प्रकाश तिम्सिना

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


चितवनमा भएको एक कार्यक्रममा गीत प्रस्तुत गर्दै गायक प्रकाश तिमिल्सिना।


इच्छा शक्ति हुनु पर्छ मानिसले जे पनि गर्न सक्छ। यसको उदाहरण खोज्न टाढा जानु पर्दैन नेपालमा नै पाइन्छ। त्यस्तै उदाहरण मध्येका एक हुन गायक प्रकाश तिमिल्सिना। उनको जीवन संघर्षले आम मानिसलाई एउटा उदाहरण दिन सक्छ।

  • जन्म मिति ः वि.सं. २०४४ वैशाख १ गते
  • जन्म स्थान ः सुनसरी प्रकाशपुर
  • माता ः तुलसीमाया तिमिल्सिना
  • पिताः रामप्रकाश तिमिल्सिना
  • शिक्षाः प्लस टु पास (२०६३ सालमा प्रवेशिका पास)
  • प्रतिभा ः गायन
  • पहिलो गीत ः प्रिय तिम्रो सिँउदोमा सिन्दुर भर्न देउ
  • पहिलो एल्वम ः दिव्य दृष्टि
  • प्रकाशित एल्वमहरू ः दिव्यदृष्टि, प्रकाश श्रद्धाञ्जली (प्रकाशोन्मुख)
  • विदेश भ्रमण ः हङ्कङ्, कोरिया, कतार, दुवई आदि
  • सम्मान तथा पुरस्कार ः

२०४४ सालको वैशाख १ गते सुनसरीको प्रकाशपुरमा जन्मिएका प्रकाश तिमिल्सिनालाई एक वर्षको सानो उमेरमा नै पारिवारीक विछोडको विपत्ति आइप¥यो। २०४५ सालको भुकम्प पछिको कोशीको बाढिका कारण उनले आफ्नो परिवार गुमाए नै आफ्नो दृष्टि पनि गुमाउन पुगे। उनै प्रकाश अहिले नेपाली संगीताकाशमा चम्किला तारा बनेर उदाइरहेका छन्। घरमा सुतिरहेको उनको परिवारलाई बाढिले बगायो। उनी पनि बगे भाग्यको साथ उनलाई माझीले जालमा पारेर बच्न सफल भइ। त्यसपछि उनी आफ्नी हजुर आमा देविमायाको साहारामा बाँचे जसको मृत्यु २०६७ साल जेठ १६ गते नै भएको छ। अहिले एक्लै जीवन विताइरहेका प्रकाशले आफ्नो बाल्यकाल धरानमा विताएका हुन्। नौ वर्ष पछि लेटाङमा हजुरआमासँगै बसाई सरे। लेटाङमा छँदा नेमधारी मण्डल नामका शिक्षकले उनलार्य धनकुटाको हिलेभन्दा माथि सिँदुवामा लगेर पढाउनुभयो। त्यतिबेलासम्म प्रकाश गीत गाएर परिवारको केही सहारा बनिरहेको थिएँ। १२ पास गरेका प्रकाश पाँच कक्षासम्म सरस्वती मावि सिँदुवामा नै पढेका हुन्। त्यस पछि एक जना बेलायती नागरिक जेवाना स्टुर्ड जो गाउँ विकासको प्रोजेक्ट ‘आफ्नो गाउँ आफैँ बनाऊँ’ लिएर आएका थिए उनले नै प्रकाशको बाँकी पढाइ पूरा गर्न सहयोग गरे। एसएलसी कीर्तिपुरको एक विद्यालयबाट २०६३ सालमा प्रथम श्रेणीमा पास गरेँ। त्यसपछि सगरमाथा उच्च माविबाट प्लस टु पास गरे त्यस पछि भने शारिरिक समस्या तथा सांगीतिक व्यस्तताका कारण पढाइलाई निरन्तरता दिन सकेनन् प्रकाशले।

उनी आफ्नो अतितलाई यसरी आफ्नै शव्दमा व्यक्त गर्छन् ‘जब म तीन वर्षको थिएँ, त्यतिबेला मलाई दुःख–सुख गरेर हुर्काउनुभएकी हजुरआमाले मलाई एक जना लाहुरेको बिहेमा लानुभएको थियो। त्यहाँ क्यासेट प्लेयरबाट गीत बजेको सुनेँ। हजुरआमाले त्यसले खान्छ करेन्ट, लिन्छ ज्यान भन्नुहुन्थ्यो। त्यहाँ बजेका गीत मैले पनि गुनगुनाउन थालेँ रे। त्यसपछि मलाई सबैले माया गर्थे रे। मलाई खाना खुवाउनसमेत गीत–संगीतको सहारा लिनुप¥यो रे, हजुरआमाले। चार–पाँच वर्षको हुँदा मलाई हजुरआमाले एक ब्याट्रीवाला रेडियो किनिदिनुभएको थियो। रेडियो आडैमा राखेर सुनिरहन्थेँ। ११ बजे रेडियो बन्द भएपछि मात्र रेडियोका मान्छे खाना खाना गए भनेर मैले खाना खान्थेँ। मलाई त्यसपछि गाउँका सबैले रेडियोले भनेजस्तो भन भन्थे। मैले गीत गाउँदा माया मानेर बिस्कुट खान दिन्थे। गीत गाए खान पाइँदो रहेछ भन्ने लाग्यो। यसरी नै खानको लागि मैले गीत गाउँन थालेँ। मैले कहिले १० रूपैयाँमा गीत गाएँ, कहिले एक झोला नासपतीका लागि गाएँ। मेरो गुजारा पनि चलेको थियो यसबाट। आठ कक्षामा पढ्दा मैले नेपाल टेलिभिजनको ‘ब्राइटर तिम्रो सुर, मेरो गीत’ भन्ने कार्यक्रममा मैले भाग लिएँ। पछि मैले जित्ने पक्कापक्की थियो, तर प्रायोजन नपाएर त्यो रोकियो। त्यसपछि मैले २०६४ सालमा ‘साउथ एसियन स्टार’ नेपाल भन्ने इमेज च्यानलको एक कार्यक्रममा चार हजार जनालाई जितेपछि भारतमा ‘साउथ एसियन सुपरस्टार’मा भाग लिन पाएँ। त्यो कार्यक्रममा म फाइनलिस्ट भएको थिएँ। मैले बेस्ट इंग्लिस प्रोनाउन्सेसन पाएको थिएँ। त्यही कार्यक्रममा बलिउडकी नायिका प्रियंका चोपडा गेस्ट जज बनेर आउनुभएको थियो। उहाँले मलाई दाहिने हातमा चुम्नुभएको म भुल्दिनँ। यसरी सुरू भएको मेरो संगीत–यात्रा अहिलेसम्म चलिरहेको छ।’

प्रकाशले देशविदेशमा थुप्रै कन्सर्टहरू गरेका छन्। नेपालका अधिकांश भागमा पुगेका उनी विदेशमा हङकङ दुई पटक, कोरिया, कतार र दुबई पुगेका छन्। आफ्ना गुमेको दृष्टि फिर्ता हुने आशामा छन् उनी। त्यसकालागि अस्ट्रियामा जानुपर्ने डाक्टरहरूको उनलाई सल्लाह रहेको छ। अहिले उपचारको लागि आवश्यक ४५ लाख रूपैयाँ लाग्नेछ, पैसा जम्मा गर्दैछन् प्रकाश। आफू समाजसेवी भएर समाजसेवा गर्न चाहन्छन प्रकाश। आफूजस्तै दृष्टिविहीनहरूको सेवा गर्ने चाहना छ उनको। दृष्टिविहीनहरूलाई शिक्षा पु¥याउन चाहन्छन। आफूजस्ता केही शिक्षित दृष्टिविहीनहरू मिलेर एसोसिएसन बनाउँदै छन। त्यही संस्थाले विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा शिक्षा प्रदान गर्ने योजना छ उनको। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. यो आलेक चितवन पोष्ट राष्ट्रिय दैनिकमा प्रकाशित उनको अन्तर्वातालाई आधार बनाएर तयार पारिएको हो।

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]