प्रथम महिला



प्रथम महिला विशेषगरी राष्ट्रपतीय गणतन्त्रात्मक राज्यहरूका राष्ट्रप्रमुखको श्रीमतीलाई प्रधान गरिने एक सम्मानजनक उपाधि हो।[१] यो विश्वका केही निश्चित देशका निर्वाचित राष्ट्रप्रमुखहरूको श्रीमतीलाई दिइने उपाधि पनि हो। यो उपाधिलाई ती महिलाहरूले अलिखित रूपमा प्रचार माध्यमसहित जनताका बीचमा ग्रहण गर्दै प्रयोग गर्दछिन्। अविवाहित वा विधवा पदाधिकारीहरूका लागि पनि यो शब्द प्रयोग गरिएको पाइन्छ। यो उपाधि नगरप्रमुख, राज्यपाल, लगायतका उच्चपदस्थ अधिकारीहरूको श्रीमतीका लागि पनि प्रयोग गर्न सकिन्छ। पुरुषहरूका लागि भने यसको लिङ्ग भिन्नताका कारणले प्रथम पुरुष उपाधि प्रदान गरिन्छ।
अङ्ग्रेजी भाषा बोल्ने विश्वका देशहरू मध्ये यो शब्द मुख्य रूपमा संयुक्त राज्यसँग सम्बन्धित छ तर यो उपाधि केही राष्ट्रमण्डल देशहरूमा सरकार प्रमुखको श्रीमतीको सन्दर्भमा पनि प्रयोग गरिएको छ।[२][३][४][५] धेरै जसो अवस्थामा प्रथम महिलाको भूमिकाको परम्परागत जिम्मेवारी र सामाजिक कार्य रानीको भूमिकासँग मिल्दोजुल्दो छ। संयुक्त राज्य बाहिर यो भूमिका रहेका महिलाहरू प्रायः ल्याटिन अमेरिकी देशहरूमा भेटिन्छन्।[६][७] प्रथम महिला शब्दले पेशामा वा कलामा सबैभन्दा माथि रहेको महिला व्यक्ति भनेर वर्णन गर्न पनि प्रयोग गरिएको छ भने कहिलेकाहीँ यो संयुक्त राज्यका केही इसाई मण्डलीका पादरीहरूका श्रीमतीको लागि पनि प्रयोग आउन सक्छ।[८]
उत्पत्ति
[सम्पादन गर्नुहोस्]
सन् १८४० मा अमेरिकाबाट प्रथम महिला पदको उत्पत्ति भएको मानिन्छ। अमेरिकाका तत्कालीन राष्ट्रपति ज्याकरी टेलरकी श्रीमती डली मेडिसन थिइन्। प्रिय श्रीमतीको मृत्युमा राष्ट्रिय शोक व्यक्त गर्नको बेला उनले स्वलेखित र उच्च प्रशंसा गरिएको कवितामा प्रथम महिलाको रूपमा मेडिसनलाई व्यक्त गरेका थिए।[९] सुरुवाती समयमा राष्ट्रपतिको श्रीमतीलाई नियमित र स्वीकार्य कुनै पनि पद दिइने गरिएको थिएन। त्यतिबेला धेरै प्रथम महिलाहरूले उनीहरूको आफ्नै क्षमता र योग्यताको आधारमा विभिन्न तरिकामा शीर्षक र उपाधि प्रयोग गर्न पाउने गर्थे। तीमध्ये लेडी वा क्विन अफ द ह्वाइट हाउस जस्ता उपाधिहरू चलनमा थियो जसलाई रानीको जस्तो उपाधिको रूपमा हेरिन्थ्यो।
पहिले अन्य कुनै महिलाले प्रथम महिलाको पदवी पाउने हक राख्दथे तीमध्ये राष्ट्रपतिकी छोरीले उनकी आमाको अनिच्छाका कारण वा असमर्थताको कारणले रिक्त स्थान भर्न वैकल्पिक रूपमा प्रथम महिलाको जिम्मेदारी लिनु पर्दथ्यो भने यदि राष्ट्रपति अविवाहित वा विदुर भएको खण्डमा ह्वाइट हाउसमा बसिरहेका अन्य कुनै महिला यो जिम्मेवारी लिने गर्दथे। हाल, विश्वको शक्तिशाली राष्ट्रहरू मध्ये एक अमेरिकाका ४५औँ राष्ट्रपति डोनाल्ड ट्रम्पकी श्रीमती मेलानिया ट्रम्पले व्यापक रूपमा चर्चित र उत्साहका साथ प्रथम महिलाको पदवीमा विराजमान छिन्। अमेरिकी मिडिया र समाचार माध्यमहरूले प्रायः अन्य देशका राजनीतिक प्रमुखहरूको श्रीमतीलाई प्रथम महिलाको रूपमा उल्लेख गर्ने गरेतापनि कुनै देशमा राष्ट्रपतिको श्रीमतीको विशेष उपाधि भएमा यस नियममा भिन्नता देखा पर्दछ।[१०]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ First Lady, Merriam-Webster Dictionary, retrieved December 30, 2014
- ↑ McGuirk, Rod (मे २, २०१८), "Australian first lady 'flattered' by 'delicious' description", Associated Press, अन्तिम पहुँच सेप्टेम्बर २०, २०२१।
- ↑ Visentin, Lisa (अगस्ट २६, २०१८), "Jenny Morrison, Australia's new first lady", The Sydney Morning Herald, अन्तिम पहुँच सेप्टेम्बर २०, २०२१।
- ↑ "Step forward Fionnuala -- Taoiseach's wife and his perfect partner as he runs country - Herald.ie"।
- ↑ Lin, Yijun (सेप्टेम्बर १९, २०२१), "【第一配偶】最會賺錢第一夫人:何晶將從新加坡淡馬錫退休 年薪至今仍是謎", United Daily News (चिनियाँमा), अन्तिम पहुँच सेप्टेम्बर २७, २०२१।
- ↑ First Lady, Collins English Dictionary, retrieved December 30, 2014
- ↑ First Lady, Oxford Dictionaries, retrieved December 30, 2014
- ↑ Banks, Adelle M. (१० फेब्रुअरी २००७), "Pastors' Wives Move Beyond The Front Pew" (अङ्ग्रेजीमा), The Washington Post, अन्तिम पहुँच १ अक्टोबर २०२४।
- ↑ "The Story Behind 'First person'", Merriam-Webster, अन्तिम पहुँच सेप्टेम्बर २४, २०२१।
- ↑ "Dolley Madison"। National First Ladies Library। सङ्ग्रह मिति २००७-०४-२९।