न उदाहरण
पिटवा फलाम (Wrought Iron) भनेको फलामको एक मिश्र धातु हो जसमा कार्बनको मात्रा धेरै कम (०.०८% भन्दा कम) हुन्छ । पिटवा फलाम फलामको सबैभन्दा शुद्ध रूप हो
यसको विपरीत, ढलोट फलाममा कार्बनको मात्रा २.१% देखि ४% सम्म हुन्छ। पिटवा फलाम बलियो, लचिलो, नरम, जंग प्रतिरोधी, र सजिलै वेल्डिङ गर्न सकिने हुन्छ। यसलाई तताएर पिटेर वा जोडेर विभिन्न आकारमा बदल्न सकिन्छ। यसमा कार्बन कम हुने हुनाले यो टफ हुन्छ तर भंगुर हुँदैन। यसमा खिया कम लाग्छ। बेसेमर प्रक्रियाको आविष्कार संगै, स्टिलको बृहत उत्पादनको एक नयाँ युग शुरू भयो। माइल्ड स्टिल( Mild steel)ले पिटवा फलामलाई प्रतिस्थापित गर्यो।
प्रयोग
[सम्पादन]पिटवा फलामबाट बनेको फर्निचरको लामो इतिहास छ, जुन रोमन कालदेखि नै चलिआएको हो।
- ढोका, रेलिङ र बार बनाउन।
- सुन्दर सजावटका सामान र फर्निचर बनाउन।
- कृषि औजार र विभिन्न हार्डवेयरका वस्तुहरू तयार पार्न।