पेरी एडवर्ड्स
पेरी एडवर्ड्स | |
|---|---|
| जन्म | पेरी लुई एडवर्ड्स १० जुलाई १९९३ साउथ सिल्ड्स, टाइने एन्ड वेयर, इङ्ल्यान्ड |
| पेशा | गायिका |
| कार्यकाल | सन् २०११–हाल |
| उचाइ | १.६३ मिटर |
| समकक्षी | एलेक्स अक्सलेड-चेम्बरलेन (सन् २०१६–वर्तमान) |
| सन्तान | २ |
| साङ्गीतिक जीवन | |
| विधा | |
| वाद्ययन्त्र | स्वर |
| लेबल | |
| वेबसाइट | perrieofficial |
पेरी लुई एडवर्ड्स (अङ्ग्रेजी: Perrie Louise Edwards, जन्म; सन् १९९३ जुलाई १०) एक बेलायती गायिका हुन्। द एक्स फ्याक्टर युकेमा अडिसन दिएसँगै एड्वर्ड्सले साङ्गीतिक क्षेत्रमा कदम चालेकी थिइन्। लिटिल मिक्स नामक एक बेलायती महिला साङ्गीतिक समूहमा सामेल भएपछि उनी चर्चित भएकी थिइन्। द एक्स फ्याक्टर नामक एक गायन प्रतियोगिताको आठौँ शृङ्खलाको क्रममा गठन भएको लिटिल मिक्स यो प्रतियोगिता जित्ने पहिलो समूह बनेको थियो। लिटिल मिक्सको एक सक्रिय कलाकारको रूपमा उक्त समूहद्वारा सार्वजनिक गरिएका गीतहरू मध्ये बेलायती एकल सङ्गीत तालिका मा १७ वटा गीतहरू शीर्ष १० मा पुगेका थिए भने ५ वटा गीतहरूले तालिकाको शीर्ष स्थान हासिल गरेका थिए। समूहको सदस्यको रूपमा उनीले तीनवटा ब्रिट पुरस्कार प्राप्त गरेकी थिइन् भने यस समूह सन् २०२२ मा अनिश्चितकालीन रूपमा निष्क्रिय भएको थियो।[१][२]
एडवर्ड्सले सन् २०२४ मा एकल कलाकारको रूपमा आफ्नो साङ्गीतिक कार्यजीवनको नयाँ अध्यायको सुरुवात गरी "फर्गेट अबाउट अस" नामक एकल गीत सार्वजनिक गरेकी थिइन् भने उक्त गीत बेलायती एकल सङ्गीत तालिकामा शीर्ष दसमा पर्न सफल भएको थियो। यसपछि उनका "टिअर्स" र "यु गो योर वे" जस्ता गीतहरू सार्वजनिक गरेकी थिइन्। उनी कोपाफिल! संस्थाकी संरक्षक र 'सुप्रिम न्युट्रिसन ब्रान्डकी प्रथम महिला राजदूत पनि हुन्। सन् २०२१ मा उनले 'डिसोरा' नामक फेसन ब्रान्ड सुरु गरेकी थिइन्। एडवर्ड्सको पहिलो एकल स्टुडियो एल्बम पेरी सन् २०२५ सेप्टेम्बर २६ का दिन सार्वजनिक गरिएको थियो भने यसले बेलायती एल्बम तालिकाका शीर्ष तेस्रो स्थान हासिल गरेको थियो।
प्रारम्भिक जीवन
[सम्पादन]पेरी लुई एडवर्ड्सको जन्म सन् १९९३ जुलाई १० का दिन भएको थियो भने उनी साउथ सिल्ड्स, टाइने एन्ड वेयरमा हुर्किएकी थिइन्।[३] उनको नाम रक साङ्गीतिक समूह जर्नीका स्टिभ पेरीको नामबाट राखिएको थियो। उनका आमाबुबा डेबोरा डफी र अलेक्जेन्डर एडवर्ड्सको उनी सानै छँदा सम्बन्धविच्छेद भएको थियो। उनकी आमाले न्युजिल्यान्डका मार्क डफीसँग र उनका बुबाले जोआना वेल्ससँग दोस्रो विवाह गरेका थिए। उनको जोनी एडवर्ड्स नाम गरेका एक दाजु र केटलिन एडवर्ड्स नाम गरेकी एक सौतेनी बहिनी छिन्।[४][५]
बाल्यकालमा, एडवर्ड्स साउथ सिल्ड्स फर्किनु अघि डोर्सेटको वेमाउथ स्थित रेडिपोल प्राथमिक विद्यालयमा भर्ना भएकी थिइन्।[६] उनले साउथ सिल्ड्सको सेन्ट पिटर एन्ड पल आरसी प्राथमिक विद्यालय र मोर्टिमर सामुदायिक कलेज मा अध्ययन गरेकी थिइन्।[६] उनले पछि न्युकासल कलेज मा भर्ना भएर प्रदर्शन कला मा स्नातकोत्तर हासिल गरेकी थिइन्।[६] किशोरावस्थाको सुरुवात दुई वर्ष उनले न्युजिल्यान्डको ह्यामिलटनमा बिताएकी थिइन्।[७]
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ Stone, Joe (२०२५-०८-१६), "‘I have a daily battle with myself not to go on Ozempic’: Jade Thirlwall on anorexia, protest in pop and life after Little Mix", The Guardian (अङ्ग्रेजीमा), आइएसएसएन 0261-3077, अन्तिम पहुँच २०२५-०८-१६।
- ↑ "Reality TV Made Jade Thirlwall Famous. As a Solo Act, She Keeps It Real." (अङ्ग्रेजीमा), २०२५-०८-१६, अन्तिम पहुँच २०२५-०८-१६।
- ↑ "No place like home for Little Mix stars - Shields Gazette", २१ अप्रिल २०१७, मूलबाट २१ अप्रिल २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० मार्च २०२३।
- ↑ "Little Mix star emotional over New Zealand return", Newshub (अङ्ग्रेजीमा), मूलबाट ३० मार्च २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० मार्च २०२३। अभिलेखिकरण ३० मार्च २०२३ वेब्याक मेसिन
- ↑ "No place like home for Little Mix stars", www.shieldsgazette.com (अङ्ग्रेजीमा), मूलबाट २१ अप्रिल २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ मे २०१७।
- 1 2 3 Lawson, Ruth (१० अक्टोबर २०११), "Teachers back X Factor's Jade and Perrie", Chronicle Live, मूलबाट २३ जनवरी २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ जनवरी २०१५।
- ↑ "Little Mix star looking forward to New Zealand homecoming", Stuff (अङ्ग्रेजीमा), १४ मे २०१७, मूलबाट १७ जुन २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ जुन २०१९।
बाह्य कडीहरू
[सम्पादन]- इन्टरनेट चलचित्र डेटाबेसमा पेरी एडवर्ड्स
- पेरी एडवर्ड्सडिसकोग्समा साङ्गीतिक कार्यहरू
- पेरी एडवर्ड्स म्युजिक ब्रेन्जमा साङ्गीतिक सङ्ग्रहहरू