सामग्रीमा जानुहोस्

पोहेला वैशाख

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पोहेला वैशाख
ढाकामा पोहेला वैशाख मनाइँदै
आधिकारिक नामপহেলা বৈশাখ
वैकल्पिक नामबङ्गाली नववर्ष
अनुयायीबङ्गाली जाति
पूजा रङरामधनु
महत्त्वजातिगत
उत्सववैशाखी मेला, मङ्गल शोभायात्रा, हालखाता
परिपालनबङ्गलादेश (१४ अप्रिल) (राष्ट्रिय)
भारत (१५ अप्रिल)
मिति1 Boishakh
आवृत्तिवार्षिक
सम्बन्धितदक्षिण र दक्षिण पूर्वी एसिया सौर्य नववर्ष

पोहेला वैशाख वा पोयला वैशाख (बङ्गाली: পহেলা বৈশাখ) (बङ्गाली पात्रोको पहिलो महिना वैशाखको पहिलो दिन) बङ्गाब्दोको पहिलो दिन अर्थात् बङ्गाली नयाँ वर्ष हो। यस दिनलाई बङ्गलादेशभारतको पश्चिम बङ्गालमा नयाँ वर्षको रूपमा विशेष उत्सवका साथ मनाइन्छ। त्रिपुरामा बसोबास गर्ने बङ्गालीहरूले पनि यस उत्सवमा भाग लिन्छन्। पोहेला वैशाखलाई बङ्गलादेशमा राष्ट्रिय उत्सवको रूपमा लिइने हुँदा यसलाई बङ्गालीहरूको सार्वभौमिक लोक उत्सवको रूपमा मानिन्छ। पुरानो ढाकामा बसोबास गर्ने मुसलमान माहिफ्रस समुदायबाट पोहेला वैशाखको उत्सव सुरु भएको थियो।[][] बङ्गलादेश, भारत, म्यानमार, थाइल्यान्ड, श्रीलङ्का, कम्बोडियाभियतनाममा १४ अप्रिलमा नयाँ वर्षको उत्सव मनाइन्छ। बङ्गाली नयाँ वर्ष र चैत्रसङ्क्रान्तिको अवसरमा तीन पहाडी जिल्लाहरूमा (राङ्गामाटी, बान्दोरबान र खागडाछडी) आदिवासीहरूको परम्परागत धार्मिक-सामाजिक उत्सव ‘वैसाबी’ मनाइन्छ।

इस्वी सम्वत्को पात्रो अनुसार बङ्गलादेशमा प्रत्येक वर्ष अप्रिल १४ मा यो उत्सव मनाइन्छ। बाङ्ला एकेडेमीद्वारा निर्धारण गरिएको आधुनिक बङ्गाली पात्रो अनुसार यो दिन तोकिएको हो। पश्चिम बङ्गालमा चन्द्रसौर बङ्गाली पात्रो अनुसार अप्रिल १५ मा पोहेला वैशाखको पर्व मनाइन्छ। यसैगरी यस दिनलाई बङ्गलादेश र पश्चिम बङ्गालको सरकारी बिदाको दिनको रूपमा स्वीकृति दिइएको र विभिन्न तहका व्यापारीहरू यस दिनलाई नयाँ व्यवसाय सुरु गर्ने अवसरको रूपमा मान्दछन्। यो उत्सव यात्रा, मेला, पन्ता भात खाने, हलखाता खोल्ने आदि विभिन्न क्रियाकलाप मार्फत पनि मनाइने गरिन्छ। बङ्गाली नयाँ वर्षको पारम्परिक शुभकामना "शुभ नववर्ष" हो। नयाँ वर्षको समयमा बङ्गलादेशमा मङ्गल यात्राको आयोजन गरिन्छ। सन् २०१६ मा युनेस्कोले ढाका विश्वविद्यालयद्वारा आयोजित यस उत्सव यात्रालाई “मानवताको अमूल्य सांस्कृतिक सम्पदा” भनेर घोषणा गरेको थियो।[][]

इस्लामी वर्षिक पात्रो (हिजरी पात्रो) चन्द्रमाको आधारमा र इसाई वर्ष अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्धारण गरिने हुँदा बङ्गाली पात्रोसँग इस्लामी पात्रो र इसाई वर्षको मौलिक फरक यसैलाई मानिएको छ। यस कारण हिजरी वर्षमा नयाँ मिति साँझ आकाशमा नयाँ चन्द्रमाको देखिनेबित्तिकै सुरु हुन्छ भने इसाई वर्षमा नयाँ दिन युटिसी±००:०० अनुसार सुरु हुन्छ। पोहेला वैशाख मध्यरात १२ बजेबाट सुरु नहुने तर सूर्य उदयदेखि सुरु हुने विषयमा फरक मत छ। परम्परागत रूपमा सूर्य उदयदेखि बङ्गाली दिन गणना गर्ने रीत भए तापनि, १४०२ बङ्गाब्दोको पोहेला वैशाखदेखि बाङ्ला एकेडेमीले यो नियम रद्ध गरी अन्तर्राष्ट्रिय रीतसँग सन्तुलन गर्न मध्यरात १२:०० बजे दिन गणना सुरु गर्ने नियम लागू गरेको थियो।[][]

मङ्गल शोभायात्रा, ढाका विश्वविद्यालय क्षेत्र
मङ्गल शोभायात्रा टिएससी
वैशाखी मेला
वैशाखी मेलाको एक दृश्य
ढाकाको इस्लामपुर अवस्थित एक कपडाको दोकानमा आयोजित हातखाता
पोहेला वैशाख, बङ्गाली नयाँ वर्षको अवसरमा पान्ता भातसँग इलिश माछा, विभिन्न प्रकारका भर्ता र काँचो खुर्सानी प्रस्तुत गरिन्छ

पोहेला वैशाख उत्सव

[सम्पादन गर्नुहोस्]

नयाँ वर्षको उत्सवसँग सर्वसाधारणहरूको संस्कृति र संस्कारसँग गहिरो सम्बन्ध रहेको छ। नववर्षको दिन गाउँमा मानिसहरू बिहान उठेर नयाँ लुगा लगाउँछन् र नातेदार तथा साथीभाइको घरमा भेटघाट गर्न जान्छन्। विशेष खानपिनको व्यवस्थाका साथ घर सफा गरिन्छ र सधैँको भन्दा राम्रो तरिकाले सजाइन्छ। केही गाउँका संयुक्त क्षेत्रमा, कुनै खुला मैदानमा वैशाखी मेलाको आयोजना गरिन्छ। मेलामा विभिन्न किसिमका घरेलु उद्योगका सामानको बिक्री हुन्छ र विभिन्न प्रकारका परिकारहरू तयार गरिन्छ। धेरै ठाउँमा इलिस माछाका साथ पन्ताभात खाने व्यवस्था हुन्छ। यस दिनको पहिलैदेखि चलिआएको चलन अनुसार खेलकुद प्रतियोगिताको पनि आयोजना गरिन्छ जसमा डुङ्गा प्रतियोगिता, लाठी खेल वा कुस्ती समावेश छन्। बङ्गलादेशमा यस्तो कुस्तिको सबैभन्दा ठूलो मेला १२ वैशाखमा चट्टोग्रामको लालडिघी मैदानमा लाग्छ जसलाई जब्बारको बली खेल भनेर चिनिन्छ।


यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "বৈশাখী খাবারের সুলুক সন্ধানে", Bdnews24.com (बङ्गालीमा), १४ अप्रिल २०१७, मूलबाट ८ मार्च २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ मे २०२३
  2. "মাহিফরাসের দাওয়াত টু পয়লার ইলিশ-পান্তা", Ei Samay Gold (बङ्गालीमा), मूलबाट ८ मार्च २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ मे २०२३
  3. "নববর্ষ: ১৪ই এপ্রিল দেশে দেশে যেভাবে বর্ষবরণ উৎসব উদযাপিত হয়", বিবিসি বাংলা, मूलबाट ५ Oct २०२५-मा सङ्ग्रहित।
  4. "পহেলা বৈশাখ", বাংলাপিডিয়া, मूलबाट ५ Oct २०२५-मा सङ्ग्रहित।
  5. "বাংলা বর্ষপঞ্জির জন্ম", मूलबाट १६ अप्रिल २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ अप्रिल २०१५ अभिलेखिकरण २०१३-०४-१६ वेब्याक मेसिन
  6. "রেবতী নক্ষত্র, অয়নচলন, 'সূর্য-সিদ্ধান্ত' ও বাংলা নববর্ষ | মতামত", opinion.bdnews24.com (बङ्गालीमा), १० मे २०११, मूलबाट १६ अप्रिल २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ अप्रिल २०१९

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]