पिपला ढुङ्गाना

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
पिपला ढुङ्गाना
Pipala Dhungana
Pipaladhungana.jpg
पिपला ढुङ्गाना
जन्मबतासे , सिन्धुपाल्चोक, नेपाल
नागरिकतानेपाली
शिक्षास्नातकोत्तर
मातृ शिक्षाप्रतिष्ठानत्रिभुवन विश्वविद्यालय
पेशासामाजिक सेवा
वेबसाइटhttps://dhunganapipala.com.np

पिपला ढुङ्गानाको (Pipala Dhungana) जन्म सिन्धुपाल्चोक जिल्लाको बतासेमा भएको हो। उनी[१] कानुनको विद्यार्थी हुन्। समसामयिक लेख [२] बाहेक उनले कविता[३] पनि लेख्छिन्। राजनाितिक र सामाजिक बिषयमा [४] कलम चलाउने पिपला महिला हक अधिकार [५]को लागि पनि आवाज उठाउछिन्। सामान्य मध्यम परिवारमा जन्मिएकी पिपलाको प्रारम्भिक शिक्षा गाउँको पाठशालामा नै भयो। उनले एसएलसी कालिका देवी माध्यमिक विद्यालयबाट[६] दिइन्। उच्च शिक्षाको लागि उनी काठमाडौँ आइन्। उनी चाइनिज भाषाको [७] पनि राम्रो दख्खल राख्छिन्। बेलाबेलामा टुर गाइड[८]को पनि काम गर्छिन्। मुक्तक गजल कवितापछि कथामा पिपलाको रङ कथामा सरेको छ । जीवनका विविध अवस्थामाथिको विचरण र उनको दृष्टिकोण सायद धेरैको रूचिको बिषय हो । त्यसैले लेखन र वाचनका माध्यमले उनी आफ्नो छाप छोड्न सफल छिन् । पिपलाका खैरा आँखासँगको सम्मोहनमा पर्दा धेरैलाई लाग्छ, उनका सृजनाका आँख्लाहरू पनि उसरी नै पाठकीय हृदयमा ठाउँ बनाउँछन् । बटुवालाई बाटो देखाउनेउनको खास काम हो । लेखन उनको खास अम्मल बन्यो । उनी थोरै पढ्छिन्, थोरै लेख्छिन् र धेरै सोचेर बसिरहन्छिन् ।

सुरुवाती जीवन[सम्पादन गर्ने]

पिपला ढुङ्गाना सिन्धुपाल्चोक जिल्लाको बतासे भन्ने ठाउँमा सामान्य मध्यम परिवारमा जन्मिएकी हुन्।

शिक्षा[सम्पादन गर्ने]

पिपला ढुङ्गानाको प्रारम्भिक शिक्षा गाउँको पाठशालामा नै भयो। उनले एसएलसी कालिका देवी माध्यमिक विद्यालय[९]बाट गरिन्। उच्च शिक्षाको लागि उनी काठमाडौँ आइन्। उनलेकन्या बहुमुखी क्याम्पसबाट जनसंख्या र नेपाली साहित्यमा स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालय काठमाडौँ नेपालबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरिन्।

पेशागत जीवनी[सम्पादन गर्ने]

चाइनिज भाषाको पनि राम्रो दख्खल राख्ने ढुंगाना समसमायिक बिषयमा कलम चलाउनुका साथै चाइनिज अनुवाद बाहेक बेला बेलामा टुर [१०] गाइड [११] को काम पनि गर्छिन ।

लेखहरू[सम्पादन गर्ने]

निर्मला हत्या प्रकरण : यो भन्दा ठूलो दसी प्रमाण के हुन सक्छ सरकार ?
लालबाबुको दोस्रो अवतार
नारी-पुरुषमा जनेन्द्रिय मात्रै फरक हो
विभेदका नौ बुँदा: ‘वैधानिक–अवैधानिक वेश्या’


कविताहरू[सम्पादन गर्ने]

म दुर चिहाउन निस्केको मान्छे
पिपला ढुङ्गानाको ‘ढलेको बिद्रोह’
यात्रा
आमासँगको दूरी
तिम्रो यादमा रुने अचेल बानि भएछ
नारी

किताब[सम्पादन गर्ने]

COVID 19 Kathaharu कोभिड-१९ कथाहरु



सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "नारी-पुरुषमा जनेन्द्रिय मात्रै फरक हो", annapurnapost, अन्तिम पहुँच १९ कार्तिक २०७४ 
  2. https://www.setopati.com/literature/167891
  3. "कविताः यात्रा", ratopati, अन्तिम पहुँच भदौ २, २०७५ 
  4. "जबज र एशजको फ्युजन : एकताका आधा", ratopati, अन्तिम पहुँच फागुन २०, २०७४ 
  5. "Opinion makers in the Kathmandu Press: November 5, 2017", onlinekhabar, अन्तिम पहुँच नोभेम्बर ५, २०१७ 
  6. "school web page", Kalika Devi Secondary School Sindhupalchok, अन्तिम पहुँच भदौ २, २०७५ 
  7. "pipala dhungana review page", pipala dhungana, अन्तिम पहुँच भदौ २, २०७६ 
  8. "personal web page", Pipala Dhungana, अन्तिम पहुँच भदौ २, २०७५ 
  9. "schoo web page", Kalika Devi Secondary School Sindhupalchok, अन्तिम पहुँच भदौ २, २०७५ 
  10. https://www.booqify.com/guide/?uid=16805&Pipala_Dhungana_tour_guide_in_Kathamndu
  11. https://dhunganapipala.com.np/reviews/