पूवाबजार

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

पुवा बजार वा पूवा खोलाबजार इलाम जिल्लामा पर्ने एक व्यपारिक केन्द्र हो। पुवाखोला बजार इलाम बजार भन्दा ११.५ किलो मिटर उत्तर मेची राजमार्गको बीचमा पर्दछ । पुवाखोला तर्नु भन्दा पहिला यहाँ एक आधुनिक पक्कि पुल छ । यस पुल निर्माणले उत्तरी जिल्ला पाँचथरताप्लेजुंग लाई ठुलो सहायता जोडेको छ । यो इलाम जिल्लाको माइपोखरी गा, बि स र साखेजुंग गा बि समा पर्दछ | पुवाखोला पार गर्नु भन्दा पहिला एउटा सुन्दर बजार आउछ | विभिन्न जात जातिको बसोबास र इलम जिल्लाको एक व्यापारिक केन्द्रको रुप मानिएको छ | यहाँ झापाको बिर्तामोड देखि पाचथर ताप्लेजुंग जाने गाडी को यात्रीहरुको लागि खाना नास्ता खाने मुख्य स्थान पनि हो यहाँ | सफा सर्बसुलब होटल पुवाखोलाको माछा पाउनुको साथै यहाँ बस्नेको लागि पनि ब्याबस्थित होटल हरु छन् | याहाको पार्वती होटल मेची अंचल मा नै नामी छ | गुरुङ होटल सैली माइली होटल यहाको पुराना होटल हरुमा पर्दछन् | पुवाखोला बजारलाई पुरानो नाम दंगे बजार र घुमाउने बजारको नामले पनि अझै बायो ब्रिद्दाहरुले चिन्ने गर्छन | यसको विकास यहाँ २०२८ साल यता यातायात को सुबिधा पुगे पछी मात्र भएको छ | यहाँ विभिन्न जात जाति का मानिसहरुको बसोबास रहेको एक सुन्दर रमणीय स्थान पनि हो यहाँ | यहाँ काफ्ले, राइ, लिम्बु, दुलाल, गुरुङ, गिरि, भारती, बाहुन, लगायतका जातजातिका मानिसहरुको बसोबास छ | २०५७ साल ताका यो मेची राजमार्ग कालो पत्रे भएपछी यहाको विकास निक्कै नै तिब्र गतिमा भएको छ | यहाँ माइपोखरी, पुवामझुवा, साखेजुंग, सान्तिडाडा, पाचथरको पुर्बी उत्तर क्षेत्र देउराली बजार र बरबोटे गा बि सको पश्चिमी भागको मानिसहरुको ब्याबपरिक केन्द्र रहेको छ |

ब्यापार ब्याबसाय[सम्पादन गर्ने]

यहाको मानिसहरु एकदमै परिश्रम तथा मेहनेती र समय अनुसार चल्न सक्ने परिभाषित गराउने छन | बजार वरिपरी क्षेत्रमा भित्ते भनी गाउ छ | त्याहाको प्रमुख बजारको रुमा पुवाखोला रहेको छ | भित्ते एक सामाजिक परिचयको उदाहरणीय ठाउमा पर्दछ | बित्तेबाट समाज विकासको कुराहरु र सामाजिक भावनाको कुराहरुको पाठ सिक्ने स्थानमा परिचित छ | पुवाखोला बजारमा एक ढुध प्रसोधन केन्द्र छ | भने एक काठ को कच्चा पदार्थ भेनियर कम्पनी पनि रहेको छ | यहाँ दैनिक रुपमा ७००० हजुर देखि १३००० लिटर सम्म दुध संकलन हुने गरेको छ | व्यापारिक हिसाबले यहाँ समयानुसार ठुलो मात्रामा अदुवा, अलैची, आलु, कुचो काठको गोलिया, दुध तथा तरकारी जन्य बस्तुहरुको ठुलो मात्रामा उत्पादन र संकलन हुने गर्दछ | यहा बाट चिराइतो तथा अन्य जदिबुट्टी नेपाली कागज पनि उत्पादन हुने गरेको छ | हाल आएर यहाको अप्पर पुवाखोला जलबिधुत उत्पादन भै सकेको छ र यसको कारण पनि यो स्थानको महत्व र विकास अझ बददो मात्रामा छः | यहा बाट उत्पादन हुने दुध डी डी सी कम्पनी ले बिराटनगर लागि थप प्रसोधन गरि देशका बिभिन्न स्थानमा पुर्याउने गर्दछ | पुवाखोला दुग्ध उत्पादन पुर्बांअंचलको एक नमुना सस्थाको रुपमा पनि चिनिएको छ | यहाँ दुधको आधुनिक प्रबिधि बाट परिक्षण गरिन्छ | पुवाखोला बजार बात ६ किलो मिटर को उकालो माइपोखरिको यात्रा यहि बाट सुरु हुन्छ | यहाको सैक्षिक स्तर पनि उतिकै राम्रो छ यहाँ एउटा निजि स्तर बाट चलेको बिद्यालय छ भने सरकारी बिद्यालयको लागि नेपालटार मबी. श्री देवकोटा प्रा बि. भित्ते, रुक्मिणी प्रा. बि मलाते र बरबोटे अमर मा. बि नजिकमा छन | भने पुवाखोला बाट १२ किलो मिटरमा इलाम सदरमुकामको विभिन्न ठुला कलेज र उच्च्माबी हरु छन् | पुवाखोला बजारबाट नजिकको स्वास्थीय चौकी नेपालटारमा छ भने अर्को ठुला अस्पताल इलम बजार जहा बाट १२ किलो मिटरको दुरीमा पर्दछ | पुवाखोला परिसरको वरिपरिको बासिन्दाहरु बिशेस गरेर कृषी पेशामा निर्भर देखिन्छन | र कृषी उत्पादन पनि राम्रो आम्दानि तथा नगदेबालीको रुपमा रुपान्तरित भएको देखिन्छ | यहाँ विभिन्न उन्नत जातको गाइ हरुको पालन रहेको छः | भने चिया कफी खेति सुन्तला आदि पनि ब्याबसायिक रुपमा गरेको पाइन्छ | पुवाखोला बजार पुवाखोला को नजिक रहेको कारण नै पुवाखोला रहेको बयोब्रिदाहरुको भनाइ छ भने यो पुवाखोला हुनु पूर्ण यहाँ घुमाउने खेत भएको ले गर्दा घुमाउने बजार रहेको पनि थियो | त्यस ताका यहाँ दङ्ग बजार भनि सनिबार बजार लाग्ने चलन पनि थियो | तर आज यो चलन यहाँ रहेको देखिदैन | पुवाखोलाको असला माछा खाना झापाको बिर्तामोड देखिको मानिसहरु त्यहाँ पुग्ने गरेको पाइन्छ | चिसो पानीको माछा र सस्तो मुल्यमा पाइने भएको हुदा यहाँ माछाको चल्ती धेरै भएको पाइन्छ | यहाँ स्थानीय उत्पादन भएको साग सब्जी दहि घिउ दुध पनि प्रसस्त पाइने गरेको छ | यहाँ एक पत्र ब्याबहारको लागि हुलाक पनि रहेको छ | o बजार माइपोखरी बाट निकास भएर आउने नोरोंग खोलाको दोभान छेउ मा रहेको छ | यो बजार एक उपत्याका जस्तो स्थान मा रहेको छ | यहाँ को रमणीय दृश्य को अनुमान गर्दा माइपोखारिको टुरिस्ट गंताब्य्वा को मूल द्य्वार जस्तो पनि देखिन्छ | यहा होम स्टे र रेस्टुरेन्ट हरुको राम्रो सम्भाबना रहेको स्थान पनि हो |

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]