पूर्ण प्रसाद राई

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


एकिकृत नेकपा माओवादीको तर्फबाट प्रत्यक्ष निर्वाचन प्रणालि अन्तरगत संखुवासभाबाट विजयी संविधान सभा सदस्य पूर्णप्रसाद राईको जन्म पाथीभरा -३मा २०२१ साल माघ २३ गते भएको हो। रनमाया र चक्रबहादुरको छोरा राई सामान्य किसान परिवारमा जन्मी हुर्कनु भएको हो। एस. एल. सी. सम्मको औपचारिक शिक्षा लिएका राईले २०४४ देखि २०५५ सालसम्म शिक्षण पेशा अपनाउनु भएको थियो।

२०४८ सालदेखि एमाले सङ्गठित सदस्य भएर एमाले निकट अनेरास्ववियूबाट राजनीतिमा प्रवेश गरेका राइ २०५४ सालमा माओवादीको सङ्गठित सदस्य हुनु भएको हो। माओवादीमा आस्था राखेको भन्दै २०५९ सालमा उहाँलाई जागीरबाट बर्खास्त गरिएको थियो। त्यसपछि माओवादीका पूर्णकालीन भूमिगत कार्यकर्ता हुनुभएका राई एरिया समितिको सदसहुँदै २०६० देखि २०६२ साल सम्म किरात राष्टिय मुक्ति मोर्चाको जिल्ला अध्यक्ष पनि बन्नु भयो।

२०६१ सालमा माओवादीले गठन गरेको जिल्ला जनसरकार प्रमुख भएका राई संविधान सभामा जनजातिको हक अधिकार स्थापित गर्ने र माओवादी पार्टीको घोषणापत्र अनुसार उत्पिडित वर्गको हितमा संविधान लेख्न आफ्नो तर्फबाट पहल हुने बताउनुहुन्छ।[१]

सन्दर्भ[सम्पादन गर्ने]