पूर्णकुमारी सुवेदी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

पूर्णाकुमारी सुवेदी संविधानसभाका उपाध्यक्ष हुन्। एकिकृत नेकपा माओवादीको तर्फबाट बाँके ४मा विजयी संविधान सभा सदस्य पूर्णा सुवेदी माओवादी पार्टीको केन्द्रीय सल्लाहकार समेत हुनुहुन्छ। माओवादी निकट महिला सङ्घकी अध्यक्ष रहीसकेकी सुवेदी निम्न मध्यम वर्गीय किसान परिवारमा कास्कीको लामाचौरमा जन्मनु भएको थियो। जनताले माओवादी प्रति गरेको विश्वास र पार्टीले लिएको सही राजनीतिक विचारधारा नै आफ्नो विजयीको कारण भएको सुवेदी बताउनुहुन्छ।

उहाँ सानै उमेरमा आफ्नो परिवारको साथमा कास्कीबाट चितवन बसाई सर्नुभएको थियो। २०३५ सालदेखि महिला फाँटबाट राजनीतिमा आएकी सुवेदी पार्टीको जिल्ला तथा क्षेत्रीय ब्युरोका सदस्यसमेत हुनुभएको थियो। भेरी र कर्णाली अञ्चलमा बढी समय बिताएकी सुवेदी जुम्ला, रम्भापुर लगायतका आक्रमणमा सहभागी पनि हुनुभएको थियो।

फुर्सदको बेला अध्ययन र जनतामाझ जान रुचाउने सुवेदी माओवादीमा 'शिला दिदी'को उपनामले चिनिनुहुन्छ। उहाँका श्रीमान् प्रकाश माओवादीको राज्य समितिका सदस्य हुनुहुन्छ। पार्टीको नीति अनुसार संविधान सभामा उत्पिडित नेपाली जनता र महिलाको सवालाई प्रमुख रूपमा उठाउने सुवेदीले बताउनुभयो।[१]

सन्दर्भ[सम्पादन गर्ने]