पिशावर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
पिशावर


  • پېښور
  • پشور
  • پشاور

पुरुषपुर
सहर
PeshawarCollage.jpg
उपनाम(हरू): 
फुलहरूको सहर
पाकिस्तानमा पिशावरको अवस्थिति
पाकिस्तानमा पिशावरको अवस्थिति
देशFlag of Pakistan.svg पाकिस्तान
प्रदेशखैबर पख्तुनख्वा
जिल्लापिशावर जिल्ला
संघीय परिषद९२
सरकार
 • प्रकारनगरपालिका सहर
 • मेयरअराबाब असिम
 • उप-मेयरसैद कसिम अलि शाह
 • उप-आयुक्तसकिव रजा अस्लाम[१]
 • सहायक आयुक्तमहम्मद मुगिछ सानाउला[२]ref
क्षेत्रफल
 • सहर१,२५७ किमी (४८५ वर्ग माइल)
उन्नतांश
३३१ मिटर (१,०८६ फिट)
Highest elevation
४५० मिटर (१,४८० फिट)
जनसङ्ख्या
 (२०१७)[३]
 • सहर१,९७०,०४२
 • क्रमपहिलो खैवर पख्तुनखवा
पिशावर पाकिस्तानमा छौँटौ
 • घनत्व१,६००/किमी (४,१००/वर्ग माइल)
 • महानगर
४,२६९,०७९
 पिशावर नगरपालिका निगम: १,८९३,३६१
पिशावर सहर: ५,९४०
पिशावर: ७०,७४१
समय क्षेत्रयुटिसी+५ (पाकिस्तानी समय)
क्षेत्रीय सङ्केत(हरू)०९१
अाधिकारिक भाषापश्तो, हिन्दको, उर्दु

पिशावर (पश्तो: پېښور‎;) उर्दू: پشاور‎) खैवर पख्तुनखवा प्रान्तको राजधानी सहर हो । यो सहर खैवर पास पुर्वी क्षेत्रमा पर्छ । पिशावरमा ५३९ बिसी भन्दा अघाडी सम्मका तथ्याङ्कहरू रेकर्ड गरियको छ भन्ने भनाई छ । यो सहर पाकिस्तान र विश्वको सबै भन्दा पुरानो सहर मध्य एक हो भन्ने जनविश्वास रहेको छ । पिशावर प्राचीन खुसान राज्यको राजधानी सहर र विश्वका अग्ला धरोहर भएको सहर हो । पिशावर मुगल बादशाहको आगमन हुन भन्दा पहिले गोराहरुले शासन चलाएका थिए । यो सहर मुगल प्राचीन कालमा एक औद्योगिक क्षेत्र रहेको थियो ।

सन् २०१७ को राष्ट्रिय जनगणना अनुसार पिशावर सहरको कुल जनसङ्ख्या १९,७००,४२ भएको कारण यो पाकिस्तानकै छौटौँ र खैवर पख्तुनखवाको पहिलो धेरै जनखङ्ख्या भएको सहर हो भने पिशावर जिल्लामा कुल जनसङ्ख्या ४२,६९०,७१ रहेको छ ।

इतिहास[सम्पादन गर्ने]

उत्पत्ति[सम्पादन गर्ने]

पिशावर सहरको नाम संस्कृत सब्द (पुरुषपुरा)बाट उत्पत्ति भएको थियो । संस्कृतमा पुरुसपुरा भनेको पुरुषहरूको सहर हो भन्ने बुझिन्छ ।

एक अरबी इतिहासविध र भुगोलविधका अल-मुसैदीका अनुसार १० औं शताब्दीमा यो सहर पिशावरको नामले चिनीन थालेको थियो त्यसपछि अर्का भुगोलविधका अनुसार पनि एस सहरको नाम प्राचीनकाल देखिनै पिशावर रहेको थियो भन्ने कुरा पत्ता लगाएका थिय । यो सहर राजा अकवरको पाला देखिनै पिशावरको नामले चिनिन्थ्यो ।

ग्रिस साम्राज्य[सम्पादन गर्ने]

ईसापूर्व ३२७-२६ को हिउँदमा अलेक्जेन्डर द ग्रेटले भारतीय राज्यमा कब्जा गर्ने क्रममा बुनेर र स्वात राज्य लगाएत पिशावर उपत्यकालाई पनि आफ्नो वशमा ल्याएका थिय । अलेक्जेन्डर द ग्रेटको जितपछि त्यसराज्यमा सेल्युकस प्रथम निकेटरले शासनमा आएको थियो ।

मौर्य साम्राज्य[सम्पादन गर्ने]

तख्त-इ-बहि गुम्बा गुन मौर्य साम्राज्यहरूले निर्माण गरेका थिए ।

भुगोल र मौसम[सम्पादन गर्ने]

खेवर सहरको प्रवेशद्वार
खेवरको सडको दृश्य

पिशावर सहर पिशावर उपत्यकामा अवस्थित छ जसलाई तिन तिरबाट अग्ला हिमालहरूले घेरेका छन् र एक तिर पञ्जाव क्षेत्रको प्रदेशद्वार रहेको छ । यो सहर समथल रहेको छ ।

यस सहरमा हिँउदको बेला जाडो हुने र ग्रिष्म ऋतुको बेला गर्मी हुने गरेको छ । पिशावरमा हिउँद नोभेम्बर महिनामा सुरु भएर अन्तिम मार्च समाप्त हुन्छ तर कहिलेकाहीँ मध्य अप्रिल सम्म पनि पुग्छ यस ऋतुमा सहरको न्युन तापक्रम अौसत ४ डिग्री (३९ डिग्री फरेनहाइट) सम्म पुग्छ भने अधिकतम अौसत तापक्रम १८.३ डिग्री (३९ डिग्री फरेनहाइट) सम्म पुग्छ । ग्रिष्म ऋतुको मध्य मे देखि मध्य सेप्टेम्बर सम्म चल्छ, यतिखेर सहरको तापक्रम अधिकतम ४० डिग्री (१०४ डिग्री फरेनहाइट) सम्म पुग्छ भने न्युनतम तापक्रम २५ डिग्री (७७ डिग्री फरेनहाइट) सम्म पुग्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "पिशावरमा नयाँ अायुक्त निर्वाचित भएका छन्", डाउन, डाउन मिडिया ग्रुप, १ मार्च २०१७, अन्तिम पहुँच १ जुन २०१७ 
  2. "जिल्लाका अाधिक्रित'विश्व सुर्तीजन्य सामाग्री मुक्त अभियान'", पाकिस्तान टुडे, अन्तिम पहुँच १ जुन २०१७ 
  3. "जनसङ्ख्या र आवास विवरण: खैबर पख्तुनखवा", पाकिस्तान जनगणना अायोग, २०१८-०१-०३, अन्तिम पहुँच २०१८-०४-२३ 
  4. "पाकिस्तानको मानक सुचक विकासाङ्क २०१४–१५", विकास अायोग, २०१६, अन्तिम पहुँच २६ मार्च २०१७ 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]

Peshawarको बारेमा विकिपिडियाका भातृ योजनाहरूमा खोज्नुहोस्:

परिभाषा विकिस्नरीबाट
पाठ्यपुस्तक विकिपुस्तकबाट
उद्धरण विकिकथनबाट
स्रोत पदहरू विकिस्रोतबाट
चित्र तथा मिडिया कमन्सबाट
समाचार विकिसमाचारबाट
सिक्ने स्रोतहरू विकिभर्सिटीबाट
  • पिशावर विकियात्रामा यात्रा सहयोगी