प्रद्युम्न
| प्रद्युम्न | |
|---|---|
प्रद्युम्न (दायाँ) र दैत्य शम्बर बीचको युद्ध दर्शाउने १८औँ शताब्दीको पहाडी चित्रकला | |
| आबद्ध | वैष्णव धर्म, कामदेव |
| वासस्थान | द्वारका |
| धर्मग्रन्थहरू | महाभारत, श्रीमद्भागवत् पुराण, हरिवंश |
| वंशावली | |
| अभिभावकहरू | |
| जीवनसाथी | मायावती रुक्मवती प्रभावती[१] |
| सन्तानहरू | अनिरुद्ध |
| वंश | यदुवंश |

प्रद्युम्न (अर्थ; अत्याधिक शक्तिशाली) [२] हिन्दु धर्मग्रन्थहरूमा उल्लिखित एक पौराणिक पात्र हुन् जसलाई भगवान कृष्ण र उनकी श्रीमती रुक्मिणीका ज्येष्ठ पुत्रको रूपमा प्रस्तुत गरिएको छ।[३] उनलाई विष्णुका चार व्यूह अवतारहरू मध्ये एक मानिन्छ। भागवत पुराणका अनुसार, प्रद्युम्न प्रेमका देवता कामदेवका पुनर्जन्म मानिन्छन्। महाभारतमा उल्लेख भए अनुसार प्रद्युम्न सनत्कुमारका अंश हुन्।[४]प्रद्युम्न हिन्दु भगवान विष्णुको अर्को नाम पनि हो जसलाई २४ केशव नामहरू मध्ये एकको रूपमा उल्लेख गरिएको छ। हरिवंश पुराणमा चतुर्व्यूहको वर्णन गरिएको छ जसमा वृष्णि वीरहरू वसुदेव,सङ्कर्षण, प्रद्युम्न र अनिरुद्ध पर्दछन्। यही अवधारणा पछि वैष्णव सम्प्रदायको प्राथमिक चतुर्भुज विस्तार वा अवतारको आधार बनेको थियो।
जन्म र प्रारम्भिक जीवन
[सम्पादन]प्रद्युम्न कृष्णका पुत्र र आदिनारायणका ६१औँ पनाति हुन्छन्। उनकी माता रुक्मिणी हुन् जसलाई कृष्णले उनको स्वयम्वरको समयमा उनको अनुरोधमा विदर्भबाट भगाएर ल्याएका थिए। प्रद्युम्नको जन्म द्वारकामा भएको र उनी कामदेवका पुनर्जन्म मानिन्छन् जसलाई शिवको क्रोधले भष्म गरिदिएको हुन्छ।
भागवत पुराणका अनुसार, प्रद्युम्न जन्मेको १० दिनभित्रै उनलाई शम्बर नामको असुरले अपहरण गरेको हेन्छ। प्रद्युम्नलाई आफ्नो शत्रु ठानेर असुरले उनलाई समुद्रमा फालिदिएको हुन्छ। त्यस शिशुलाई एउटा ठूलो माछाले निल्यो जसलाई पछि माझीहरूले समातेर शम्बरलाई उपहार स्वरूप दिएका थिए। शम्बरका भान्सेहरूले माछा काट्दा त्यसभित्र जीवित बच्चा फेला पर्छ। सो बच्चा मायावतीलाई दिइयो जो रतिको पार्थिव अवतार हुन्। कृष्णका पुत्रलाई आफ्नो दिव्य श्रीमनको रूपमा चिन्न सफल भएपछि रति उनीसँग पुनः प्रेममा परिन्। जब प्रद्युम्नले आफूप्रति मायावतीको प्रेमपूर्ण व्यवहारमाथि प्रश्न उठाए, तब उनले प्रद्युम्नलाई उनको पुनर्जन्मको सबै परिस्थितिहरू व्याख्या गरिन्। उनले प्रद्युम्नलाई 'महामाया' नामक रहस्यमय विद्या प्रदान गरिन्, जसले सबै प्रकारका जादुलाई नष्ट गर्न सक्थ्यो। त्यसपछि ती युवकले असुरलाई युद्धका लागि आह्वान गर्छन् जहाँ असुरले सर्वप्रथम गदाले र त्यसपछि आफ्नो दैत्य जादुले आक्रमण गर्छन्। उनलाई हराउनका लागि गुह्यक, गन्धर्व, पिशाच र उरगहरूका सयौँ अस्त्रहरू प्रयोग गरिएतापनि तर ती सबै कृष्णका पुत्रका अगाडि असफल बन्छन्। अन्ततः आफ्नो धारिलो तरबार प्रहार गरी उनले असुरको टाउको छिनाउँछन्। आफ्नी श्रीमती सहित उनी बिजुली चम्किएको बादल झैँ द्वारकाको दरबारमा ओर्लिन्छन् भने त्यहाँका कुलीन महिलाहरूले उनको सुन्दर अनुहार र नीलो-कालो घुम्रिएको कपाल देखेर उनलाई कृष्ण नै ठानेर झुक्किन्छन्। यद्यपि, रुक्मिणीले उनलाई आफ्नै छोराको रूपमा चिनिन्। त्यसपछि भगवान कृष्ण, वसुदेव र देवकीका साथमा त्यहाँ प्रकट हुन्छन् र द्वारकावासीहरूसँग मिलेर त्यस दम्पतीलाई अङ्गालो हाल्दै खुसीयाली मनाएउन थाल्छन्।[५]
विवाह
[सम्पादन]
प्रद्युम्नकी पहिलो श्रीमती मायावती थिइन् जो कामदेवकी श्रीमती रतिकी अवतार हुन्। सुरुमा प्रद्युम्नले यस सम्बन्धमा आपत्ति जनाएका हुन्छन् तर वास्तविकता बुझेपछि उनले मायावती नै आफ्नी शाश्वत अर्धाङ्गिनी भएको महसुस गर्छन्।[६] उनले आफ्ना मामा रुक्मीकी छोरी रुक्मवतीसँग पनि विवाह गरेका हुन्छन्। रुक्मवतीबाट कृष्णका अति प्रिय नाति अनिरुद्धको जन्म हुन्छ जसलाई विष्णुको एक व्यूह अवतार पनि मानिन्छ। यसका साथै, प्रभावती नामकी एक असुर राजकुमारी प्रद्युम्नको प्रेममा परेकी थिइन् र प्रद्युम्नले उनीसँग प्रेम विवाह गरेका हुन्छन्।[७]
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ "Story of Prabhāvatī", २८ जनवरी २०१९।
- ↑ "Srimad Bhagavatam: Canto 10 - Chapter 55", bhagavata.org, अन्तिम पहुँच २०२२-०७-११।
- ↑ Books 8-12: Krishna, spirit of delight (अङ्ग्रेजीमा), Vighneswara Publishing House, १९७६, पृ: 740।
- ↑ "Srimad Bhagavatam: Canto 10 - Chapter 55"।
- ↑ "Srimad Bhagavatam: Canto 10 - Chapter 55", bhagavata.org, अन्तिम पहुँच २०२२-०७-११।
- ↑ Benton, Catherine (२००६-०६-०१), God of Desire: Tales of Kamadeva in Sanskrit Story Literature (अङ्ग्रेजीमा), SUNY Press, आइएसबिएन 978-0-7914-6566-0।
- ↑ Ph.D, Lavanya Vemsani (२०१६-०६-१३), Krishna in History, Thought, and Culture: An Encyclopedia of the Hindu Lord of Many Names: An Encyclopedia of the Hindu Lord of Many Names (अङ्ग्रेजीमा), ABC-CLIO, आइएसबिएन 978-1-61069-211-3।