सामग्रीमा जानुहोस्

प्रजापति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तामिलनाडुको एक मूर्ति, जहाँ प्रजापतिको रूपमा ब्रह्मालाई ब्रह्माकै प्रतिमाशास्त्रीय विशेषताहरूका साथ देखाइएको छ।

प्रजापति (अर्थ: 'प्रजाहरूका स्वामी') हिन्दु धर्मका एक वैदिक देवता हुन्। उनलाई पछि सृष्टिकर्ता देवता ब्रह्मासँग एकाकार गरिएको छ।[][][]

प्रजापति सृष्टिकर्ता देवता ब्रह्माकै एक स्वरूप हुन् तर विभिन्न हिन्दु धर्मग्रन्थहरूमा यो नाम धेरै फरक-फरक देवताहरूका लागि पनि प्रयोग गरिएको छ। विविध हिन्दु ब्रह्माण्ड विज्ञानका कारण प्रजापति शब्दले सृष्टिकर्ता ब्रह्मादेखि लिएर विश्वकर्मा, अग्नि, इन्द्र, दक्ष र अन्य धेरै देवताहरूलाई जनाउँछ।[][] शास्त्रीय र मध्यकालीन युगको साहित्यमा, प्रजापतिलाई 'प्रजापति-ब्रह्म' भनिने एक आध्यात्मिक अवधारणा ब्रह्मको रूपमा मानिएको छ जहाँ ब्रह्मलाई प्रजापति बनाउने आदिम तत्वको रूपमा लिइन्छ।[][]

व्युत्पत्ति

[सम्पादन गर्नुहोस्]

प्रजापति दुई शब्दहरू "प्रजा" (सृष्टि, प्रजनन शक्ति) र "पति" (स्वामी, मालिक) मिलेर बनेको एक सामासिक शब्द हो।[] यस शब्दको अर्थ "प्राणीहरूका स्वामी",[][] वा "सबै जन्मिएका प्राणीहरूका मालिक" भन्ने हुन्छ।[] पछिल्ला वैदिक ग्रन्थहरूमा, प्रजापति एक विशिष्ट वैदिक देवताका रूपमा देखिन्छन् तर कालान्तरमा उनको महत्त्व घट्दै गएको पाइन्छ।[] पछि, यो शब्द अन्य देवताहरू, विशेषगरी ब्रह्माको पर्यायवाची बन्न पुगेको थियो।[][] यो शब्दले कुनै पनि नयाँ सृष्टि गर्ने दिव्य, अर्ध-दिव्य वा मानव ऋषिहरूलाई बुझाउन प्रयोग हुन्छ।[][][]

ओडिसाको बाणपुरस्थित दक्ष प्रजापति मन्दिरमा प्रजापतिको रूपमा ब्रह्माको मूर्ति
"प्रजापतिको रचनात्मक गतिविधिहरू चित्रण गर्ने एक प्रयास"

प्रजापतिको उत्पत्ति स्पष्ट छैन। उनी वैदिक ग्रन्थहरूको पछिल्लो तहमा देखा पर्छन् र उनलाई उल्लेख गर्ने सूक्तहरूले विभिन्न अध्यायहरूमा फरक-फरक ब्रह्माण्ड सम्बन्धि सिद्धान्तहरू प्रस्तुत गर्दछन्।[] जेन गोन्डाका अनुसार, उनी वैदिक साहित्यको संहिता तहमा अनुपस्थित छन् र उनको अवधारणा ब्राह्मण तहमा विकसित भएको हो।[] प्रजापति सवितृ भन्दा कान्छा देवता हुन् र यो शब्द मूलतः सूर्यका लागि प्रयोग गरिने एक विशेषण थियो।[१०] ब्राह्मण ग्रन्थहरूमा उत्कर्षमा पुगेपछि वेदहरूमा उनको स्थान बिस्तारै माथि उठ्दै गएको देखिन्छ।[] रेनु, किथ र भट्टाचार्यजी जस्ता विद्वानहरूका अनुसार, प्रजापतिको उत्पत्ति पछिल्लो वैदिक वातावरणमा एक अमूर्त वा अर्ध-अमूर्त देवताको रूपमा भएको हो, जब दार्शनिक चिन्तनहरू पुरातन शैलीबाट बढी प्राज्ञिक चिन्तनतर्फ विकसित हुँदै गएका थिए।[१०]

समान देवताहरू

[सम्पादन गर्नुहोस्]

प्रजापति (र हिन्दु पौराणिक कथाका सम्बन्धित पात्रहरू) र युनानी-रोमन पौराणिक कथाका 'फ्यानेस', जसलाई 'प्रोटोकोनस' (युनानी: Πρωτογόνος, शाब्दिक अर्थ: "प्रथम जन्मिएको") पनि भनिन्छ, बीच समानता प्रस्ताव गरिएको छ:[११][१२]

फ्यानेस धेरै हिसाबले हिन्दु भगवान ब्रह्माको प्रजापति स्वरूपको युनानी-रोमन पौराणिक समकक्ष हुन्: उनी ब्रह्माण्डीय अण्डा (हिरण्यगर्भ) बाट जन्मिएका पहिलो देवता हुन्, उनी ब्रह्माण्डका सृष्टिकर्ता हुन्, र फ्यानेसको स्वरूपमा— उपासकहरू उनको जन्म, मृत्यु, पुनर्जन्म र पुनःमृत्युमा सहभागी हुन्छन्।

केट अल्सब्रुक, द बिगिनिथ अफ टाइम: हिन्दु ग्रिको रोमन थियोगोनिज एन्ड पोइटिक्स[१२]

रोबर्ट ग्रेभ्सका अनुसार, 'प्रजापति' (सन्तानका अधिपति) को नाम व्युत्पत्तिगत रूपमा कोलोफनका भविष्यवक्ता देवता फ्यानेस (म्याक्रोबियसका अनुसार), अर्थात् 'प्रोटोकोनस' सँग समान छ।[१३] डेभिड लिमिङका अनुसार, प्रजापति र फ्यानेससँग जोडिएको ब्रह्माण्डीय अण्डाको अवधारणा संसारका धेरै भागहरूमा साझा छ, जुन पछि ग्रीस र रोममा युनान-रोमन उपासनाको रूपमा देखा पर्दछ।[१४]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 3 4 5 उद्दरण त्रुटी: अवैध <ref>चिनो; "Dalal2010p311" नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  2. 1 2 3 4 5 उद्दरण त्रुटी: अवैध <ref>चिनो; "Williams2008p234" नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  3. 1 2 3 James G. Lochtefeld (२००२), The Illustrated Encyclopedia of Hinduism: N-Z, The Rosen Publishing Group, पृ: 518–519, आइएसबिएन 978-0-8239-3180-4
  4. Sukumari Bhattacharji (२००७), The Indian Theogony, Cambridge University Press, पृ: 322–323, 337, 338, 341–342।
  5. "Prajapati, Prajāpati, Prajāpatī, Praja-pati: 30 definitions", २८ सेप्टेम्बर २०१०।
  6. Jan Gonda (1982), [[suspicious link removed] The Popular Prajāpati] अभिलेखिकरण १५ फेब्रुअरी २०२० वेब्याक मेसिन, History of Religions, Vol. 22, No. 2 (Nov., 1982), University of Chicago Press, pp. 137-141
  7. उद्दरण त्रुटी: अवैध <ref>चिनो; "JonesRyan2006p332" नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  8. James G. Lochtefeld (२००२), The Illustrated Encyclopedia of Hinduism: N-Z, The Rosen Publishing Group, पृ: 169, 518–519, आइएसबिएन 978-0-8239-3180-4
  9. 1 2 Jan Gonda (१९८६), Prajāpatiʼs rise to higher rank, BRILL Academic, पृ: 2–5, आइएसबिएन 90-04-07734-0
  10. 1 2 Jan Gonda (1982), [[suspicious link removed] The Popular Prajāpati] अभिलेखिकरण १५ फेब्रुअरी २०२० वेब्याक मेसिन, History of Religions, Vol. 22, No. 2 (Nov., 1982), University of Chicago Press, pp. 129-130
  11. Martin West, Early Greek Philosophy and the Orient. Oxford, Clarendon Press, 1971: 28-34
  12. 1 2 Kate Alsobrook (2008), "The Beginning of Time: Vedic and Orphic Theogonies and Poetics". M.A. Thesis, Reviewers: James Sickinger, Kathleen Erndl, John Marincola and Svetla Slaveva-Griffin, Florida State University, pages 20, 1-5, 24-25, 40-44
  13. "Protogonos Greek First Born From Prajapati Hinduism", Ramanisblog (अङ्ग्रेजीमा), २०२०-०८-१२, अन्तिम पहुँच २०२४-११-२४
  14. David Adams Leeming (२०१०), Creation Myths of the World: An Encyclopedia, ABC-CLIO, पृ: 313–314, आइएसबिएन 978-1-59884-174-9