सामग्रीमा जानुहोस्

पीयूष बंसल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पीयूष बंसल
२०१३ मा बंसल
जन्म (1985-04-26) २६ अप्रिल १९८५ (उमेर ४०)
नयाँ दिल्ली, भारत
राष्ट्रियताभारतीय
पेशा
  • उद्यमी
  • व्यावसायी
  • लगानीकर्ता
संस्थानलेन्सकार्ट (अध्यक्ष, प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत)
जीवनसाथीनिधी मित्तल[]
सन्तान

पीयूष बंसल (जन्मः २६ अप्रिल १९८५) एक भारतीय उद्यमी, व्यापार कार्यकारी र लगानीकर्ता हुन्। उनी गुरुग्राममा रहेको भारतीय बहुराष्ट्रिय चश्माको खुद्रा विक्रीको चेन लेन्सकार्ट का सह-संस्थापक र प्रमुख कार्यकारी अधिकृत हुन्। उनी भारतीय टेलिभिजन कार्यक्रम शार्क ट्याङ्क इन्डिया का "शार्क" समेत हुन्।[]

प्रारम्भिक जीवन र शिक्षा

[सम्पादन गर्नुहोस्]

उनी बाल किशन र किरण बंसलको परिवारमा जन्मिएका हुन् । उनले माइक्रोसफ्टमा काम गर्नका लागि संयुक्त राज्य अमेरिका गए तर पछि आफ्नै व्यवसाय सुरु गर्न उक्त जागिर छोडेका थिए। त्यसपछि उनले अमेरिकामा अनलाइन चस्मा बिक्री गर्ने नयाँ व्यवसाय सुरू गरेका थिए। उनले मोन्ट्रियल, क्यानाडाको म्याकगिल विश्वविद्यालय अध्ययन गरेका हुन्।[]

व्यवसायिक जीवन

[सम्पादन गर्नुहोस्]

सन् २००७ मा उनी भारत फर्किएर कलेज विद्यार्थीहरूका लागि SearchMyCampus.com नामक वर्गीकृत वेबसाइट सुरू गरे। जब वेबसाइटमा २० कर्मचारी पुगे, उनले सन् २००८ को जुन महिनामा दिल्लीको ग्रेटर कैलाशमा रहेको आफ्नै अभिभावकको घरबाट भ्यालु टेक्नोलोजिज् नामक कम्पनी दर्ता गरेका थिए। सन् २००९ मा उनले Flyrr नामक अर्को अनलाइन व्यवसाय सुरू गरे, तर सन् २०१० को नोभेम्बरमा बन्द गरेका थिए। [] सन् २०१० मा उनले भ्यालु टेक्नोलोजिज् अन्तर्गत सह-संस्थापक अमित चौधरीसँग मिलेर लेन्सकार्ट नामक आँखा चस्मा खुद्रा बिक्री वेबसाइट सुरू गरे।

सन् २०११ मा, उनीहरूसँग सुमित कपाही पनि जोडिए, जो पहिले अर्को आँखा चस्मा ब्रान्डमा कार्यरत थिए। लेन्सकार्ट पछि, उनले भ्यालु टेक्नोलोजिज् अन्तर्गत WatchKart, JewelsKartBagsKart नामक तीन अन्य ई-कमर्स व्यवसाय सुरू गरे, तर आँखा चस्मा व्यापारमा केन्द्रित हुन ती तीनवटै बन्द गरे।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Peyush Bansal wife", The Times of India 
  2. "Peyush Bansal Biography: Everything about Co-Founder and CEO of Lenskart who is investor in Shark Tank India.", Jagran TV (अङ्ग्रेजीमा), मूलबाट ९ मार्च २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०३-०९ 
  3. Poduwal, Sunanda (२०११-११-०६), "Peyush Bansal, founder of Lenskart in India, selling eyewear talks about his business journey", The Economic Times, आइएसएसएन 0013-0389, मूलबाट १० मार्च २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०३-१० 
  4. "Adjust Focus: How Peyush Bansal Built Lenskart Into A Profitable Unicorn", Forbes India (अङ्ग्रेजीमा), मूलबाट १५ जनवरी २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०३-१० 
  5. "Valyoo Technologies eyes over five-fold jump in sales", The Economic Times, ३ जनवरी २०१२, अन्तिम पहुँच २१ जनवरी २०२५