सामग्रीमा जानुहोस्

पुणे जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पुणे जिल्ला
विसापुर किल्ला, पुणे
विसापुर किल्ला, पुणे
महाराष्ट्रको नक्सामा पुणे जिल्लाको अवस्थिति
महाराष्ट्रको नक्सामा पुणे जिल्ला
राष्ट्रभारत
राज्यमहाराष्ट्र
विभागपुणे विभाग
सदरमुकामपुणे
सरकार
 • विधान सभा निर्वाचन क्षेत्र२१
क्षेत्रफल
 • जम्मा१५६४२ किमी (६०३९ वर्ग माइल)
जनसङ्ख्या
 (२०११)
 • जम्मा९४२९४०८
 • घनत्व६००/किमी (१६००/वर्ग माइल)
जन साङ्ख्यिकी
 • साक्षरता८७.१९%[]
 • लैङ्गिक अनुपात९१९
समय क्षेत्रयुटिसी+०५:३० (भारतीय मानक समय)
वेबसाइटpune.gov.in

पुणे जिल्ला भारतीय राज्य महाराष्ट्रको एउटा जिल्ला हो। सन् २०११ को जनगणना अनुसार यहाँको जनसङ्ख्या ९,४२९,४०८ थियो।[] यस अनुसार यो जिल्ला भारतका ६४० जिल्लाहरू मध्ये चौथो धेरै जनघनत्व भएको जिल्ला हो।

पुणे जिल्ला १३औँ देखि १७औँ शताब्दीसम्म इस्लामिक शासनको अधीनमा थियो। १७औँ शताब्दीको समयमा शिवाजीको नेतृत्वमा मराठाहरूले स्वतन्त्र राज्यको लागि जग बसाले। त्यस समयमा विस्तारित मराठा साम्राज्यमाथि शासन गर्ने पेशवाहरूले पुणेको सानो शहरमा मुख्यालय स्थापना गरे जुन पछि ठुलो शहरको रूपमा विकसित भयो। १९औँ शताब्दीमा यो क्षेत्र ब्रिटिस शासनको अधीनमा रह्यो।

भूगोल तथा मौसम

[सम्पादन गर्नुहोस्]

पुणे जिल्ला उत्तरपश्चिममा ठाणे जिल्ला, पश्चिममा रायगड जिल्ला, दक्षिणमा सतारा जिल्ला, दक्षिणपूर्वमा सोलापुर जिल्ला तथा उत्तर र उत्तरपूर्वमा अहमदनगर जिल्लाले घेरिएको छ। यो जिल्ला समूद्र सतहबाट ५५९ मिटर (१,८६३ फिट) को उचाइमा अवस्थित छ। पुणे जिल्ला १७.५° र १९.२° उत्तरी अक्षांश र ७३.२° र ७५.१° पूर्वी देशान्तर बीच रहेको छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Pune District Population Census 2011-2019, Maharashtra literacy sex ratio and density", www.census2011.co.in 
  2. "District Census 2011", Census2011.co.in, २०११, अन्तिम पहुँच ३० सेप्टेम्बर २०११ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]