सामग्रीमा जानुहोस्

पोर्तगाल राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पोर्चुगल
सङ्गठनपोर्चुगाली फुटबल सङ्घ
सङ्घयुएफा (युरोप)
प्रमुख प्रशिक्षकफेर्नान्दो सान्तोस
कप्तानक्रिस्टियानो रोनाल्डो
सर्वाधिक उपस्थितिक्रिस्टियानो रोनाल्डो (१८४)
सर्वाधिक गोलकर्ताक्रिस्टियानो रोनाल्डो (११५)
गृह रङ्गशालाविभिन्न
फिफा कोडPOR
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता(२६ October २०२३)[]
उच्च वरीयता(मे–जुन २०१०, अक्टोबर २०१२, अप्रिल–जुन २०१४, सेप्टेम्बर २०१७ – अप्रिल २०१८)
निम्न वरीयता२५ (अगस्ट १९९८)
पहिलो अन्तर्राष्ट्रिय
 स्पेन ३–१ पोर्तगाल 
(म्याड्रिड, स्पेन; १९ डिसेम्बर १९२१)
ठूलो विजय
 पोर्तगाल ८–० लिस्टेनस्टाइन 
(लिस्बन, पोर्चुगल; १८ नोभेम्बर १९९४)
 पोर्तगाल ८–० लिस्टेनस्टाइन 
(कुइब्रा, पोर्चुगल; ९ जुन १९९९)
 पोर्तगाल ८–० कुवेत 
(लेरिया, पोर्चुगल; १९ नोभेम्बर २००३)
ठूलो हार
 पोर्तगाल ०–१० इङ्ल्यान्ड 
(लिस्बन, पोर्चुगल; २५ मे १९४७)
विश्वकप
उपस्थिति७ (पहिलो खेल सन् १९९६)
उत्कृष्ट नतिजातेस्रो स्थान (सन् १९६६)
युइएफए युरोपेली च्याम्पियनसिप
उपस्थिति८ (पहिलो खेल सन् १९८४)
उत्कृष्ट नतिजाविजेता (सन् २०१६)
युइएफए राष्ट्र लिग
उपस्थिति१ (पहिलो खेल सन् २०१९)
उत्कृष्ट नतिजाविजेता (सन् २०१९)
कन्फेडेरेसन कप
उपस्थिति१ (पहिलो खेल सन् २०१७)
उत्कृष्ट नतिजातेस्रो स्थान (सन् २०१७)
वेबसाइटfpf.pt

पोर्चुगल राष्ट्रिय फुटबल टोली (पोर्तगाली: Seleção Portuguesa de Futebol) अन्तर्राष्ट्रिय फुटबलमा पोर्चुगलको प्रतिनिधित्व गर्ने पुरुष राष्ट्रिय टोली हो जसको सबै गतिविधि पोर्तुगल फुटबल महासङ्घको नियन्त्रणमा छ। पोर्तुगल फुटबलको सर्वोच्च परिचालक निकाय हो। यो टोली सन् १९२३ देखि फुटबलको सर्वोच्च निकाय फिफा र सन् १९५४ देखि यसको क्षेत्रीय सङ्गठन युएफाको सदस्य रहेको छ। सन् १९२१ डिसेम्बर १८ का दिन पोर्चुगलले पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेलेको थियो। स्पेनको राजधानी म्याड्रिडमा भएको सो खेलमा पोर्चुगल स्पेनसँग ३–१ ले पराजित भएको थियो। सन् २०१९ मा नेदरल्यान्डलाई १–० ले पराजित गर्दै पोर्चुगलले युएफा राष्ट्र लिगका उपाधि पहिलोपटक जित्न सफल भएको थियो।

एक प्रमुख अन्तर्राष्ट्रिय खेल अन्तर्गत पोर्चुगल राष्ट्रिय फुटबल टोलीले पहिलो सहभागिता सन् सन् १९६६ को फिफा विश्वकपमा जनाएको थियो। यस प्रतियोगितामा राष्ट्रिय टोलीका लागि बलोन डी'ओर विजेता युसेबियोले राष्ट्रियको प्रतिनिधित्व गरेका थिए भने यस अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा टोलीले तेस्रो स्थान हात पारेको थियो। त्यसपछि सन् सन् १९८६ सन् सन् २००२ को फिफा विश्वकपमा टोलीले राष्ट्रियको प्रतिनिधित्व गरेको थियो भने यी दुवै प्रतियोगितामा टोली समूह चरणबाट बाहिरिएको थियो। पोर्चुगलले सन्ए १९८४ को युएफा युरो प्रतियोगिता सेमिफाइनलमा स्थान बनाएको थियो। आयोजक र अन्ततः विजेता फ्रान्स विरुद्धको खेलमा अतिरिक्त समयपछि ३–२ गोल अन्तरले पराजित भएको थियो।

पोर्चुगलले हालसम्म ७ पटक फिफा विश्वकपमा सहभागिता जनाएको छ। सन् १९६६ को फिफा विश्वकपमा पोर्चुगलले तेस्रो स्थान हासिल गर्ने सबैभन्दा राम्रो सफलता प्राप्त गरेको थियो। जहाँ टोलीले सोभियत सङ्घलाई २–१ ले पराजित गरेका थिए। अर्कोतर्फ पोर्चुगलले हालसम्म ८ पटक युएफा युरोपियन च्याम्पियनसिपमा सहभागिता जनाएको छ। जसमध्ये सर्वोत्कृष्ट प्रदर्शन गर्दै टोलीले युइएफए युरो २०१६ को उपाधि जित्न सफल भएको थियो। जहाँ टोलीले फ्रान्सलाई १–० गोल अन्तरले पराजित गरेका थिए। पोर्चुगलले सन् २०१७ फिफा कन्फेडेरेसन कपमा पनि तेस्रो स्थान हासिल गरेको थियो।

यस टोलीको गृह रङ्गशाला ओवेइरसमा रहेको एस्तादिओ नास्योनाल हो यद्यपि उनीहरूको गृह खेल प्रायजसो देशभरिका अन्य रङ्गशालाहरूमा खेलाइन्छ। टोलीका वर्तमान मुख्य प्रशिक्षक फर्नान्डो सान्तोस र कप्तान क्रिस्टियानो रोनाल्डो हुन्। राष्ट्रिय टोलीका लागि कप्तान रोनाल्डोले सर्वाधिक उपस्थितिमा सर्वाधिक गोल गर्दै टोलीका लागि कीर्तिमान राखेका छन्। क्रिस्टियानो रोनाल्डो, पाउलेता, युसेबियो, लुइस फिगो र पेपे जस्ता खेलाडीहरूले राष्ट्रिय फुटबल टोलीका केही विश्वप्रसिद्ध खेलाडीहरू हुन्।

व्यक्तिगत कीर्तिमानीहरू

[सम्पादन गर्नुहोस्]

सर्वाधिक उपस्थिति जनाएका खेलाडीहरू

[सम्पादन गर्नुहोस्]
क्रिस्टियानो रोनाल्डो राष्ट्रिय टोलीका लागि सर्वाधिक उपस्थितिमा सर्वाधिक गोल गर्ने खेलाडी हुन्
अद्यावधिक १४ नोभेम्बर २०२१[]
गाढा कालो रङ्गद्वारा अङ्कित खेलाडीहरू हाल राष्ट्रिय टोलीमा समावेश छन्
स्थानखेलाडीउपस्थितिगोलहरूप्रथम उपस्थितिहालसालैको उपस्थिति
क्रिस्टियानो रोनाल्डो१८४११५२० अगस्ट २००३१४ नोभेम्बर २०२१
जुवाउ मौचिनु१४२१७ अगस्ट २००५१४ नोभेम्बर २०२१
लुइस फिगो१२७३२१२ अक्टोबर १९९१८ जुलाई २००६
पेपे१२३२१ नोभेम्बर २००७११ नोभेम्बर २०२१
नानी११२२४१ सेप्टेम्बर २००६२ जुलाई २०१७
फेर्नान्दो कोउचु११०१९ डिसेम्बर १९९०३० जुन २००४
रुई पात्रिसिओ१०२१७ नोभेम्बर २०१०१४ नोभेम्बर २०२१
ब्रिनो आल्भेस९६११५ जुन २००७७ जुन २०१८
रुई कोस्ता९४२६३१ मार्च १९९४५ जुलाई २००४
१०रिकार्दो कारभाल्हो८९११ अक्टोबर २००३२२ जुन २०१६

सर्वाधिक गोलकर्ताहरू

[सम्पादन गर्नुहोस्]
अद्यावधिक १४ नोभेम्बर २०२१[]
गाढा कालो रङ्गद्वारा अङ्कित खेलाडीहरू हाल राष्ट्रिय टोलीमा समावेश छन्
स्थानखेलाडीगोलहरूउपस्थितिऔसतप्रथम उपस्थितिहालसालैको उपस्थिति
क्रिस्टियानो रोनाल्डो (सूची)११५१८४०.६३२० अगस्ट २००३१४ नोभेम्बर २०२१
पलेता४७८८0.53२० अगस्ट १९९७८ जुलाई २००६
युसेबियो४१64०.६४८ अक्टोबर १९६११३ अक्टोबर १९७३
लुइस फिगो३२१२७०.२५१२ अक्टोबर १९९१८ जुलाई २००६
नुनो गोमिस२९७९०.३७२४ जनवरी १९९६११ अक्टोबर २०११
हेल्देर पोस्चिगा२७७१०.३८१३ जुन २००३१४ नोभेम्बर २०१४
रुई कोस्ता२६९४०.२८३१ मार्च १९९३४ जुलाई २००४
नानी२४११२०.२११ सेप्टेम्बर २००६२ जुलाई २०१७
जुवाओ भिएर२३८१०.३०१२ अक्टोबर १९९११४ जुन २००२
१०निने२२66०.२३२१ अप्रिल १९७१२३ जुन १९८४
सिमाओ साब्रोसा२२८५०.२६१८ अक्टोबर १९९८२९ जुन २०१०

गोल कीर्तिमानीहरू

[सम्पादन गर्नुहोस्]
एक विश्वकपमा सर्वाधिक गरिएका गोलहरू
 युसेबियो (सन् १९६६)[]
विश्वकपहरूमा गरिएका सर्वाधिक गोलहरू
 युसेबियो (सन् १९६६)[]
एक युरोपेली च्याम्पियनसिपमा सर्वाधिक गरिएकाा गोलहरू
 क्रिस्टियानो रोनाल्डो (सन् २०२०)
युरोपेली च्याम्पियनसिपहरूमा सर्वाधिक गरिएका गोलहरू
१४ क्रिस्टियानो रोनाल्डो (सन् २००४, २००८, २०१२, २०१६२०२०)[]
वृद्ध गोलकर्ता
३७ वर्ष, ९ महिना र १८ दिन  – जुजे फोन्ते (३–० कतार विरुद्ध, सन् २०२१ अक्टोबर ९ का दिन)
युवा गोलकर्ता
१७ वर्ष, ९ महिना र २५ दिन – फेर्नान्दो सलाना (२–१ साइप्रस विरुद्ध, सन् १९७६ डिसेम्बर ५ का दिन)
सर्वाधिक ह्याट्रिक
१० क्रिस्टियानो रोनाल्डो (सन् २०१६ अक्टोबर ७ का दिन, एन्डोरा विरुद्ध गरिएको ४ गोल र सन् २०१९ सेप्टेम्बर १० का दिन लिथुआनिया विरुद्ध गरिएको ह्याट्रिक सहित)[]
ह्याट्रिक गर्ने सबैभन्दा युवा खेलाडी
२० वर्ष, ११ महिना र ४ दिन – अन्द्रे सिल्भा (सन् २०१६ अक्टोबर १० का दिन फरोई टापु विरुद्धको ६-० जित अन्तर्गत)[]

अन्य कीर्तिमानीहरू

[सम्पादन गर्नुहोस्]
विश्वकपमा खेलिएको सर्वाधिक खेल
१७ क्रिस्टियानो रोनाल्डो (सन् २००६, २०१०, २०१४२०१८)
युरोपेली च्याम्पियनसिपमा खेलिएको सर्वाधिक खेल
२५ क्रिस्टियानो रोनाल्डो (सन् २००४, सन् २००८, २०१२, २०१६२०२०)[]
वयस्क खेलाडी
३८ वर्ष, ८ महिना र १६ दिन  पेपे (सन् २०२१ नोभेम्बर ११ का दिन आयरल्यान्ड विरुद्धको ०–० को खेलमा)[]
लामोसमयसम्मको राष्ट्रिय खेलजीवन
१८ वर्ष, २ महिना र २५ दिन  क्रिस्टियानो रोनाल्डो (सन् २००३ अगस्ट २० देखि सन् २०२१ नोभेम्बर १४ सम्म) 
युवा नवोदित खेलाडी
१७ वर्ष, ६ महिना र २४ दिन पाउलो फुत्रे (5–0 सन् १९८३ सेप्टेम्बर २१ का दिन फिनल्यान्ड विरुद्ध ५-० गोल अन्तरको खेलमा)[१०]
राष्ट्रिय टोलीका लागि १०० उपस्थिति जनाउने प्रथम युवा खेलाडी
२७ वर्ष, ८ महिना र ११ दिन क्रिस्टियानो रोनाल्डो (सन् २०१२ अक्टोबर १६ का दिन उत्तर आयरल्यान्ड विरुद्धको १-१ गोल अन्तरको खेलमा)[११]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "The FIFA/Coca-Cola World Ranking", FIFA, २६ अक्टोबर २०२३, अन्तिम पहुँच २६ अक्टोबर २०२३
  2. "Played for Portugal national team", अन्तिम पहुँच १६ जुन २०१५
  3. "Portugal national football team goal scorers", अन्तिम पहुँच २५ मार्च २०१६ अभिलेखिकरण ६ अगस्ट २०२० वेब्याक मेसिन
  4. 1 2 "Eusebio's nine goals at 1966 World Cup", BBC Sport, ५ जनवरी २०१४।
  5. "Cristiano Ronaldo becomes first to score in four European Championships", espnfc.com, २२ जुन २०१६, मूलबाट २३ जुन २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ जुन २०१६
  6. Grez, Matias (११ सेप्टेम्बर २०१९), "Cristiano Ronaldo hits four against Lithuania and nears all-time goals record", CNN, अन्तिम पहुँच ११ सेप्टेम्बर २०१९
  7. "Chapa seis às Ilhas Faroé com "hat-trick" de André Silva" [Six past the Faroe Islands with André Silva hat-trick] (पुर्तुगालीमा), Rádio e Televisão de Portugal, ११ अक्टोबर २०१६, अन्तिम पहुँच १८ जुन २०१७
  8. "Ronaldo sets record for all-time EURO appearances", UEFA, २२ जुन २०१६, अन्तिम पहुँच २ जुलाई २०१६
  9. "Euro 2016: A final swansong for Ricardo Carvalho?", Sportskeeda, ४ जुन २०१६, अन्तिम पहुँच ६ जुन २०१६
  10. "Adeus Alvalade: Paulo Futre encanta na estreia oficial" [Goodbye Alvalade: Paulo Futre delights in official debut], Record (newspaper) (पुर्तुगालीमा), ६ मे २००३, अन्तिम पहुँच २३ जुन २०१७ अभिलेखिकरण ७ नोभेम्बर २०१७ वेब्याक मेसिन
  11. "Centurion Ronaldo honoured by UEFA", Union of European Football Associations, १७ अक्टोबर २०१२, मूलबाट १० अगस्ट २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अगस्ट २०१३
  12. Harding, John (२६ जुलाई २०१०)। "Not even the great Eusebio can halt England's World Cup march"Give me Football। सङ्ग्रह मिति ८ फेब्रुअरी २०११
  13. "Germany 2006: The final ranking"। FIFA। ९ जुलाई २००६। सङ्ग्रह मिति १९ मार्च २०१८
  14. "2006 FIFA World Cup Germany ™ | Awards"। FIFA। सङ्ग्रह मिति १९ मार्च २०१८
  15. "Portugal striker Cristiano Ronaldo forced off injured in Euro 2016 final"। ESPN FC। १० जुलाई २०१६। सङ्ग्रह मिति १० जुलाई २०१६
  16. Szreter, Adam (५ जुलाई २००४)। "Greece are crowned kings of Europe"। UEFA। सङ्ग्रह मिति २३ अप्रिल २०१६
  17. "Portugal come from behind to finish third"। FIFA। २ जुलाई २०१७। सङ्ग्रह मिति १५ सेप्टेम्बर २०१७
  18. Law, Matt (९ जुन २०१९)। "Result: Goncalo Guedes scores winner as Portugal land UEFA Nations League title"। Sports Mole। सङ्ग्रह मिति ९ जुन २०१९
  19. Shamoon Hafez (९ जुन २०१९)। "Nations League final" (English भाषा)। BBC Sport। सङ्ग्रह मिति १० जुन २०१९
  20. "Games of the XXVI. Olympiad - Football Tournament"www.rsssf.com
  21. "Skydome Cup (Canada 1995)"www.rsssf.com
  22. "Sala de troféus da CBF"cbf.com.br (पुर्तुगाली भाषा)। २०१२-०९-१५। सङ्ग्रह मिति २०२०-०६-१९
  23. "Laureus Awards 2017: Bolt, Biles, Rosberg, Atherton & Leicester among winners"। BBC Sport। १४ फेब्रुअरी २०१७। सङ्ग्रह मिति १८ अक्टोबर २०१७
  24. "Laureus World Team of the Year 2017 nominees"। Laureus। सङ्ग्रह मिति २४ अक्टोबर २०१७

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]