प्रतिषेध
Jump to navigation
Jump to search
यस लेख अथवा भागको कार्य विस्तार अथवा सुधार भइरहेको छ। यसलाई बनाउन अथवा सम्पादन गर्नमा तपाईँको कुनै पनि सहयोगलाई स्वागत छ। यदि यस पृष्ठलाई धेरै दिन देखि सम्पादन गरिएको छैन भने, कृपया यो चिनो हटाउनुहोला। यो लेखलाई अन्तिम सम्पादन Bishaldev100 (वार्ता • योगदान) द्वारा (११ महिना पहिले) गरिएको थियो। (शुद्धीकरण) |
प्रतिषेध (अङ्ग्रेजी : writ of prohibition) भनेको न्यायिक वा अर्धन्यायिक निकायले अधिकार क्षेत्रभन्दा बढी अधिकार प्रयोग गरी वा कानुन नाघेर कुनै काम कारवाही गर्न लागेमा त्यस्तो नगर्नु भनी माथिल्लो न्यायिक निकायले दिने आदेश हो । यसले सार्वजनिक पद धारण गर्ने अधिकारी वा निकायले कारणवश गैरकानुनी निर्णय गर्न लागेमा त्यस्तो गर्नबाट रोक्छ । सरल अर्थमा प्रतिषेध जारी गरेर गैरकानुनी काम हुनबाट रोक्न सकिन्छ । प्रतिषेधको आदेश स्थायी प्रकारको हुन्छ ।