पूर्णबहादुर राना

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


माओवादीको तर्फबाट समानुपातिक सभासद् पूर्णबहादुर राना 'प्रभात' माओवादी केन्द्रीय सल्लाहकार एवं जनमुक्ति सेनाको प्रशिक्षक हुनुहुन्छ। २८ वर्षसम्म भारतीय सेनामा काम गनुभएका रानाले चीन, पाकिस्तान र बङ्गलादेश टुक्रदाखेरि जस्ता ठूला लडाईँँ लड्नुभएको छ। अनरी क्याप्टेन रानाले २०५६ देखि जनमुक्ति सेनाको प्रशिक्षक रहनुभएको हो।

विशुद्ध किसान र गैरराजनीतिक परिवारमा जन्मनुभएका रानाका दाजु र जेठा बा भने बेलायती सेना हुनुहुन्थ्यो। ६९ वर्षीय राना औपचारिकरूपमा ७ कक्षासम्म पढ्नुभएको छ। भक्तप्रसाद राना र रत्नकुमारी रानाको छोराका रूपमा जन्मनुभएका राना यता जनमुक्ति सेनाको बटालियन कमाण्डरको भूमिका पनि निभाउनुभयो।

भूतपूर्व सैनिकलाई अब बन्ने सङ्घीय लोकतान्त्रिक राज्य प्रणालीमा कानुनीरूप मै उनीहरूको स्थान सुनिश्चित गराउने कुरा संविधानमा उल्लेख गराउन चाहनुहुन्छ। बागलुङ जिल्ला गलकोट हरिचौर गाविस २ सिमलबोटका स्थायीबासी रानाले जनयुद्धमा गरेको त्याग र बलिदानका साथै पार्टीका अग्रगामी मुद्दाका कारण आफू विजयी भएको ठोकुवा गर्नुहुन्छ। उहाँले सक्रिय राजनीतिमा २०४५ देखि थाल्नुभएको हो।[१]

सन्दर्भ[सम्पादन गर्ने]