पिण्डेश्वर विद्यापीठ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

धरानकाे विजयपुर स्थित पिण्डेश्वर संस्कृत महाविद्यालय पूर्वाञ्चलकाे सबभन्दा पुरानाे संस्कृत महाविद्यालय हाे । नेपाल संस्कृत विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा संचालनमा रहेको यस क्याम्पसमा पूर्वीय शास्त्र वेद व्याकरण साहित्य ज्यौतिष तथा धर्मदर्शन र पुराणहरूको पनि अध्ययन अध्यापन हुन्छ । विक्रम संवत् २००८ सालमा स्थापना भएको यस क्याम्पस प्रारंभिक कालमा सरकारी गुठीमार्फत चल्दथ्यो भने गुरुकुलीय पद्धतिमा आवासीय रुपमा चल्दथ्यो । नजीकै रहेको पिण्डेश्वर मन्दिरकै मातहतमा करीब बीस वर्ष चल्यो । त्रिभुवन विश्वविद्यालयबाट आंगिक क्याम्पसको रुपमा सम्बन्धन पाएपछि महाविद्यालयका रुपमा चलेको यस क्याम्पस पछि नेपाल संस्कृत विश्वविद्यालय स्थापना भएपछि विद्यापीठका रुपमा परिचित भयो । ब्राह्मणहरू मात्र पढ्ने पढाउने परिपाटीलाई हटाएर यहाँ सबै वर्ण र संप्रदायले पढ्ने संस्थानको रुपमा यो रहेको छ । छात्रावास तथा पुस्तकालय निशुल्क रुपमा प्राप्त हुने यस क्याम्पसमा विद्यार्थीहरूको आकर्षण बढ्दो छ । समयानुकूल पाठ्यक्रम एवं अनुसन्धानात्मक विषयवस्तु पाठनमा जोड दिइए अझ राम्रो प्रभाव रहने विश्वास गर्न सकिन्छ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य लिङ्क[सम्पादन गर्ने]