प्रजनन (फर्टिलिटी)

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

प्रजनन (Fertility)ले सामान्यतय बच्चा जन्माउने कार्यलाई बुझाउछ। जनसाङ्ख्यिकमा प्रजनन कुनै व्यक्ति, दम्पत्ति वा महिलाको समूहले जीवित बच्चा जन्माउने उपलब्धि हो। कतिपय अवस्थामा प्रजनन(Fertility)र उर्वरता (Fecundity)लाइ पर्यायवाची शब्दको रूपमा प्रयोग गर्न खोजिएको हुन्छ तर यी दुइ शब्द प्रजनन र उर्वरता(Fertility and Fecundity) सुन्दा उस्तै लागेतापनि यीनीहरूबिच आधारभुत भिन्नता छ। प्रजनन ब्यक्तिले जिवित बच्चा जन्माउने प्रक्रिया हो(Fertility refers to the childbearing performance of individuals, couples,groups or population) भने उर्वरता जिवित बच्चा जन्माउन सक्ने ब्यक्तिको जैबिक क्षमता हो।(Fecundity refers to the physiological capacity of man, woman or couples to produce live birth) प्रजनन जैविक प्रक्रिया हो। बच्चा जन्माउनका लागि महिला र पुरुष दुबै शारीरिक रूपमा सक्षम हुनै पर्छ। प्रजनन(fertility)सन्तानोत्पादन क्षमता वा उर्वरता(fecundity)मा निर्भर हुन्छ। प्रजनन(Fertility) जिवित जन्मका आधारमा मापन गर्न सकिन्छ भने उर्वरता (Fecundity) राशायनिक जाँचबाट मात्र मापन गर्न सकिन्छ।


सन्दर्भ सामाग्री[सम्पादन गर्ने]