सामग्रीमा जानुहोस्

प्रदीप बस्याल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्रदीप बस्याल (अङ्ग्रेजी: Pradeep Bashyal) (जन्म: २०४८ असोज २७) नेपाली पत्रकार तथा लेखक हुन्।[] हाल उनी बीबीसी नेपाली सेवामा काम गर्छन्।[] उनको पहिलो पुस्तक शेर्पा: स्टोरीज अफ लाइफ एण्ड डेथ फ्रम द फर्गटन गार्डियन्स अफ एभरेस्ट यूकेको प्रतिष्ठित ‘बोर्डमन टास्कर अवार्ड फर माउन्टेन लिटरेचर’ मा सर्टलिस्ट भएको थियो।[] नेपाल सरकारले उनलाई २०८२ सालमा प्रतिष्ठित तेन्जिङ–हिलारी पुरस्कारबाट सम्मानित गरेको थियो।[] विसं २०८१ मा अनलाइनखबरले बस्याललाई उक्त वर्षको नेपालका ४० वर्ष मुनिका ४० प्रभावशाली युवाहरूको सूचीमा समेटेको थियो।[] उनी नेपाल म्यागेजिन का संस्थापक डिजिटल सम्पादक हुन्।[] उनका समाचार द वासिङ्टन पोस्ट, बजफिड न्यूज, एसियन जियोग्राफिक, द डिप्लोम्याट लगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित भएका छन्।[][][]

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]