पोर्टल:खेलकुद/चुनिएको जीवनी/1

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सचिन तेन्दुलकर

सचिन तेन्दुलकर (/ˌsəɪn tɛnˈdlkər/ ( ); जन्म २४ अप्रिल १९७३) भारतको भुतपूर्व खेलाडी र कप्तान हुन । उनको जन्म भारतको मुम्बईमा भएको हो । सचिन विश्व क्रिकेटको इतिहासमा विश्वकै सर्वश्रेष्ठ ब्याट्सम्यानहरूमा गनिन्छन् । उनले सन् १९८९ मा पाकिस्तान विरुद्ध कराचीमा भएको टेस्ट खेलबाट आफ्नो खेल जीवनको प्रारम्भ गरेका थिए। उनले टेस्ट तथा एकदिवसीय क्रिकेट गरी दुवैमा सर्वाधिक रन तथा शतक बनाएका छन् । उनले टेस्ट क्रिकेटमा ४९ शतक तथा एकदिवसीय क्रिकेटमा ५१ शतक बनाएका छन् । उनी पुरुष समूहको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोहोरो शतक बनाउने पहिलो खेलाडी हुन् । उनी टेस्ट क्रिकेटमा सबैभन्दा धेरै १५,९२१ रन बनाउने एक मात्र खेलाडी हुन् ।