प्रदेश नं. २ प्रदेशसभा निर्वाचन, २०७४

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
प्रदेश नं. २ प्रदेशसभा निर्वाचन, २०७४
State No. 2 provincial election, 2017
नेपाल
मङ्सिर १०
मङ्सिर २१, २०७४
२०२२ →

प्रदेश नं. २ प्रदेश सभाको सम्पूर्ण १०७ सिट[१]
बहुमतको लागि ५४ सिट[२]
दर्ता२७,६७,३६९[३]
 
पार्टी ससफो, नेपाल राजपा काँग्रेस



प्रदेश नं. २ प्रदेशसभा निर्वाचनको १०७ सदस्य चयनको लागि एक चरणमा २०७४ मङ्सिर २१ मा मतदान सम्पन्न भएको हो ।[४][५]यस प्रदेशको मुख्यमन्त्री बन्नका लागि यस निर्वाचनमा सो उम्मेदवारले ५४ सदस्यहरूको समर्थन प्राप्त गर्नुपर्नेछ । निर्वाचन आयोग नेपालका अनुसार यस निर्वाचनमा मतदान गर्न योग्य मतदाताको सङ्ख्या २७ लाख ६७ हजार ३ सय ६९ रहेको जनाएको छ ।


पृष्ठभूमि[सम्पादन गर्ने]

आयोजन[सम्पादन गर्ने]

खर्च सीमा[सम्पादन गर्ने]

प्रदेशसभा निर्वाचनको लागि एक उम्मेदवारले अधिकतम १५ लाख खर्च गर्न पाउने सीमा निर्वाचन आयोगले तोकेको हो । यस अन्तर्गत उम्मेदवारले सवारीसाधन प्रयोग गर्नका लागि ३ लाख, प्रचारप्रसार सामग्रीको लागि ६० हजार, ढुवानीका लागि ४५ हजार, गोष्ठी तथा अन्तरक्रियाका लागि ४ लाख ८० हजार, अन्य प्रचार प्रसार/ छापा तथा विद्युतीय माध्यमको लागि ६० हजार, कार्यलय सञ्चालनका लागि३५ लाख, प्रतिनिधि परिचालनका लागि १ लाख २० हजार तथा विविध खर्चका लागि ७३ हजार २ सय तोकेको छ ।[६]

निर्वाचन कार्यक्रम[सम्पादन गर्ने]

वि.सं. २०७४ भदौ १५ गते मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगबाट प्राप्त सुझावका आधारमा प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन २०७४ मङ्सिर १० र मङ्सिर २१ गते हुने गरी दुई चरणमा गर्ने निर्णय गरेको हो ।[७]पहिलो चरण अन्तर्गत ३२ हिमाली जिल्लामा निर्वाचन हुनेछ भने दोस्रो चरणमा ४५ जिल्लामा निर्वाचन सम्पन्न गरिने निर्णय आयोगले गरेको हो ।[८][९]प्रदेश नं. २ को ८ जिल्लाहरूमा दोस्रो चरण अन्तर्गत निर्वाचन सम्पन्न भएको हो ।


निर्वाचन प्रणाली[सम्पादन गर्ने]

प्रदेश नं. २ को प्रदेश सभाका १०६ सदस्यहरूको चयन दुई तरिकाले गरिनेछ; ६४ सदस्यको चयन एकल-मतदान निर्वाचन क्षेत्रबाट पहिलो मतदान गरेर र बाँकी ४३ सदस्यको चयन एक प्रदेशव्यापी निर्वाचन क्षेत्रबाट बन्द सूचीको सामानुपातिक प्रतिनिधित्वद्वारा गरिनेछ ।[११] प्रत्येक मतदाताले दुईवटा विधिहरूको लागि छुट्टाछुट्टै मतपत्र पाउनेछन् । सामानुपातिक तर्फ कुनै पनि एक पार्टी वा निर्वाचन गठबन्धनले एउटा सिट छुट्याउन समग्र वैध मतदानको ३% मत पाउनु पर्ने व्यस्था गरिएको छ ।[१२]

नतिजाहरू[सम्पादन गर्ने]

राजनीतिक दल निर्वाचन चिन्ह प्रत्यक्ष सामानुपातिक कूल
सिट
मत % सिट मत % सिट
सङ्घीय समाजवादी फोरम Samajbadiforum.svg 19 10 29
राष्ट्रिय जनता पार्टी नेपाल Rajapa.svg 15 10 25
नेपाली काङ्ग्रेस Nepali Congress Election Symbol.png 8 11 19
नेकपा (एमाले) CPN UML electoral symbol 2074.svg 14 7 21
नेकपा (माके) Election logo Maoist.jpg 6 5 11
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल RPP Electoral Symbol.png 0
विवेकशील साझा Bsp.svg 0
नेकपा (माले) CPN-ML.png 0
नेपाल मजदुर किसान पार्टी Nwpeasantsparty.svg
राष्ट्रिय जनमोर्चा Rastriyajana.svg
नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) Cpnunited.svg
नेपाल परिवार दल Pariwaldal.svg
नयाँ शक्ति पार्टी Election-Sign-Of-Naya-Shakti-Nepal.svg
अखण्ड नेपाल पार्टी
नेपाली जनता दल Nepalijanatadal.svg
खुम्बुवान राष्ट्रिय मोर्चा, नेपाल
बहुजन शक्ति पार्टी
राष्ट्रिय जनमुक्ति पार्टी
कूल ६४ ४३ १०७

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. सुवेदी, ईश्वरी, "प्रादेशिक मन्त्रिपरिषद्को आकार असन्तुलित" (नेपालीमा), अन्तिम पहुँच २०१७-१२-११ 
  2. "यसरी बन्ने छ नेपालमा पहिलो पटक प्रदेश सरकार", http://hamrakura.com/ (नेपालीमा), अन्तिम पहुँच २०१७-१२-११ 
  3. "प्रतिनिधिसभा र प्रदेशसभा चुनावः कुन जिल्लामा कति मतदाता ? (तथ्यांकसहित)" (नेपालीमा), अन्तिम पहुँच २०१७-१२-११ 
  4. "Govt decides to hold provincial, parliamentary polls in two phases", The Himalayan Times, International Media Network Nepal (Pvt) Ltd, अन्तिम पहुँच ३१ अगस्ट २०१७ 
  5. "प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन", सेतोपाटी, अन्तिम पहुँच १६ भदौ २०७४ 
  6. "प्रतिनिधि सभा र प्रदेशमा उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?" (नेपालीमा), अन्तिम पहुँच २०१७-१२-०७ 
  7. "प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर १० र २१ मा", annapurnapost.com (नेपालीमा), अन्तिम पहुँच २०१७-१२-०७ 
  8. "प्रतिनिधि र प्रदेश सभा सदस्यमा जम्मा ४१ जना महिला उम्मेदवार" (नेपालीमा), २०१७-१०-२४, अन्तिम पहुँच २०१७-१२-०७ 
  9. "दोस्रो चरणको प्रदेश र प्रतिनिधि सभा निर्वाचनको ३ सय ८४ सिटका लागि झन्डै ५ हजारको उम्मेदवारी" (नेपालीमा), २०१७-११-०३, अन्तिम पहुँच २०१७-१२-०७ 
  10. "निर्वाचन कार्यक्रम" (pdf), १५ भदौ २०७४, अन्तिम पहुँच २१ मङ्सिर २०७४ 
  11. Article 84 Constitution of Nepal
  12. Kafle, Narayn (५ सेप्टेम्बर २०१७), "स‌ंसद् र प्रदेशको निर्वाचन विधेयक पारित", Gorkhapatra (Gorkhapatra Sansthan), अन्तिम पहुँच ६ सेप्टेम्बर २०१७ 

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]