सामग्रीमा जानुहोस्

पेरिस सम्झौता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Paris Agreement under the United Nations Framework Convention on Climate Change
{{{image_alt}}}
  State parties
  Signatories
  Parties also covered by European Union ratification
  Agreement does not apply
Drafted30 November – 12 December 2015 in Le Bourget, France
हस्ताक्षर२२ अप्रिल २०१६; ८ वर्ष पहिले (२२ अप्रिल २०१६)
स्थानपेरिस, फ्रान्स
कार्यान्वयन४ नोभेम्बर २०१६; ८ वर्ष पहिले (४ नोभेम्बर २०१६)[][]
अवस्थाRatification and accession by 55 UNFCCC parties, accounting for 55% of global greenhouse gas emissions
हस्ताक्षरकर्ता१९५ []
पक्षहरु१९५ [] (list)
जम्माकर्तासंयुक्त राष्ट्रसङ्घका महासचिव
भाषाहरू
  • Arabic
  • Chinese
  • English
  • French
  • Russian
  • Spanish
Paris Agreement at Wikisource

पेरिस सम्झौता वा पेरिस जलवायु सम्झौता, जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता हो। यसलाई २०१५ मा मस्यौदाको रूपमा तयार गरिएको थियो, जसमा मुख्य मुद्दाहरूमा हरितगृह ग्यास उत्सर्जन न्यूनीकरण, अनुकूलन र यस कार्यको वित्तीय लागतहरू समावेश थिए। १२ डिसेम्बर २०१५ मा पेरिसमा भएको २१ औं सम्मेलनमा १९६ पक्षहरूले यसलाई सर्वसम्मतिले पारित गरेको थियो। १९५ सदस्यले हस्ताक्षर गरेका छन् भने १४८ जनाले अनुमोदन समेत गरेका छन् ।

यो सदस्य राष्ट्रहरूमा कानुनी रूपमा बाध्यकारी छ।

विश्व नेताहरूले यो सम्झौताको प्रशंसा गरेका छन्।[] यद्यपि, केही वातावरणविद् र विश्लेषकहरूले यसको आलोचना गर्दै यो पर्याप्त कडा नभएको बताएका छन्। सम्झौताको प्रभावकारिताको बारेमा बहस भइरहेको छ।

सम्झौताका लक्ष्यहरू []

  • विश्वव्यापी औसत तापक्रममा भएको वृद्धिलाई २ डिग्री सेल्सियसभन्दा कम राख्न र तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्ने । जसले गर्दा जलवायु परिवर्तनको जोखिम र प्रभावलाई कम गर्न सकिन्छ ।
  • जलवायु परिवर्तनका प्रतिकूल असरहरूलाई सम्बोधन गर्न र खाद्य उत्पादनमा खतरा नपर्ने गरी हरितगृह उत्सर्जन घटाउने क्षमता विकास गर्ने ।
  • हरितगृह ग्यास उत्सर्जन घटाउन र जलवायु सुधार गर्न सान्दर्भिक वित्त प्रवाह गर्ने ।
The Indian Prime Minister, Narendra Modi greeting the President of Brazil, Dilma Rousseff, in background Portuguese Prime Minister António Costa at the COP21 Summit on 30 November 2015

अनुमोदन गरेका वा सम्मिलन भएका देशहरू

[सम्पादन गर्नुहोस्]

युरोपेली संघ र  १९४ राष्ट्रहरू (जसको कुल हरितगृह ग्यास उत्सर्जन ९८% भन्दा बढी छ)ले सम्झौतालाई अनुमोदन गरेका छन् वा यसमा संलग्न भएका छन्।[][][] केही देशहरूले यस सम्झौतालाई अनुमोदन गरेका छैनन् । विश्वको कुल २% उत्सर्जन गर्ने इरानले अनुमोदन गरेको छैन । [] लिबिया र यमनले पनि सम्झौतालाई अनुमोदन गरेका छैनन्।[] ७ फेब्रुअरी २०२३ मा सम्झौतालाई अनुमोदन गर्ने इरिट्रिया पछिल्लो देश हो।

धारा २८ले हस्ताक्षर पक्षलाई डिपजिटरीलाई फिर्ता हुने सूचना पठाएपछिसम्झौताबाट अलग हुने अधिकार दिएको छ । देशको लागि सम्झौता लागू भएको तीन वर्ष भन्दा पहिले सूचना दिन सकिँदैन। डिपजिटरीलाई सूचित गरिएको एक वर्ष पछि फिर्ता प्रभावकारी हुन्छ। []

अमेरिकी बहिर्गमन, प्रवेश र पुनः बहिर्गमन

[सम्पादन गर्नुहोस्]

४ अगस्ट २०१७ मा, ट्रम्प प्रशासनले संयुक्त राष्ट्र संघलाई संयुक्त राज्य अमेरिका (जुन चीन पछि दोस्रो ठूलो हरितगृह ग्यास उत्सर्जक हो) ,[]ले पेरिस सम्झौताबाट यथाशीघ्र पछि हट्ने योजना बनाएको आधिकारिक सूचना पठायो। [१०] ४ नोभेम्बर २०१९ मा अमेरिकाको लागि तीन वर्षको लागि सम्झौता लागू नभएसम्म फिर्ताको सूचना पेश गर्न सकिँदैनथ्यो।[११][१२] अमेरिकी सरकारले उक्त सूचना संयुक्त राष्ट्र संघका महासचिवकहाँ जम्मा गर्‍यो र एक वर्ष पछि ४ नोभेम्बर २०२० मा आधिकारिक रूपमा फिर्ता भयो। [१३][१४]

राष्ट्रपति जो बाइडेनले आफ्नो पदभार ग्रहणको पहिलो दिन, २० जनवरी २०२१ मा संयुक्त राज्य अमेरिकालाई पेरिस सम्झौतामा पुन: प्रवेश गराउन कार्यकारी आदेशमा हस्ताक्षर गरे।[१५][१६] धारा २१.३ द्वारा तोकिएको ३० दिनको अवधि पछि, अमेरिकालाई सम्झौतामा पुन: प्रवेश गराइयो।[१७][१८] संयुक्त राज्य अमेरिकाका जलवायु दूत जोन केरीले भर्चुअल कार्यक्रमहरूमा भाग लिएर अमेरिकाले पेरिस प्रक्रियामा वैधतामा "फर्कने बाटो पाउने" बताए। [१९] संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राज्य अमेरिकाको पुनरागमनको स्वागत गर्दै "हराएको कडीले सम्पूर्णलाई कमजोर पारेको" बताए। [१९]

जनवरी २०, २०२५ मा, राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई सम्झौताबाट फेरि अलग हुने कार्यकारी आदेशमा हस्ताक्षर गरे। [२०]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ १.२ १.३ १.४ उद्दरण त्रुटी: अवैध <ref>चिनो; depo2 नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  2. "Paris Climate Agreement Becomes International Law", ABC News, मूलबाट ४ नोभेम्बर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ नोभेम्बर २०१६ 
  3. "Historic Paris Agreement on Climate Change – 195 Nations Set Path to Keep Temperature Rise Well Below 2 Degrees Celsius", UN Climate Change Newsroom, United Nations Framework Convention on Climate Change, १२ डिसेम्बर २०१५, मूलबाट १७ जनवरी २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ डिसेम्बर २०१५ 
  4. "Paris Agreement, FCCC/CP/2015/L.9/Rev.1", UNFCCC secretariat, अन्तिम पहुँच १२ दिसम्बर २०१५ 
  5. "Paris climate deal: US and China formally join pact" वेब्याक मेसिन अभिलेखिकरण २ जनवरी २०१८ मिति, BBC News, 3 September 2016 (page visited on 4 September 2016).
  6. "India Ratifies Landmark Paris Climate Deal, Says, 'Kept Our Promise'", मूलबाट ३ अक्टोबर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २ अक्टोबर २०१६ 
  7. "Each Country's Share of [[:ढाँचा:CO2]] Emissions", Union of Concerned Scientists, मूलबाट २४ नोभेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ जुन २०२१  ইউআরএল শিরোনামে উইকিলিঙ্ক এমবেড করা (सहायता)
  8. "On the Possibility to Withdraw from the Paris Agreement: A Short Overview", UNFCCC, १४ जुन २०१७, मूलबाट २ डिसेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ अप्रिल २०२१ 
  9. World Resources Institute, 10 December 2010 "This Interactive Chart Shows Changes in the World's Top 10 Emitters" वेब्याक मेसिन अभिलेखिकरण १४ मार्च २०२१ मिति
  10. "Reference: C.N.464.2017.TREATIES-XXVII.7.d (Depositary Notification)", United Nations, ८ अगस्ट २०१७, मूलबाट १५ अगस्ट २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ अगस्ट २०१७ 
  11. Restuccia, Andrew (४ अगस्ट २०१७), "Trump administration delivers notice U.S. intends to withdraw from Paris climate deal", Politico, मूलबाट ४ अगस्ट २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ अगस्ट २०१७ 
  12. Liptak, Kevin, "WH: US staying out of climate accord", CNN, मूलबाट १७ सेप्टेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ सेप्टेम्बर २०१७ 
  13. Dennis, Brady, "Trump makes it official: U.S. will withdraw from the Paris climate accord", The Washington Post, मूलबाट ९ नोभेम्बर २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ डिसेम्बर २०१९ 
  14. Schiermeier, Quirin (४ नोभेम्बर २०२०), "The US has left the Paris climate deal – what's next?", Nature (अङ्ग्रेजीमा), डिओआई:10.1038/d41586-020-03066-x, पिएमआइडी 33149315, मूलबाट १८ जुलाई २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ जुलाई २०२१ 
  15. Medina, Daniella, "Biden plans 17 executive orders on student loans, wearing masks and more. See the list", The Tennessean (en-USमा), मूलबाट २१ जनवरी २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २० जनवरी २०२१ 
  16. "Paris Climate Agreement", WH.gov, The White House, २० जनवरी २०२१, मूलबाट २१ जनवरी २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ जनवरी २०२१  वेब्याक मेसिन अभिलेखिकरण २१ जनवरी २०२१ मिति
  17. "United States officially rejoined the Paris Agreement", Renewable Energy 2050, २० फेब्रुअरी २०२१, मूलबाट २० फेब्रुअरी २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २० फेब्रुअरी २०२१  वेब्याक मेसिन अभिलेखिकरण २० फेब्रुअरी २०२१ मिति
  18. "US makes official return to Paris climate pact", Associated Press, १९ फेब्रुअरी २०२१, मूलबाट १९ फेब्रुअरी २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ फेब्रुअरी २०२१The Guardianद्वारा। 
  19. १९.० १९.१ Volcovici, Valerie (१९ फेब्रुअरी २०२१), "It's official: U.S. back in the Paris climate club", Reuters (अङ्ग्रेजीमा), मूलबाट २० फेब्रुअरी २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २० फेब्रुअरी २०२१ 
  20. Volcovici, Valerie; Ward, Jasper (२० जनवरी २०२५), "Trump to withdraw from Paris climate agreement, White House says", Reuters, अन्तिम पहुँच २० जनवरी २०२५ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]