पुरानो गोरख गण

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
श्री पुरानो गोरख गण
सक्रिय: बि.स.१८१९ फाल्गुन १०
देश: नेपाल
शाखा: नेपाली सेना
प्रकार: शशस्त्र
सम्लग्नता: प्रथम विश्वयुद्ध
दोस्रो विश्वयुद्ध
कमाण्डर
उल्लेखनीय
कमाण्डर(हरू)
कमाण्डिङ अफिसर कप्तान बलभद्र कुँवर

पुरानो गोरख गण नेपाली सेनाको सबैभन्दा पुरानो गणमध्येको एक गण हो। यसको स्थापना विक्रम सम्वत १८१९ फाल्गुण १० गते भएको हो । आधुनिक नेपालको उद्गमस्थल गोरखाका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको लागि सेनाको अपरिहार्यतालाई स्विकार गरी सेनाको संस्थागत विकास सुरुवात गर्नुभएको देखिन्छ । नेपाल एकीकरणको सुरुवातमा सअन १७४४ मा नुवाकोटमकवानपुरराज्यहरू कब्जा गर्दा लडाइमा सहभागी भएका मगरहरूले बहादुरी, देशभक्ती तथा इमान्दारीता प्रदर्शन गरेका थिए। उक्त विजय अभियानमा मधु राना, जसु राना, नरबिर आले, संजित थापा लगायत धेरै मगर सैनिकहरूले विरगती प्राप्त गरेका थिए । यसरी मगरहरूले पुर्‍याएको योगदानबाट प्रभावित भइ मकवानपुरगढी कब्जा गर्दा बरामद भएको हतियार तथा धनको सहयोगले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहबाट गोरखनाथ बाबाको स्मृतिस्वरुप विक्रम सम्वत १८१९ फाल्गुण १० गतेको पुण्यतिथी मा मगरजातीलाई मात्र भर्ना गर्ने गरि श्री गोरख कम्पनी को स्थापना भएको हो । विक्रम सम्वत १८४०/०९/१६ मा रणबहादुर शाह ले खाडा गरेको अर्को कम्पनी को नाम पनि "गोरख" नै जुरेकोले यस पल्टनलाई पुरानो गोरख पल्टन र नयाँ कम्पनी लाई नयाँ गोरख कम्पनी नामाकरण गरियो । विक्रम सम्वत २००९ सालको पुनर्गठनमा यस पल्टन श्री परानो गोरख गणको रुपमा परिणत भयो । २५० वर्षभन्दा लामो इतिहास बोकेको यस गणमा स्थापनाकालदेखि हालसम्म मगर जातिहरुलाई मात्र भर्ना गरिने गरिएको छ। नेपाल एकीकरणको सिलसिलामा पृथ्वीनारायण शाहको एकीकरण अभियानबाट त्रसित बनेका काठमाडौंका मल्लराजा जय प्रकाश मल्लले तत्कालीन समयमा भारतमा शासन गरिरहेको इष्ट इन्डिया कम्पनीसँग सहायता मागेपछि मल्लराजाहरूको पक्षमा गोर्खाली फौजसँग लड्न क्याप्टेन किनलकको नेतृत्वमा आएको २४०० अङ्ग्रेज फौजलाई यस गण्समेत सम्मिलित फौजले सिन्धुली जिल्लाको सिन्धुलीगढीमा विरतापूर्वक लडाइँ लडदा गोर्खाली फौजसँग केही नलाग्ने भएपछि क्याप्टेन किनलक आफ्नो बचेका फौजसहित भाग्न बाध्य भएका थिए। यसका साथै यस गणले नेपाल एकीकरणको दौरानकाठमाडौं उपत्यका विजय ,पश्चिम विजय, बाईसी राज्यचौबीसी राज्य विजय, कुमाउगढवाल, कांकडा विजय अभियानमा सहभागीलाई नेपाल एकीकरणमा ठूलो योगदान पुर्‌याइ आफ्नो उत्कृष्टता प्रस्तुत गरेको थियो । एकीकरणको समयमा विदेशी फौज समयमा विदेशी फौजहरुसँग सन १८५७-१८५८ सम्म भएको नेपाल -तिब्बत युद्धका विभिन्न लडाइहरुका साथै सन १८१४ को नेपाल अंग्रेज युद्धका महत्त्वपूर्ण युद्धहरु जैथकको लडाइ, देउथलको लडाइ र नालापानीको लडाइँमा समेत यस गणले बहादुरीका साथ आफ्नो शौर्य प्रदर्शन गरेको थियो । यस गणका प्रथम कमाण्डिङ अफिसर कप्तान वीर बलभद्र कुँवरको नेतृत्वमा नालापानीको किल्लामा नेपाली फौजले प्रदर्शन गरेको बहादुरी इतिहासको सुनौलो पानामा अङ्कित छ । यसका अलवा अन्तर्राष्ट्रिय क्षेत्रबाट मागभइ आए अनुरुप सन १८५७ मा भारतमा भएको सिपाही बिद्रोह तथा प्रथम विश्वयुद्ध, दोस्रो विश्वयुद्ध तथा हैदराबाद समस्या जस्ता कठिन परिस्थितीमा समेत परिचालित भइ यस गणले आफूलाई सुम्पिएको जिम्मेवारी उत्कृष्ट रुपमा निर्वाह गरेको थियो । [१]

विश्व शान्ति स्थापनामा गणको योगदान[सम्पादन गर्ने]

विश्व शान्ति स्थापना गर्नेकार्यमा शान्ती सैनिक उपलब्ध गराउँदै आएको नेपाली सेनाको इतिहासमा यस गणको नाम अग्र स्थानमा आउँछ। नेपालबाट पहिलो पटक विश्व शान्ति स्थापनाकार्यमा खट्टिने अवसर पाएको यस गणले विक्रम सम्वत २०३० सालमा UNIFIL -II मिसन अन्तर्गत इजिप्टको साइनाइमा तैनाथ भएर नेपाल नेपाली सएनाकै विश्व शान्ती प्रतिको प्रतिवद्धतालाई शङ्खध्वज गरेको थियो। मध्य पूर्वी राष्ट्र लेबनानमा स्थापित UNIFIL मिसनमा विक्रम सम्वत२०४६ सालमा UNIFIL NEPBATT-१७ , विक्रम सम्वत २०५० सालमा UNIFIL NEPBATT-२६, विक्रम सम्वत २०५५ सालमा UNIFIL NEPBATT-३५ औं गरि ३ पटक र मध्य अफ्रिकी राष्ट्र कङ्गोमा सञ्चालित मिसन मा विक्रम सम्वत २०६० सालमा MONUC NEPBATT-II र विक्रम सम्वत २०६७ सालमा MONUSCO NEPBATT -१३ औ सहित २ पटक गरि जम्मा ६ पटक यस गणले विश्व शान्ति प्रयास मा प्रशंसनीयकार्य गरेको छ ।[१]

यस गणमा मगर जातीको इतिहास[सम्पादन गर्ने]

मगर श्लोक[सम्पादन गर्ने]

चेप्टो छाती, पिठ्यूँ, कमर शिर नयन केही साना भाएका ।
बाटिएका पिडौला, शरिरभरी नशा ढाकी भित्रै गएका ।।
धेरै अग्ला, न पुडका गहुँसरि रङ्गका, जिउ निरोगी छ भारी ।
नेप्टो नाक हुन्छ ज्यादा, असल मगरका नास्ती जुँगा न दाह्री

पश्चिम नेपालका पहाडीजिल्लाहरू मगर जातिको उद्गम स्थल रहेको पाइन्छ । पछि बसाइसराइ हुँदै पूर्व नेपाल,तराई , हिमाल , जताततै छरिएर रहेको देखिन्छ । मगरहरूको बाह्र मगर भाषा खाम भाषा काइके भाषा गरि तीन प्रकारका भाषा छन् ।"१२ थरी मगरको १२ भान्सा " भन्ने भनाइबाटै मगरहरूको थर भएको प्रष्ट हुन्छ । मगरका थरहरू हालसम्मको सङ्कलित तथ्याङ्कअनुसार ६३३ थर रहेको पाइएको भनिएपनि यस गणमा हालसम्म विभिन्न समयमा गरि ६९३ थरिका मगरहरू भर्ना भएका छन ।हाल यस गणमा मगरहरूको संख्या ९४ प्रतिशात रहेको छ ।

स्थापनाकालदेखि हाल सम्म गण तैनाथ रहेको स्थानहरु[सम्पादन गर्ने]

यो गणलाई स्थापना कालदेखी निम्न स्थानहरूमा तैनाथ गरिएको छ:-[१]

क्र.सं. तैनाथ स्थान कार्य अबधी
नालापानी १८७१ देखि १८७२ सम्म
भोटको लडाइँ १९०५ देखि १९११ सम्म
प्रथम विश्व युद्ध १९७१ देखि १९७४ सम्म
दोस्रो विश्व युद्ध १९९६ देखि २००१ सम्म
टोची अप्रेसन २००२ देखि २००५ सम्म
हैदरावाद एक्सन २००५----
केमिकल ब्यरेक ,जोगवनी २००९----
जलेश्वर २०११----
विराटनगर र पर्कौली २०१६ देखि २०१९ सम्म
१० सिंहदरवार ब्यारेक ,काठमाडौं २०२० देखि २०२३ सम्म
११ फुलटेत्रा ब्यारेक ,नेपालगञ्ज २०२३ देखि २०२८ सम्म
१२ महेन्द्र ब्यारेक ,बानेश्वर काठमाडौं २०२९ देखि २०३४/०६/२२ सम्म
१३ चाराली ब्यारेक झापा २०३४/०६/२३ देखि २०४१/०३/१४ सम्म
१४ हिमालय ब्यारेक छाउनी काठमाडौं २०५१/०१/ ०१ देखि २०५५/१२/३० सम्म
१५ राजदरबार २०५६/०१/०१ देखि २०५९/१२/३० सम्म
१६ चि,.रा.नि. ,कसरा, चितवन २०६०/०१/०१ देखि २०६५/१०/१५ सम्म
१७ ठुलिटार ब्यारेक ,सिन्धुली २०६५/१०/१५ देखि २०६९/१०/१९ सम्म
१८ नारायणहिटि काठमाडौं २०६९/१०/१९ देखी हाल सम्म

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ १.२ सिपाही पाक्षिक प्रकाशन मिति :-२०७०/०२/१५ गते

बाहिरी कडीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]