पुरूरवा
| पुरूरवा | |
|---|---|
कालिदासको विक्रमोर्वश्यीयमको एक दृश्यमा दुःखित पुरूरवा | |
| आबद्ध | राजा |
| धर्मग्रन्थ | महाभारत, ऋग्वेद, पुराण |
| लिङ्ग | पुरुष |
| वंशावली | |
| अभिभावकहरू | |
| जीवनसाथी | ऊर्वशी , ऐशिनरी |
| सन्तानहरू | आयु, अमावसु[१], विश्वायु वा वनायु, श्रुतायु वा धीमत, शतायु र दृढायु |
पुरूरवा वा पुरूरवस् हिन्दु साहित्यमा एक पौराणिक पात्र र चन्द्रवंशका प्रथम राजा थिए। वेद अनुसार, उनी सूर्य र देवी उषासँग सम्बन्धित पौराणिक पात्र मानिन्छन् भने उनी ब्रह्माण्डको बीच भागमा बसोबास गर्ने विश्वास गरिन्छ।[२] ऋग्वेद अनुसार, उनी इलाका पुत्रका साथै एक धार्मिक शासक थिए। यद्यपि महाभारतका अनुसार इला उनका माता र पिता दुवै थिए। विष्णु पुराण अनुसार, उनका पिता बुध थिए भने उनी पुरूरवा वंशका पूर्वज थिए जसका उत्तराधिकारी महाभारतका कौरव र पाण्डवहरू हुन्। पुराण अनुसार पुरूरवा एक प्रतिष्ठित शासन थिए। र उनले भगवान ब्रह्माको तपस्या गरी वरदानको रूपमा उनलाई सम्पूर्ण पृथ्वीको शासक बनाइएको थियो।
उनका छ जना (विभिन्न विवरणहरू अनुसार सात वा आठ) पुत्र थिए। जो आयु, अमावसु, विश्वायु, श्रुतायु, शतायु (वा सतायु) र दृढायु हुन्। आयुका पुत्र नहूष ऋग्वेदको एक प्रसिद्ध नाम हो।
पुरूरवा र ऊर्वशी बीचको कथाको पूर्व संस्करण ऋग्वेद (१०.९५.१-१८) र शतपथ ब्राह्मणमा (११.५.१) पाइन्छ। पछिल्ला संस्करणहरू महाभारत, हरिवंश, विष्णुपुराण, मत्स्य पुराण र भागवत पुराणमा पाइन्छ। ऋग्वेद (१०.१२९) का संवादात्मक अंशलाई अत्यन्त काव्यात्मक शैलीमा लेखिएको छ। स्तोत्रले वर्णन गरे अनुसार ऊषा (ऊर्वशीको नामले पनि परिचित) एक गन्धर्व वा अप्सरा हुन्।[३] मानव राजा पुरूरवासँग एकत्रित भएर चारवटा शरद्रुतुसँगै बसिसकेपछि अचानक उसको अनिच्छाकृत सम्बन्धको नियम उल्लङ्घनको कारण उनी उनलाई छोडेर जान्छन्। पछि पुरूरवा उनलाई फर्केर आउनका लागि विफल अनुरोध गर्न थाल्छन्। कथाले वैदिक संस्कृत पदमा बहुविध अर्थमा निर्भर गर्दै प्रतीकवादका विभिन्न तहहरू देखाउँछ। यद्यपि यो प्रेम कविता हो, जसमा एक प्रेमी र उनका प्रेयसीबीच स्वार्थको द्वन्द्व देखाइन्छ। यसले सूर्य (पुरूरवा) र बिहानबीच (ऊषा) अमर सम्बन्ध पनि देखाउँछ। अर्थका यी दुवै तहहरू बाहेक, यसले गन्धर्व वा अप्सरा रूपमा पुनर्जन्म लिनका लागि संस्कारअनुसार मन्त्रिक विधानका सुझाव पनि प्रदान गर्दछ।
किंवदन्ती
[सम्पादन गर्नुहोस्]त्रेतायुगमा बुध र इलाका पुत्रको रूपमा पुरूरव जन्म हुन्छ। बुध चन्द्रदेवताका पुत्र थिए र यसरी पुरूरव पहिलो चन्द्रवंशी राजा बने। उनी पुरु पर्वतमा जन्मिएको कारण उनलाई पुरूरव भनिएको हो। वामन पुराणमा पुरूरवाको अघिल्लो जन्मको वर्णन पाइन्छ।[४] पुराण अनुसार, पुरूरवाले प्रयागमा एक राज्य थियो। उनी भगवान् ब्रह्माको तपस्यामा लागेका थिए र वरदान स्वरूप उनलाई सम्पूर्ण पृथ्वीको सार्वभौमिक शक्ति दिइएको थियो।[५]) पुरूरवाले एक सय अश्वमेध यज्ञ सम्पन्न गरेका थिए। असुरहरू उनका अनुयायी थिए भने देवताहरू उनका साथी थिए। महाभारत अनुसार, गन्धर्वलोकबाट पुरूरावले यज्ञ सम्पन्न गर्नका लागि पृथ्वीमा तीन प्रकारका अग्नि ल्याएका थिए, जहाँ उनले ऊर्वशीलाई देखे र उनका प्रेममा परे। सम्भव पर्वमा उल्लेख भएअनुसार पुरूरवा प्राप्त गरेको वरदानका कारण मत्त हुँदै उनले ब्राह्मणहरूसँग झगडा गरे। सनतकुमार उनीलाई सल्लाह दिन ब्रह्मलोकबाट आएको भएतापनि पुरूरवाले सल्लाह नलिएका कारण ऋषिहरू क्रोधित भई उनलाई श्राप दिँदा उनी नष्ट भए।
पुरूरवा र ऊर्वशी
[सम्पादन गर्नुहोस्]
चन्द्रराजवंशका संस्थापक पुरूरवा र ऊर्वशी एकअर्काको प्रेममा परेका थिए। पुरूरवाले उनलाई आफ्नी श्रीमती बन्न भनेपछस ऊर्वशीले तीन वा दुई शर्तहरू राखी सहमत भइन्। सबैभन्दा चर्चित शर्त भनेको पुरूरवाले ऊर्वशीको भेँडाहरूलाई बचाउने र संभोगको समय बाहेक उनीहरूले एकअर्कालाई कहिल्यै नग्न भएको नदेख्ने भन्ने थियो।[६] पुरूरवा यी शर्तहरूमा सहमत भए र उनीहरू खुशीसाथ बस्न थाले। इन्द्रले ऊर्वशीको अभाव महसुस गर्न थालेपछि ती शर्तहरू उल्लङ्घन हुने खाले घटनाहरू सृजित हुन थाले। दम्पती प्रेममा व्यस्त भएको बेला उनले केही गन्धर्वहरूलाई भेडा चोरी गर्न पठाए। उर्वशीले आफ्नो पाल्तु जनावरको कराउन सुनेपछि उनले आफ्नो प्रतिज्ञा पूरा नगरेकोमा पुरूरवालाई तिरस्कार गर्न थालिन्। पुरूरवा नग्न अवस्थामै भेडाहरूको पछाडि दौडिए लगत्तै इन्द्रले प्रकाश छरिदिँदा ऊर्वशीले आफ्नो श्रीमानलाई नग्न देखिन्। घटनापछि ऊर्वशी स्वर्ग फर्किन् जसकारण पुरूरवा एक्लै भए। ऊर्वशी पृथ्वीमा आउँथिन् र पुरूरवाको धेरै सन्तानहरू जन्म दिन्थिन् तर उनीहरू पूर्णरूपमा त्यसपछि कहिल्यै मिलेनन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Pargiter, F.E. (1972). Ancient Indian Historical Tradition, Delhi: Motilal Banarsidass, pp. 85–6.
- ↑ www.wisdomlib.org (२०१५-०४-१५), "Genealogy of the princes of the lunar race [Chapter CXXXIX]", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१०-०३।
- ↑ Dandekar, R.N. (1962). Indian Mythology in S. Radhakrishnan ed. The Cultural Heritage of India, Calcutta: The Ramakrishna Mission Institute of Culture, आइएसबिएन ८१-८५८४३-०३-१, pp.229–30, 230ff
- ↑ www.wisdomlib.org (२०१५-०७-१३), "Pururavas, Purūravas: 9 definitions", www.wisdomlib.org, अन्तिम पहुँच २०२०-०९-०२।
- ↑ Wilson, H.H. (1840). The Vishnu Purana, Book IV, Chapter I, footnote 7.
- ↑ Tanvi, J (२५ मे २०१७), "The Tragic Love Story Of Urvashi, An Apsara, And King Pururavas, A Mortal", Blush।