प्रगतिशील लोकतान्त्रिक पार्टी (नेपाल)
प्रगतिशील लोकतान्त्रिक पार्टी प्रगतिशील लोकतान्त्रिक पार्टी | |
|---|---|
| छोटो रूप | प्रलोपा |
| नेता | बाबुराम भट्टराई |
| संस्थापक | बाबुराम भट्टराई, जनार्दन शर्मा, सन्तोष परियार र अन्य |
| स्थापना | २०८२ मङ्सिर ४ |
| समायोजन | प्रगतिशील राष्ट्रिय अभियान र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) |
| टुक्रिएको | नेकपा (माओवादी केन्द्र) |
| विचारधारा | मार्क्सवाद प्रगतिशील समाजवाद[१][२][३] |
| राजनीतिक स्थान | वामपन्थी राजनीति |
| रङहरू | |
| नारा | नेपाली माटो, हाम्रो बाटो |
| निर्वाचन चिह्न | |
प्रगतिशील लोकतान्त्रिक पार्टी नेपालको एक वामपन्थी राजनीतिक दल हो। पार्टी गठनको घोषणा २०८२ कात्तिक २८ मा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्मा नेतृत्वमा प्रगतिशील राष्ट्रिय अभियान, नेपाल र सन्तोष परियको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी समूहको विलयको माध्यमबाट गरिएको थियो।[४][५] पार्टीले आफ्नो चुनाव चिन्हको रूपमा आँखालाई अपनाएको छ।[६]
यसले नेत्रविक्रम चन्द नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी), विवेकशील साझा पार्टी र घनश्याम भुसाल नेतृत्वमा रहेको एकीकृत समाजवादी पुनर्गठन अभियान लगायत प्रगतिशील र वामपन्थी समूहहरूसँग सहकार्यको योजना राखेको थियो।[७]
इतिहास
[सम्पादन गर्नुहोस्]पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको नेतृत्वमा प्रगतिशील राष्ट्रिय अभियान, नेपाल र सन्तोष परियारको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी समूहको विलय मार्फत २०८२ कात्तिक २८ मा पार्टी गठनको घोषणा गरिएको थियो।[६] शर्माको नेपाली कम्युनिष्ट पार्टी गठन गर्न एकात्मक विलयको बारेमा असहमति भए पनि, राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व प्रमुख संसदीय सचेतक सन्तोष परियार पनि नयाँ वैकल्पिक शक्ति गठनको लागि यसमा सामेल भएका थिए।[६]
धेरै दलहरू विलय भएर प्रगतिशील लोकतान्त्रिक पार्टी गठन भएका छन्:[६]
| पार्टी [८] | नेता | टिप्पणीहरू |
|---|---|---|
| नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) | दुर्गा सोब |
|
| प्रगतिशील राष्ट्रिय अभियान, नेपाल | सुदन किराँती |
|
| स्वतन्त्र समूह | सन्तोष पारीयार |
|
विचारधारा
[सम्पादन गर्नुहोस्]मूल विलय सम्झौताको एक भागको रूपमा, पार्टीको विचारधारामा प्रगतिशील समाजवाद र नेपालमा बहुदलीय प्रणालीको समर्थन समावेश थियो, जबकि पार्टी आफैँ आधिकारिक रूपमा धर्म निरपेक्षताको पक्षमा रहन्छ। पार्टीले "परिष्कृत मार्क्सवाद सहितको नेपाली समाजवाद"लाई लोकतन्त्रमा सबैको सहभागिता सहितको आफ्नो वैचारिक राजनीतिक एजेन्डा मान्दछ।[९]
पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भहरू
[सम्पादन गर्नुहोस्]- ↑ Sureis (२०१७-१२-०४), "Democratic socialism, not communism, is need of the hour: Baburam Bhattarai", The Himalayan Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-११-२१।
- ↑ "Baburam Bhattarai likens Nepal's communist movement to Soviet-era stagnation", खबरहब (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-११-२१।
- ↑ "जनार्दन शर्मा नेतृत्वको 'प्रगतिशील अभियान'द्वारा नयाँ समाजवादी बाटो विकास गर्ने घोषणा", www.ratopati.com (नेपालीमा), अन्तिम पहुँच २०२५-११-०४।
- ↑ "Santosh Pariyar and Manushi in talks with Janardan's team to form new party", Khabarhub (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-११-१४।
- ↑ "Pragatisheel Loktantrik Party announced", Khabarhub (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-११-२३।
- ↑ ६.० ६.१ ६.२ ६.३ "Naya Shakti, Pragatisheel Rastriya Abhiyan and Santosh Pariyar to form unified party", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२५-११-१४।
- ↑ "सन्तोषको पार्टीको नाम 'प्रगतिशील लोकतान्त्रिक' वा 'प्रगतिशील नागरिक' हुने !", सन्तोषको पार्टीको नाम 'प्रगतिशील लोकतान्त्रिक' वा 'प्रगतिशील नागरिक' हुने !, अन्तिम पहुँच २०२५-११-१४।
- ↑ "Naya Shakti, Pragatisheel Rastriya Abhiyan and Santosh Pariyar to form unified party", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२५-११-१४।"Naya Shakti, Pragatisheel Rastriya Abhiyan and Santosh Pariyar to form unified party".
- ↑ "प्रलोपाको वैचारिक लाइन 'परिष्कृत मार्क्सवाद'", अनलाइन खर (नेपालीमा), अन्तिम पहुँच २०२५-११-२३।