सामग्रीमा जानुहोस्

पेटोङटार्न सिनावात्रा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पेटोङटार्न सिनावात्रा
แพทองธาร ชินวัตร
सन् २०२५ मा सिनावात्रा
३१औँ थाइल्यान्डको प्रधानमन्त्री
कार्यकाल
१६ अगस्ट २०२४ – २९ अगस्ट २०२५[]
एकाधिपतिवज्रालङ्करण
सहायक
सूची हेर्नुहोस्
पूर्वाधिकारीफुम्थम वेचायचाई (कार्यवाहक)
उतराधिकारीसुरिया जङ्ग्राउनग्रेङकिट (कार्यवाहक)
संस्कृति मन्त्री
पद बहाली
३० जुन २०२५
प्रधानमन्त्रीउनी आफैँ
सुरिया जङ्ग्राउनग्रेङकिट(कार्यवाहक)
फुम्थम वेचायचाई(कार्यवाहक)
पूर्वाधिकारीसुदावान वाङ्सुफाकिजकोसोल
फेउ थाई पार्टीको नेता
पद बहाली
२७ अक्टोबर २०२३
पूर्वाधिकारीचुसाक सिरिनिल (कार्यवाहक)
व्यक्तिगत विवरण
जन्म (1986-08-21) २१ अगस्ट १९८६ (उमेर ३९)
बैङ्कक, थाइल्यान्ड[]
राजनीतिक दलफेउ थाई
जीवनसाथी
सन्तान
अभिभावकs
आफन्तहरूसिनावात्रा परिवार
शिक्षा
पेशा
  • राजनीतिज्ञ
  • व्यापारी
हस्ताक्षरCursive signature
उपनामUng Ing (อุ๊งอิ๊ง)

पेटोङटार्न सिनावात्रा (थाई:แพทองธาร ชินวัตร}}) (जन्म २१ अगस्ट १९८६) एक थाई राजनीतिज्ञ हुन् जसलाई सन् २०२३ मा फेहु थाई पार्टीको नेता नियुक्त गरिएको थियो र उनले १ जुलाई २०२५ सम्म थाइल्यान्डको ३१औँ प्रधानमन्त्रीको रूपमा सेवा गरेकी थिइन् र २९ अगस्ट २०२५ मा उनलाई बर्खास्त गरिएको थियो।[] सिनावात्रा परिवारका एक सदस्य, उनी २३औँ प्रधानमन्त्री थाकसिन सिनावात्राकी कान्छी छोरी र २८औँ प्रधानमन्त्री यिङलक सिनावात्राकी भान्जी हुन्। पेटोङटार्न थाइल्यान्डको सबैभन्दा कान्छी प्रधानमन्त्री हुन् र यो पद धारण गर्न थालेकी दोस्रो महिला हुन्।[] उनले ३० जुन २०२५ देखि संस्कृति मन्त्रीको रूपमा पनि सेवा गरेकी छन्।

१ जुलाई २०२५ मा, पेटोङटार्नलाई संवैधानिक अदालतले उनको र पूर्व कम्बोडियाली नेता हुन सेन बीचको चुहावट भएको फोन कलको कारण पदबाट निलम्बन गरेको थियो,[][] जसमा उनी थाइल्यान्ड र कम्बोडिया बीचको सीमा सङ्कटको कारण उत्पन्न भएको थियो। उपप्रधानमन्त्री, सुरिया जङ्ग्राउनग्रेङकिटले थाइल्यान्डको कार्यवाहक नेताको रूपमा पदभार ग्रहण गरेका थिए। [][]२९ अगस्ट २०२५ मा, संवैधानिक अदालतले सिनावात्राको विरुद्धमा ६-३ को फैसला सुनाएको थियो र उनलाई आधिकारिक रूपमा पदबाट हटाइएको थियो।[]

प्रारम्भिक जीवन र शिक्षा

[सम्पादन गर्नुहोस्]

पेटोङटार्न २१ अगस्ट १९८६ मा बैङ्ककमा जन्मिएकी थिइन्।[] उनले सेन्ट जोसेफ कन्भेन्ट विद्यालयमा आधारभूत र मातर देई विद्यालयमा उच्च माध्यमिक शिक्षा पूरा गरेकी थिइन्। पेटोङटार्नले चुललङ्गकरण विश्वविद्यालयको राजनीतिक विज्ञान सङ्कायमा अध्ययन गरेकी थिइन्[] जहाँ उनले सन् २००८ मा राजनीतिक विज्ञानमा बीए स्नातक गर्ने क्रममा समाजशास्त्र र मानवशास्त्रमा अध्ययन गरेकी थिइन्। त्यसपछि उनले इङ्ल्यान्डमा अध्ययन जारी राखेकी थिइन्, जहाँ उनले सन् २००९ मा सरेको विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय होटल व्यवस्थापन सङ्कायमा विद्यावारिधी प्राप्त गरेकी थिइन्।[][]

पेटोङटार्न एससी एसेट कर्पोरेसनको सबैभन्दा ठुलो सेयरधनी र थाईकम फाउन्डेसनको निर्देशक हुन्, जुन उनको परिवारको पैतृक सम्पत्ति हो। सन् २०२२ मा, उनले लगभग ६८ अर्ब थाई भाट (२ अर्ब अमेरिकी डलर) मूल्यका कुल २१ कम्पनीहरूसँग संलग्नता राख्छिन्।[१०]

राजनीतिक कार्यकाल

[सम्पादन गर्नुहोस्]

२० मार्च २०२२ मा फेउ थाई पार्टीको बैठकमा, पेटोङटार्न लाई "फेउ थाई परिवारको प्रमुख"को रूपमा चयन गरिएको थियो।[११] सन् २०२२ को अप्रिलमा फेउ थाई पार्टीको वार्षिक साधारण भेलामा भने, उसले थाइल्यान्डको व्यवस्था परिवर्तन देख्न चाहेको र देशको प्रधानमन्त्रीको पदमा उम्मेदवारी दिनु अघि थप अनुभव प्राप्त गर्न चाहेको कुरा उल्लेख गरेकी थिइन्।[१२][१३][१४]

जनमत सर्वेक्षणमा पेटोङटार्न प्रधानमन्त्री उम्मेदवार बनेकी थिइन्। अप्रिल २०२३ मा, उनी आधिकारिक रूपमा फेउ थाई पार्टीका स्रेथा थाभिसिन र चाइकासेम नीतिसिरी र उनी गरी तीन प्रधानमन्त्री उम्मेदवारहरू मध्ये एकको रूपमा आम निर्वाचनको लागि मनोनित भएकी थिइन्।[१५]

मे २०२३ मा भएको आम निर्वाचन पछि, फेउ थाई पार्टीले प्रतिनिधि सभामा फाक काओ क्लाई पार्टीलाई पछि पार्दै दोस्रो उच्चतम सङ्ख्यामा सिटहरू प्राप्त गरेको थियो।[१६] उनले पार्टीले योजना अनुसार पहिलो स्थान हासिल गर्न नसकेकोमा निराशा व्यक्त गरेकी थिइन् तर उनले फाक काओ क्लाई र दुवै दलसँग गठबन्धन बनाउन इच्छुक अन्य दलहरूसँग काम गर्न तयार रहेको बताएकी थिइन्। यद्यपि, फेउ थाई पार्टीले फाक काओ क्लाईसँग सरकार गठन गर्ने समझदारी पत्रबाट पछि हटेपछि, अगस्ट ९ मा, उनी र फेउ थाई पार्टीका कार्यकारीहरू प्रधानमन्त्री पदको तेस्रो चरणको मतदानको लागि उम्मेदवारलाई अनुमोदन गर्ने बारेमा फाक काओ क्लाईका नेताहरूसँग छलफलमा जुटेका थिए।[१७] भोलिपल्ट, पेटोङटार्नले फेउ थाई पार्टीले जनरल प्रावित वोङ्सुवनको नेतृत्वमा रहेको पलाङ प्रचारथ पार्टीलाई गठबन्धन सरकारमा ल्याउन आवश्यक रहेको जानकारी गराएका थिए।[१८] यसले गर्दा ६ दिन पछि फाक काओ क्लाई फू थाईको प्रधानमन्त्री पदको उम्मेदवारलाई समर्थन नगर्ने निर्णय गरेको थियो। हप्तौँको बहस पछि, थाइल्यान्डको संसदले स्रेथालाई प्रधानमन्त्री निर्वाचित गरेको थियो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. นางสาวแพทองธาร ชินวัตร
  2. "थाइल्यान्डकी प्रधानमन्त्री सिनावात्रा निलम्बित", अनलाइन खबर (नेपालीमा), १५ भदौ २०८२। 
  3. "सिनावात्रा बनिन् थाइल्याण्डको सबैभन्दा कान्छी प्रधानमन्त्री", नेपाल भ्युज (नेपालीमा), १५ भदौ २०८२। [स्थायी मृत कडी]
  4. ४.० ४.१ Ng, Kelly (१ जुलाई २०२५), "Thai prime minister suspended over leaked phone call", BBC News, मूलबाट १ जुलाई २०२५-मा सङ्ग्रहित। 
  5. ५.० ५.१ Wongcha-um, Panu; Thepgumpanat, Panarat (१ जुलाई २०२५), "Thai court suspends PM from duty pending case seeking her dismissal", रेउटर्स, मूलबाट १ जुलाई २०२५-मा सङ्ग्रहित। 
  6. Graeme, Baker (२९ अगस्ट २०२५), "Thai court removes PM over leaked phone call with Cambodian leader", BBC News 
  7. ७.० ७.१ "เปิดประวัติ อุ๊งอิ๊ง-แพทองธาร ทายาทชินวัตร หัวหน้าครอบครัวเพื่อไทย", matichon (थाईमा), २२ मार्च २०२२, मूलबाट १ नोभेम्बर २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २ मे २०२२ 
  8. "Paetongtarn Shinawatra: new Thai PM with an old name", The Jakarta Post (अङ्ग्रेजीमा), १८ अगस्ट २०२४, मूलबाट ६ फेब्रुअरी २०२५-मा सङ्ग्रहित। 
  9. "Surrey graduate who became Prime Minister of Thailand meets Vice-Chancellor-led delegation", १५ अक्टोबर २०२४, मूलबाट २ जुलाई २०२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २ जुलाई २०२५ 
  10. "เจาะขุมทรัพย์ อุ๊งอิ๊ง แพทองธาร ชินวัตร ทรัพย์สินอู้ฟู่ 6.8 หมื่นล้าน" [Diving into Paetongtarn S.'s treasury, 6.8×10^10 THB worth of wealth], thansettakij (th-THमा), २० मार्च २०२२, मूलबाट १६ अगस्ट २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अगस्ट २०२४ 
  11. "The Return of Shinawatra in Thai politics?", Asia Media Centre, New Zealand, ५ अप्रिल २०२२, मूलबाट ३० मे २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ अप्रिल २०२२ 
  12. "New 'Pheu Thai Family' head wants more experience before becoming PM", www.thaipbsworld.com (en-USमा), मूलबाट ३ जुन २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ अप्रिल २०२२ 
  13. "New Shinawatra may lead the next quest for power as Pheu Thai aims for 14 million members", Thai Examiner (en-GBमा), २१ मार्च २०२२, मूलबाट ३ जुन २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ अप्रिल २०२२ 
  14. "Young Shinawatra appointed Pheu Thai chief adviser for innovation", Bangkok Post, २८ अक्टोबर २०२१, मूलबाट १६ अगस्ट २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ अप्रिल २०२२ 
  15. "Pheu Thai Party unveils its three prime ministerial candidates", www.thaipbsworld.com (en-USमा), मूलबाट ३ जुन २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अप्रिल २०२३ 
  16. "เพื่อไทย ยอมรับผิดหวัง เป็นรองก้าวไกล ยินดีโหวต 'พิธา' นายกฯ ให้ กก.บห.คุยดีลตั้ง รบ. (คลิป).", Matichon, मूलबाट २५ मे २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अगस्ट २०२४ 
  17. ""แพทองธาร" ยัน ก้าวไกล-เพื่อไทย ไม่มีปัญหากัน-"ภูมิธรรม" อุบตอบเรื่องกลับไปจับมือ (คลิป)", www.thairath.co.th (थाईमा), ९ अगस्ट २०२३, मूलबाट १६ अगस्ट २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अगस्ट २०२४ 
  18. "เบื้องหลัง"อุ๊งอิ๊ง"ถกก้าวไกลแจ้งจำเป็นต้องพึ่งพรรค"ลุงป้อม"ตั้งรัฐบาล", thansettakij (थाईमा), १० अगस्ट २०२३, मूलबाट ११ जनवरी २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अगस्ट २०२४ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]
पार्टी राजनीतिक कार्यालय
पूर्वाधिकारी
चुसाक सिरिनिल
कार्यवाहक
फेउ थाई पार्टीको नेता
सन् २०२३–हाल
बहालवाला
राजनीतिक कार्यकाल
पूर्वाधिकारीकार्यवाहक प्रधानमन्त्रीको रूपमा थाइल्यान्डको प्रधानमन्त्री
सन् २०२४–२०२५
उतराधिकारीकार्यवाहक प्रधानमन्त्रीको रूपमा
मानार्थ उपाधिहरू
नयाँ शीर्षक फेउ थाई परिवारको प्रमुख
सन् २०२२–२०२३
पद खारेज


उद्दरण त्रुटी: <ref> tags exist for a group named "lower-alpha", but no corresponding <references group="lower-alpha"/> tag was found