पुण्य मल्ल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

राजा आदित्य मल्लकि सकुनमाला नाम गरेकी छोरी थिइन् । उनको विवाह जुम्ला लेकगेलाका पुण्य पालसँग भएको थियो । त्यही नाताले पुण्री पाल ले सिञ्जाको राजगद्दी मा बस्न पाए । राजगद्दी मा बसेपछी उनले आफ्नो पाल थर त्याग गरि मल्ल भए । त्यसकारण कर्णाली प्रदेशको मल्लराजवंशमा अब उप्रान्त पालहरूको प्रवेश भएर उनीहरू नै मल्ल कहिन थाले । त्यति भएर शासन पाएकाले उनले नागराज को वंश र गेलाका पालहरूको वंश को प्रतिनिधित्व गरेको स्पष्ट हुन्छ । त्यो कुरालाई उनले आफ्नो अभिलेख हरूमा उल्लेख गरेको पनि पाइन्छ ।[१]

सन्दर्भ[सम्पादन गर्ने]

  1. नेपालको तथ्य इतिहास पृष्ठ ९१, प्रा.डा.राजाराम सुवेदी, साझा प्रकाशन २०६१