पोर्टल:बलिउड/Intro
स्वरूप
बलिउड हिन्दी भाषामा चलचित्र बनाउने उद्योग हो । बलीउड नाम अङ्ग्रेजी सिनेमा उद्योग हलिउडको तर्जमा राखिएको हो । हिन्दी फिल्म उद्योग मुख्यतः मुम्बई शहरमा छ । यो फिल्महरू हिन्दुस्तान, पाकिस्तान र अरू धेरै देशको मानिसको दिलको धडकन हो । सबै फिल्महरूमा धेरै संगीतमय गित हुन्छ । यी फिल्महरूमा भारतको "हिन्दुस्तानी" शैलीको चलन छ । हिन्दी र उर्दू (खडीबोली) को साथ साथ अवधी, बम्बइया हिन्दी, भोजपुरी, राजस्थानी जस्ता भाषा पनि संवाद र गानहरूमा उपयुक्त हुन्छ । यहा प्यार, देशभक्ति, परिवार, अपराध, भय तथा इत्यादि मुख्य विषय हुन्छ । धेरैजस्तो गित उर्दू शायरीमा आधारित हुन्छ ।