प्रजनन प्रणाली सम्बन्धि रोग
प्रजनन प्रणाली सम्बन्धि रोग भनेको मानव प्रजनन प्रणालीसँग सम्बन्धित अङ्गहरूमा लाग्ने सबै प्रकारका रोगहरू हुन्। यसले पुरुष वा महिलाको प्रजनन अङ्ग, तिनको कार्य, वा यौन तथा प्रजनन स्वास्थ्यसँग सम्बन्धित प्रक्रियामा असर गर्ने अवस्थाहरूलाई जनाउँछ। यी रोगहरू सङ्क्रमण, आनुवंशिक कारण, हर्मोन असन्तुलन, संरचनात्मक असामान्यता, क्यान्सर, वा जीवनशैली बाट उत्पन्न हुने कारण जस्तै मोटोपना[१] बाट हुन सक्छन्। यसले व्यक्तिको स्वास्थ्य, प्रजनन क्षमता, जीवनस्तरमा प्रत्यक्ष प्रभाव पार्न सक्छ, र कहिलेकाहीँ बाँझोपन वा प्रसूति जटिलता पनि निम्त्याउँछ।[२] यस्ता रोगहरूको समयमै पहिचान, उपचार र रोकथाम अत्यन्तै महत्त्वपूर्ण मानिन्छ। साथै, सुरक्षित यौन अभ्यास, नियमित स्वास्थ्य परीक्षण, स्वस्थ आहार र जीवनशैलीको सुधारले यसका जोखिमहरू घटाउन सहयोग पुर्याउँछ।
प्रकारहरू
[सम्पादन गर्नुहोस्]सङ्क्रमणहरू
[सम्पादन गर्नुहोस्]प्रजनन प्रणालीसँग सम्बन्धित अङ्गमा पर्ने प्रजनन मार्गलाई असर गर्ने सङ्क्रमणलाई प्रजनन मार्ग सङ्क्रमण भनिन्छ। महिलाहरूमा प्रजनन मार्ग सङ्क्रमणले माथिल्लो प्रजनन मार्ग (डिम्बबाहिनी नली, डिम्बाशय र पाठेघर) र तल्लो प्रजनन मार्ग (योनीमार्ग, पाठेघरको मुख र योनी)लाई असर गर्न सक्छ भने पुरुषहरूको लागि यी सङ्क्रमणहरूले लिङ्ग, अण्डकोष, मूत्रमार्ग वा भास डेफेरेन्सलाई असर गर्छ। प्रजनन मार्ग सङ्क्रमणहरू अन्तर्जात सङ्क्रमण, आइट्रोजेनिक सङ्क्रमण र सामान्य सरुवा यौन सङ्क्रमणहरू गरी तीन प्रकारका हुन्छन्।
जन्मजात असामान्यताहरू
[सम्पादन गर्नुहोस्]प्रजनन प्रणालीको जन्मजात असामान्यताहरूको उदाहरणहरू निम्नानुसार छन्:
- कलम्यान सिन्ड्रोम - अण्डकोषबाट एक वा दुवै अण्डकोषको कमीको कारणले गर्दा यौन हार्मोन उत्पादन गर्ने ग्रंथिहरूको कार्यमा कमी आउने आनुवंशिक विकार।
- एन्ड्रोजन असंवेदनशीलता सिन्ड्रोम - आनुवंशिक रूपमा पुरुष (अर्थात् XY क्रोमोजोम जोडी) भएका मानिसहरूमा एन्ड्रोजनको प्रयोग गर्न नसक्ने भएकाले महिलाको रूपमा यौन विकास हुने एउटा आनुवंशिक विकार।
- अन्तरयौनता - व्यक्ति उसको यौनाङ्ग र/वा अन्य यौन विशेषताहरूबाट स्पष्ट रूपमा पुरुष वा महिला होइनन् भनेर छुट्याउन नसकिने अवस्था ।
क्यान्सरका उदाहरणहरू
[सम्पादन गर्नुहोस्]प्रजनन प्रणालीको क्यान्सरका उदाहरणहरू निम्नानुसार छन्:
- स्तन क्यान्सर
- पाठेघरको मुखको क्यान्सर
- डिम्बग्रन्थीको क्यान्सर
- लिङ्गको क्यान्सर
- प्रोस्टेट क्यान्सर
- पाठेघरको क्यान्सर
- अण्डकोषको क्यान्सर
- योनिको क्यान्सर
कार्यात्मक समस्याहरूको उदाहरणहरू
[सम्पादन गर्नुहोस्]प्रजनन प्रणालीको कार्यात्मक समस्याहरूको उदाहरणहरू निम्नानुसार छन्:
- नपुंसकता - पुरुषको लिङ्ग उत्तेजित हुन गर्न वा यौन सम्पर्क गर्न असमर्थता।
- हाइपोगोनाडिज्म - हार्मोन वा गेमेट उत्पादनको सम्बन्धमा गोनाडहरूको कार्यको अभाव।
- एक्टोपिक गर्भावस्था - जब निषेचित डिम्ब पाठेघरको भित्ता बाहेक अन्य कुनै पनि तन्तुमा प्रत्यारोपण गरिन्छ।
- महिला यौन उत्तेजना विकार - यौन गतिविधिको क्रममा महिलाहरूमा कम उत्तेजना वा उत्तेजना नहुने अवस्था।
- समयपूर्व स्खलन - स्खलनमा नियन्त्रणको नहुने।
- डिस्मेनोरिया - यो महिनावारीको समयमा हुने दुखाइको एक अवस्था हो जसले दैनिक गतिविधिहरूमा बाधा पुर्याउँछ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Venkatesh, Samvida S.; Ferreira, Teresa; Benonisdottir, Stefania; Rahmioglu, Nilufer; Becker, Christian M.; Granne, Ingrid; Zondervan, Krina T.; Holmes, Michael V.; Lindgren, Cecilia M.; Wittemans, Laura B. L. (२०२२ सेप्टेम्बर २), "Correction: Obesity and risk of female reproductive conditions: A Mendelian randomisation study", PLOS Medicine (अङ्ग्रेजीमा) 19 (9): e1004095, आइएसएसएन 1549-1676, डिओआई:10.1371/journal.pmed.1004095, पिएमआइडी 36054878, पिएमसी 9439702।
- ↑ Mercuri, Natalie D.; Cox, Brian J. (२०२२-१२-१३), "The need for more research into reproductive health and disease", eLife 11: e75061, आइएसएसएन 2050-084X, डिओआई:10.7554/eLife.75061, पिएमआइडी 36511240, पिएमसी 9771341।