पोम्लालुङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पोम्लालुङ[सम्पादन गर्नुहोस्]

नेपालमा वसोवास गर्ने कुलुङ जातिले आफ्नो समुदायको कोही व्यक्तिको मृत्य भएमा लासलाई जमिनमा गाड्ने र उसको आत्मालाई स्वर्ग पठाउने चलन छ । सो स्वर्ग पठाउने मूख्य बाटो (स्वर्गद्वार) लाई कुलुङ भाषामा https://pomlalung.com/ भनिन्छ । पोम्ला भनेको कुलुङ भाषामा मृतकको आत्मा हो भने लुङ भनेको ढुंगा हो ।

पोम्लालुङ कहाँ पर्छ?[सम्पादन गर्नुहोस्]

सोलुखुम्बु जिल्ला महाकुलुङ गाउँपालिकाको वडा नं. ५ स्थित लिम्चोला भन्ने सानो शेर्पा गाउँ रहेको छ । जहाँबाट केही माथि पुग्दा जंगलभित्र अझंगको एउटा चट्टान ठडिएको छ । यसै क्षेत्रमा ठूला ठूला र डरलाग्दा ओडारहरु भेटिन्छन् । त्यही ठूलो चट्टान र वरिपरिको ओढारहरुलाई समेटेर पोम्लालुङ क्षेत्र समेटिएको छ । पhttps://pomlalung.com/ भने त्यही ठूलो चट्टानलाई मानिन्छ ।

पोम्लुलुङको धार्मिक महत्व[सम्पादन गर्नुहोस्]

विश्व भरिका कुलुङ जातिले मृत्युपछि आत्मालाई पुर्खाहरुले बाटो देखाउदै (छेलाम कल्तो) त्यहा पुराउँछन् । कुलुङ समुदायमा चलेको विश्वास र मान्यताअनुसार यो (https://pomlalung.com/[dead link]) नै कुलुङ जातिको लागि ‘स्वर्ग’ हो । मृतकलाई यसरी ‘स्वर्ग’ अर्थात् ‘पोम्लालुङ’ पठाउँदा पुग्नुअघि मृतकलाई पानी पिउन दिने ठाऊँ छ । त्यो ठाऊँलाई ‘पोम्ला काउ’ भनिन्छ । यो ‘पोम्ला काउ’ भन्ने ठाऊँ सोलुखुम्बु जिल्लाको बुङ र छेस्खामको बीच (पेल्माङ/पिल्मो) मा पर्छ । यसरी मृत्युपछि आफन्तलाई पठाइने कुलुङहरुको स्वर्ग अर्थात् ‘पोम्लालुङ’ गुदेल गाउँको शिरमा पर्छ । जुन स्थललाई कुलुङ जातिहरुले पवित्र स्थल मान्ने गर्छन् । कुलुङ समुदायको सबैभन्दा ठूलो र महत्वपूर्ण मानिएको धार्मिक स्थल यहीँ पोम्लालुङ हो ।

पोम्लालुङको इतिहास[सम्पादन गर्नुहोस्]

कुलुङ मसमुदायका दुई पुर्खाहरु रावाखोलाबाट हालको महाकुलुङ प्रवेशका क्रममा खप्दुलु पिल्मो पुगे, राताप्खु दोर्माढुंगा हुँदै लिम्चोला शिरमा पर्ने पोम्लाढाप (पोम्लालुङ) पुगे । राताप्खुका दुई सन्तान रितिवेल र काचीबुई-वारिन्दो नामका दुई छोराहरु थिए । रहदैँ वस्दै गर्दा कान्छो छोरा वारिन्दोको मृत्यु भयो । राताप्खुले वारिन्दोको शव पोम्लालुङको फेदमा गाडी राखेर छोरा एक्लै नहुनको लागि अरु सन्तानको मृत्यु हुँदा पनि त्यही गाड्ने ईच्छा प्रकट गरे । र त्यहाँबाट बसाई सरे । पछि सबै शव त्यहाँ पुराउन सम्भव नहुँदा आत्मा पुराउन थालियो । यस क्षेत्रमा विकसित राताप्खु, खप्दुलु, छेम्सी र ताम्सीका सन्तानहरुले मृतकको आत्मा https://pomlalung.com/[dead link] पुराउछन् ।