पुरुष सूक्त

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

पुरुष सूक्त[सम्पादन गर्ने]

पुरुषसूक्त वा नारायण सूक्तलाई हिन्दु संस्कृतिका कर्मकाण्डमा निकै महत्वपूर्ण स्थान प्राप्त छ । यो ऋग्वेदको दशम मण्डलको ९० औं सूक्तमा पर्दछ । यस सूक्तको नाम पुरुष सूक्त वा नारयाण सूक्त हो । यसका देवता र दृष्टा ऋािष् दुवैको नाम नारयाण हो । यस सूक्तको छन्द त्रिष्टुप–जगती हो । ऋग्वेद त्यो ग्रन्थ हो जसलाई विश्वको सबभन्दा प्राचीनतम अभिलेख भनेर संरासं.ले सन् २००७मा मान्यता प्रदान गर्दै विश्व सम्पदामा सूचीकृत गरेका छ । यसलाई ध्यानले पढ्दा के थाहा हुन्छ भने यो आधुनिक समाजशास्त्र र मानवशास्त्रको आधार हो । हुन त आज अगस्ट कोम्टेलाई समाजशास्त्रको जनक मानिन्छ तर यस सूक्तलाई पढ्दा समाजशास्त्र र मानव शास्त्रको आधार भन्न मिल्ने प्रशस्त स्थान छ । यस सूक्तमा पृथ्वीको उत्पत्ति, प्राकृतिक वातावरणको निर्माण, प्राणी र वनस्पति जगतको उत्पत्ति, मानवको उत्पत्ति यज्ञको आधारमा समुदायको निर्माण र श्रम विभाजन र गुणका आधारमा सामाजिक वर्गको निर्माण र त्यसको आपसी समन्वय र उन्नतिका सूत्रहरु बताइएको छ ।

ऋग्वेद १०.९०[१][सम्पादन गर्ने]

  • सहर्षशीर्षा पुरुषः । सहस्राक्षःस्सहस्रपात् ।

स भूमिं विश्वतो वृत्वा । अत्यतिष्ठद्दशाङगुलम् ।।१।।

  • पुरुष एवेद् “ सर्वम् । यद्भूतं यच्च भव्यम् ।

उतामृतत्वस्येशानः । यदन्नेनातिरोहति ।।२।।

  • एतावानस्य महिमा । अतो ज्याया “ श्च पूरुषः ।

पादोऽस्य विश्वा भूतानि । त्रिपादस्यामृतं दिवि ।।३।।

  • त्रिपादूध्र्वं उदैत्पुरुषः । पादोऽस्येहाभवत्पुनः ।

ततो विष्वङ्व्यक्रामत् । साशनानशने अभि ।।४।।

  • तस्माद्विराडजायत । विराजो अधिपूरुषः ।

स जातो अत्यरिच्यत । पश्चाद् भूमिमथो पुरः ।।५।।

  • यत्पुरुषेण हविषा । देवा यज्ञमतन्वत ।

वसन्तो अस्यासीदाज्यम् । ग्रीष्म शरद्धविः ।।६।।

  • सप्तास्यासन्परिधयः । त्रिस्सप्तसमिधः कृताः ।

देवा यद्यज्ञं तन्वानाः । अबध्नन् पुरुषं पशुम् ।।७।।

  • तं यज्ञ बर्हिषि प्रौक्षन् । पुरुषं जातमग्रतः ।

तेन देवा अयजन्त । साध्या ऋषयश्च ये ।।८।।

  • तस्माद्यज्ञाथ्सर्वंहुतः । सम्भृतं पृषदाज्यम् ।

पशू “ ता “ श्चक्रे वायव्यान् । आरण्यान् ग्राम्याश्च ये ।।९।।

  • तस्माद्यज्ञात्सर्वंहुतः । ऋचस्सामानि जज्ञिरे ।

छन्दा “ सि जज्ञिरे तस्मात् । यजुस्तस्मादजायत ।।१०।।

  • तस्मादश्वा अजायन्त । ये के चोभयादतः ।

गावो ह जज्ञिरे तस्मात् । तस्माज्जाता अजावयः ।।११।।

  • यत्पुरुषं व्यदधुः । कतिधा व्यकल्पयन् ।

मुखं किस्मय कौ बाहू । कावूरु पादावुच्येते ।।१२।।

  • ब्राम्हाणोऽस्य मुखमासित् । बाहू राजन्यः कृतः ।

ऊरु तदस्य यद्वैश्यः। पद्भ्यां “ शूद्रो अजायत ।।१३।।

  • चन्द्रमा मनसो जातः । चक्षोस्सूर्याे अजायत ।

मुखादिन्द्रश्चाग्निश्च । प्राणाद्वायुरजायत ।।१४।।

  • नाभ्यां आसीदन्तरिक्षम् । शीष्र्णाे द्यौस्समवर्तत ।

पदभ्यां भूमिर्दिशश्श्रोत्रात् । तथा लोका “अकल्पयन् ।।१५।।

  • यज्ञेन यज्ञमयजन्त देवास्तानि धर्माणि प्रथमान्यासन् ।

ते ह नाकं महिमान ः सचन्त यत्र पूर्वे साध्याः सन्ति देवा ः ।।१६।।

अर्थ[२][सम्पादन गर्ने]

  • हजारौ शिर, हजारौ नेत्र, चरण भएका विराट पुरुषले सारा ब्रह्माण्ड जितेर त्यसलाई दस औंलाले निर्माण गर्दै ओगटेका छन् ।।१।।
  • निर्माण भइसकेको र निर्माण हुनुपर्ने सृष्टिको रुप उनै विराट् पुरुष हुन् । ती विराट् पुरुषका एक चरणमा सबै प्राणी अटेका छन् र तीन वटा चरण दिव्यलोकमा छन् ।।२।।
  • यस संसारको विशालताभन्दा ठूला उनै विराट् पुरुष छन् । अमर आत्मा र अविनाशी जगत्का स्वामी पनि उनै विराट् पुरुष हुन् । अन्न खाएर बढ्नेहरुका स्वामी उनै हुन् ।।३।।
  • उपल्लो लोकमा तीन चरण हुने विराट पुरुषको एक भाग यहां फेरि प्रकट भयो । अन्न खाने प्राणी र अन्न नखाने वनस्पति आदिमा उनै विराट पुरुष व्याप्त रहेका छन् ।।४।।
  • सृष्टिको रचना गर्ने परम पुरुष परमात्माबाट ती विराट पुरुषको उत्पत्ति सृष्टिको मूल आधार तत्वका रुपमा भयो । त्यही विराट मूल तत्व प्रकट भएपछि त्यसको विभाजन सुरु भयो । त्यसैबाट भूमि आदिको पिण्ड र प्राणीको उत्पत्ति भएको छ ।।५।।
  • विराट पुरुषले हवि निर्माण गरेपछि देवताले यज्ञरुपी सृष्टिको थालनी गर्दा वसन्त ऋतु घिउ र ग्रीष्म ऋतु समिधा र शरद ऋतु हविष्यका रुपमा प्रकट भए ।।६।।

देवताहरुले यस सृष्टिरुपी यज्ञको सुसार गर्दै सात वटा परिधि बनाए । सातलाई तीनले गुनेका समिधा भए । त्यसपछि स्वतन्त्र पुरुष पशुका बन्धनमा आबद्ध भयो ।।७।।

  • विशिष्ट प्राण प्रवाहरुपी त्यस यज्ञका साध्य बनेका देवता र ऋषिहरुले पहिले प्रकट भएका यज्ञपुरुषलाई नै यज्ञका काममा खटाएर यज्ञको कार्य सम्पन्न गरे ।।८।।
  • सबै हवन गरेका यज्ञबाट सन्तुष्टिदायक पोषण तत्व उत्यपन्न भयो । त्यसैबाट वायुमा गतिशीलता उत्पन्न भयो भने वन र गाउंमा रहने प्राणीको पनि उत्पत्ति भयो ।।९।।
  • विराट यज्ञ पुरुषबाट ऋग्वेद र सामवेदका गीत प्रकट भए । त्यहींबाट यजुर्वेद र अन्य वेदका ऋचा उत्पन्न भए ।।१०।।
  • विराट पुरुषबाटै दुवैतिर दांत भएका र गाई, बाख्रा, भेडा आदि उत्पन्न भए ।।११।।
  • संकल्पबाट उत्पन्न विराट पुरुषलाई ज्ञानीहरु विभिन्न किसिमले वर्णन गर्दछन् । त्यसको कस्तो कल्पना गर्छन् ? त्यसको मुख कुन हो ? त्यसको पाखुरा, जंघा र गोडा कुन कुन हुन् ? शरीर संरचनामा त्यो पुरुष कसरी पूर्ण बनेको छ ?।।१२।।
  • त्यस विराट पुरुषको मुख ब्राह्मण (ब्रह्मज्ञानी), पाखुरा क्षत्रिय (शूरवीर), तिघ्रा वितरण गर्नै वैश्य र गोडा सेवक (शूद्र) वर्ग को रुपमा जानकारीमा आयो वा तिनको भावले प्रकट गराए ।।१३।।
  • त्यस विराट पुरुषको मनमा चन्द्रमा, आंखामा सूर्य, कानमा वायु र प्राण तथा मुखमा अग्निको रुप देखियो।।१४।।
  • त्यसै विराट पुरुषका नाभिमा अन्तरिक्ष, शिरमा द्युलोक, गोडामा भूमि, कानमा दस दिशा प्रकट भएका लोकको कल्पना भयो ।।१५।।
  • देवताले यज्ञ पुरुषबाटै यज्ञको यजन कार्य गरे । यजनलाई धर्म कार्यमा प्रथम स्थान प्राप्त भयो । यज्ञीय सङ्कल्पका नियममा महिमा सम्पन्न व्यक्ति स्वर्ग आदि स्थानमा निवास गर्न थाले । ती ठाउँमा यो प्रकृया हुनुभन्दा पहिले साधनका रुपमा देवताहरु नै रहने गरेका थिए ।।१६।।

सूक्तको निहितार्थ[सम्पादन गर्ने]

  • १. त्यसबाट विराट पुरुषको उत्पत्ति भयो । त्यही विराट मूल तत्व प्रकट भएपछि त्यसको विभाजन सुरु भयो । त्यसैबाट भूमि आदिको पिण्ड र प्राणीको उत्पत्ति भयो ।
  • २. यज्ञबाट पोषण तत्त्व उत्पन्न भयो । त्यसैबाट वायुमा गतिशीलता उत्पन्न भयो भने वन र गाउंमा रहने प्राणीको पनि उत्पत्ति भयो ।
  • ३.त्यस समाजरुपी विराट पुरुषको मुख ब्रह्मज्ञानी, पाखुरा शूरवीर, तिघ्रा वितरण गर्नै वैश्य र गोडाको रुपमा श्रमिक वर्ग हुन्छन् ।
  • ४. देवताहरुले यज्ञ (सहकारिता) को आधारमा प्रथम स्थानको सम्मान र महिमा प्राप्त गरेका हुन् ।

सन्दर्भ[सम्पादन गर्ने]

  1. ऋग्वेद संहिता, भाग १ र भाग २ वि.स.२०६७, समपदक प्रसन्न चन्द्र गौतम, कुलचन्द्र गौतम स्मृति संस्था, काठमाडौं ।
  2. ऋगवेदका सुबोध भाष्य दामोदर सातवलेकर