प्रजनन श्रम


प्रजनन श्रम वा काममा घरेलु कार्यहरू जस्तैः सरसफाइ, खाना पकाउने, बाल हेरचाह र असङ्ख्य घरेलु गैर-भुक्तान श्रमहरू समावेश हुन्छन्।[१]विशेषगरी महिलाहरूलाई घरेलु काममा सीमित गराउन ध्यान आकर्षित गर्ने प्रजनन श्रम शब्दले नारीवादी दर्शन र संवादमा भूमिका खेलेको पाइन्छ। यस्ता श्रमहरू प्रजननात्मक हुनुका साथै पुँजीवादी प्रणालीमा भुक्तानी र मान्यता दुवै प्राप्त हुँदैनन्।[२] यी सिद्धान्तहरू सन् १९७० को दशकमा महिलाहरूको रोजगार क्षेत्रमा प्रवेशसँग सम्बन्धित इतिहासका समानान्तर रूपसँगै विकास हुँदै आएको पाइन्छ। प्रजनन श्रमलाई विश्लेषण गर्ने हो भने महिलाहरू मुख्यधाराको उद्योगमा समावेश हुनु भन्दा पहिले नै श्रम बजारको अंश रहँदै आएका भन्ने अन्तरविषयक दृष्टिकोण प्रदान गरी मान्यता दिएको पाइन्छ। जर्ज क्याफेन्जिस जस्ता केही मार्क्सवादी मानवशास्त्री र अर्थशास्त्रीहरूले सुझाव दिए अनुसार उत्पादक श्रमले श्रम शक्ति बढाएर मूल्य सिर्जना गरेजसरी प्रजनन श्रमले मूल्य सिर्जना गर्दछ।[३] सरसफाइ गर्ने, खाना बनाउने, बाल हेरचाह गरी तलब पाउँने घरेलु श्रमसँग सम्बन्धित प्रजनन श्रमको अवधारणा कानुनी व्यवस्था हुनु अघि नै लेखाइ र इतिहासमा छलफल तथा उल्लेख गरिएको पाइन्छ जसमा भर्जिनिया उल्फको "अ रुम अफ ओन्स ओन" जस्ता कृतिहरू समावेश छन्।[४][५]
मार्गरेट बेन्स्टन र पेगी मोर्टन जस्ता मार्क्सवादी नारीवादीहरूले उत्पादक र गैर उत्पादन श्रमबीचको विभाजनलाई जोड दिएका छन्।[६] यी सिद्धान्तहरू अनुसार उत्पादक श्रमले पुँजीवादी प्रणालीमा मौद्रिक मूल्य भएको वस्तु वा सेवा उत्पादन गर्दछ र सोही उत्पादनले उत्पादकहरूलाई आय आर्जनको रूपमा आर्थिक लाभ प्राप्त हुन्छ। त्यसको विपरीत प्रजननात्मक श्रम निजी क्षेत्रसँग सम्बन्धित हुन्छ जसमा मानिसहरूले आफ्नो लागि गर्नुपर्ने कामहरू जस्तै सरसफाइ, खाना पकाउने, बच्चा जन्माउने समावेश हुन्छन् जुन आर्थिक लाभ प्राप्तिका लागि गरिएको हुँदैन। यी दुवै प्रकारका श्रम आवश्यक भएतापनि मानिसहरूलाई आफ्नो पहिचानका केही पक्षहरूमा आधारित रहेर यस्ता श्रमका प्रकारमा पहुँच फरकफरक हुन्छन् भन्ने तर्क यी व्याख्यानहरूमा समावेश छन्। यी सिद्धान्तहरूले दावी गरेअनुसार सार्वजनिक र निजी संस्थाहरूले कामदार वर्गको समर्थनका लागि सस्तो विधिको रूपमा महिला श्रमको प्रयोग गर्दछन्। उत्पादकहरूको लागि, यसको अर्थ बढी नाफा हो। एकल परिवारको हकमा घरेलु काम विशेषरूपमा घरकी महिलाले गरिएको देखिन्छ जसले अन्य सदस्यहरूलाई उनीहरूको आवश्यक प्रजनन श्रमबाट मुक्ति दिलाउँछ।[७] उत्पादक श्रमबाट महिलाहरूको बहिष्करणले निजी र सार्वजनिक दुवै क्षेत्रमा पुरुषको नियन्त्रणलाई बढाएको भनी मार्क्सवादी नारीवादीहरूले दाबी गर्दै आएका छन्।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Duffy, Mignon (२०१३), "Reproductive Labor", in Smith, Vicki, Sociology of Work: An Encyclopedia, Thousand Oaks, CA: Sage Publications, पृ: 1213ff, आइएसबिएन 978-1-5063-2093-9, डिओआई:10.4135/9781452276199.n260।
- ↑ P., Burggraf, Shirley (१९९९), The feminine economy and economic man : reviving the role of family in the post-industrial age, Perseus Books, ओसिएलसी 1034666786।
- ↑ Caffentzis, George (२०१३), "On the Notion of a Crisis of Social Reproduction", In Letters of Blood and Fire: Work, Machines, and the Crisis of Capitalism, Oakland, CA: PM Press, पृ: 268–72।
- ↑ "A Room of One's Own: Chapter 1", SparkNotes (अङ्ग्रेजीमा)।
- ↑ Burggraf, Shirley (१९९७), The Feminine Economy and Economic Man (Englishमा) (1st संस्करण), Reading, Massachusetts: Addison-Wesley, पृ: 69–71, आइएसबिएन 978-0738200361।
- ↑ Lise Vogel (२०१३), Marxism and the Oppression of Women: Toward a Unitary Theory, Brill, पृ: 17–, आइएसबिएन 978-90-04-24895-3।
- ↑ Hartmann, H. (1981) "The Unhappy Marriage of Marxism and Feminism: Towards a More Progressive Union." Feminist Theory Reader, 187–199.