पोर्टल:प्रविधि/परिचय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पृथिवीको वायुमण्डलदेखि बाहिर
पृथिवीको वायुमण्डलदेखि बाहिर

प्रविधिलाई अर्को अर्थमा तकनीति पनि भनिन्छ । प्रविधि व्यावहारिक तथा औद्योगिक कलाहरू र प्रयुक्त विज्ञानसित सम्बन्धित अध्ययन अथवा विज्ञानको समूह हो । धेरै मानिसहरू प्रविधि र इन्जिनियरिङ शब्दहरूलाई पर्यायवाचीको रूपमा प्रयोग गर्दछन् । प्रविधिको तालीम प्राप्त गरेर यसलाई व्यवसायको रूपमा लिने व्यक्तिलाई प्राविधिज्ञ भनिन्छ । आदि कालदेखि नै मानवले प्रविधिको प्रयोग गर्दै आएको पाइन्छ । आधुनिक सभ्यतालाई विकास गरी आजको स्थितिमा ल्याउन प्रविधिको सबैभन्दा ठूलो योगदान छ । जो समाज अथवा राष्ट्र प्राविधीक रूपले शक्तिशाली छन् तिनीहरू नै सामरिक रूपमा शक्तिशाली हुन्छन् अनि आर्थिक रूपमा पनि अरु भन्दा सक्षम हुन्छन् ।