सामग्रीमा जानुहोस्

पुठिया उपजिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पुठिया
পুঠিয়া
उपजिल्ला
पुठिया is located in बङ्गलादेश
पुठिया
पुठिया
बङ्गलादेशको नक्सामा यस उपजिल्लाको अवस्थिति
निर्देशाङ्क: २४°२२.५′उ॰ ८८°५१′पू॰ / २४.३७५०°N ८८.८५०°E / 24.3750; 88.850निर्देशाङ्कहरू: २४°२२.५′उ॰ ८८°५१′पू॰ / २४.३७५०°N ८८.८५०°E / 24.3750; 88.850
देशबङ्गलादेश बङ्गलादेश
विभागराजशाही विभाग
जिल्लाराजशाही जिल्ला
क्षेत्रफल
 • जम्मा१९२.६४ किमी (७४.३८ वर्ग माइल)
जनसङ्ख्या
 (सन् १९८१)
 • जम्मा१५९,४०५
 • घनत्व८३०/किमी (२१००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटपुठियाको आधिकारिक नक्सा

पुठिया (बङ्गाली: পুঠিয়া) बङ्गलादेशको राजशाही जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला राजशाही विभाग अन्तर्गत पर्दछ।[१]

भूगोल[सम्पादन गर्नुहोस्]

पुठिया बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°२०' देखि २४°३१' उत्तर अक्षांश र ८८°४२' देखि ८८°५६' पूर्वी देशान्तरणमा अवस्थित छ। पुठिया उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १९२.६४ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई दुर्गापुरबाघमारा उपजिल्लाले उत्तर, चारघाटबागतीपाडा उपजिल्लाले दक्षिण, नाटोर सदर उपजिल्लाले पूर्व, पबादुर्गापुर उपजिल्लाले पश्चिमबाट घेरेको छ। होजा र बडनाई नदि यस उपजिल्लाको प्रमुख नदिहरू हुन्।

जनशाङ्खिकि[सम्पादन गर्नुहोस्]

उपजिल्ला प्रतिवेदनका अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या १८८८६४ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ९७८० छ भने महिलाको जनसङ्ख्या ९१०५४ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १७६५१९ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या १०३७१, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या ८२९, इसाई धर्मवलम्बीको जनसङ्ख्या ४० र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ११५० रहेको छ।[२] यस उपजिल्लामा सन्थल तथा उराँव जनजातिहरू बसोबास गर्छन्। यस उपजिल्लामा ३९७ मस्जिद, ३० हिन्दु मन्दिर र ११ गिर्जाघरहरू रहेका छन्। यस उपजिल्लाका केही लोकप्रिय धार्मिक स्थलहरू यस प्रकार छन्; सयद कारम आली शाह मस्जिद तथा मजार, पुठिया राजबाडी, राजबाडीका रहेको झुलान मन्दिर, अहानीक मन्दिर, छोटो शिव मन्दिर, छोटो गोविन्द मन्दिर, एक रत्न मन्दिर, पञ्चरत्न मन्दिर (सन् १८९५), पञ्चरत्न शिव मन्दिर (सन् १८१३), गोपाल मन्दिर, तारापुर मन्दिर, रथ मन्दिर, एक बाङ्ला मन्दिर, दोल मन्दिर आदि। यस उपजिल्लाका ९६.८३% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.१४% ले पोखरी, ०.४०% ले टुटी र २.६३% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। २७३७२ धाराहरू मध्ये जम्मा ५८१ मा मात्र आर्सनिकको मात्रा रहेको पाइएको छ। यस उपजिल्लाको कुल घरहरू मध्ये २७.३०% घरहरूमा अझै पनि सौचालय सुविधा रहेको छैन। पुठिया उपजिल्लामा १ अस्पताल, १ उपजिल्ला स्वास्थ्य संस्था, ६ सङ्घ अस्पताल तथा परिवार नियोजन केन्द्रहरू रहेका छन्।[३]

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, जुट, प्याज, तोरीको बीउ, उखु, मकै तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, मेवा, खरबुजा, नरिवल,अम्बा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, बरफ कारखाना, फलाम तथा वेल्डिङ उद्योग, पाउरोटी उद्योग, बिँडी उद्योग, बाँसका सामाग्री उत्पादन केन्द्र, काठका सामग्री उत्पादन केन्द्र तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया धान, गहुँ, आँप, लसुन, प्याज, केरा, आलु लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका आलसको तेल, तिल, अलहर, कोद‍ पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा ११ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा १४ माछापालन केन्द्र, २ दुग्ध सङ्कलन केन्द्र तथा, १८ कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस उपजिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ६७.११% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै २.९९% मजदुरीमा, उद्योग तथा व्यापारमा ०.८०% वाणिज्यमा १३.२४%, सञ्चार तथा यातायातमा ४.२४%, निर्माण क्षेत्रमा ०.७७%, सुविधामा ४.९०%, धार्मिक सेवामा ०.१३%, वैदेशिक रोजगारी तथा भाडामा ०.३५% र अन्यमा ५.६८% रहेका छन्।

प्रशासन[सम्पादन गर्नुहोस्]

पुठिया थानको स्थापना सन् १२ मार्च १८६९ का दिन भएको थियो भने सन् १९८४ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियो। हाल यस उपजिल्लामा १ नगरपालिका, ६ सङ्घ परिषद्/वडा, १२८ मौजा/महल्ला र १८३ गाउँहरू रहेका छन्।

शिक्षा[सम्पादन गर्नुहोस्]

यस उपजिल्लाको कुल साक्षरता दर ४५.३०% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४९.९२% छ भने महिलाको साक्षरता दर ४०.३५% रहेको छ। यस उपजिल्लामा १४ क्याम्पस, ४८ माध्यमिक विद्यालय, ९१ प्राथमिक विद्यालय र १४ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; बानेश्वर क्याम्पस (सन् १९६४), पिएन प्राबिधिक शिक्षण संस्था (सन् १८६५), धोकाराकुर उच्च विद्यालय (सन् १९४९), सयद कनरम आली दरुस सुन्नत फविल मदरसा (सन् १९६३) आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. सिराजुल इसलाम र आहमेद ए जमाल, सम्पादक (सन् २०१२), "পুঠিয়া উপজেলা", बाङ्लापिडिया: बङ्गलादेशको राष्ट्रिय विश्वकोश (दोस्रो संस्करण), बङ्गलादेशको एसियाली समाज। 
  2. "सन् २०११ को बङ्गलादेशको राष्ट्रिय जनगणना: जिल्ला प्रतिवेदन – राजशाही", बङ्गलादेश केन्द्रिय तथ्याङ्क विभाग, योजना मन्त्रालय, जनवादी गणतन्त्र बङ्गलादेश, अन्तिम पहुँच ९ डिसेम्बर २०१८  वेब्याक मेसिन अभिलेखिकरण १५ डिसेम्बर २०१८ मिति
  3. "बङ्गलादेशको राष्ट्रिय जनगणना", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]