प्रयोगकर्ता:अम्विका/प्रयोगस्थल
व्यावसायिक तथा सीप विकास तालीम महिला आवासीय तालीमको अवस्था र आवश्यकता
१. पृष्टभुमीः शैक्षिक, आर्थिक, सामाजिक, शारिरिक, भौगोलिक, हिसाबले पछि परेका र त्यसैका कारण हिंसा र शोषणमा परि सामाजिक बहिष्करणका सिकार भएका महिला वर्गको चेतना तथा सीप विकास गरी समाजमा आत्मसम्मानका साथ पुनःस्थापना गर्ने वातावरण वनाउन विगत लामो समय देखि नै आवश्यकता महसुस भइ विभिन्न कार्यक्रमहरु संचालनमा रहेका छन।यसै कार्यक्रम अन्तर्गत वि.सं. २०४० देखि श्रम तथा समाजकल्याण मन्त्रालयमा नारी कल्याण गृहको नाम वाट आवासीय रुपमा महिला पुनस्थापनाको काम शुरु भएको थियो।शुरुमा लक्षित वर्गका महिलाहरुलाई नारी कल्याण गृह वाट शोषणका सिकार हुन वाट वचाउ गर्न चेतना विकास र हिंसा वा शोषणका सिकार भएकालाई पुनस्थापना गर्ने काम काठमाण्डौ वाट संचालन भएको थियो। वि.सं. २०५६ मा यस कल्याण गृहलाई महिला सीप विकास तालीम केन्द्रमा परिवर्तन गरी लक्षित वर्गका महिलाहरुमा आत्मनिर्भरता विकास गरी समाजमा पुनस्थापना गर्न सीपमुलक तालीम प्रदान गर्न थालियो।वि.सं.२०५८ पछि यस कार्यक्रमलाई व्यावसायिक तथा सीप विकास तालीम केन्द्रमा स्थानान्तरण गरी आवासीय महिला सीप विकास तालीमको रुपमा संचालन गर्न शुरु गरियो।हाल आएर यो कार्यक्रम काठमाण्डौ, हेटौडा र वुटवलमा समेत संचालन गरिदै आइएको छ।अरु तालीम केन्द्रहरुमा पनि यसलाई विस्तार गरी अभियानका रुपमा संचालन गर्न आवश्यक छ।यसर्थ, काठमाण्डौ लगायतका तालीम केन्द्रहरुमा संचालित आवासीय महिला सीप विकास तालीमलाई प्रभावकारी रुपमा संचालन गर्न पूर्वाधार विकास, पाठ्यक्रम विकास, तालीम सामग्री, मेसीनरी औजार, प्रयोगशाला, आवास सुविधा, पोशाक, सरसफाई, खाना, खाजा, सकारात्मक सोचको विकास, जीवनशैली परिवर्तन, सामाजिक सुधारका उपाय, जनचेतना आदि विषयहरुमा प्रशिक्षित गर्न र प्रविधि हस्तान्तरणमा समेत निरन्तर सुधारको आवश्यकता छ। २. लक्षित समुहः १६ देखि ४० वर्ष उमेर समूहका, गर्भवती नभएका, वच्चालाई स्तनपान गराउने अवस्थामा नरहेका, स्वस्थ्य ,नेपाली नागरिकता भएका देहायका महिलालाई लक्षित समूहमा राख्ने गरिएको छ। • शैक्षिक, आर्थिक, सामाजिक, शारिरिक, भौगोलिक हिसाबले पछि परेका महिला • हिंसा र शोषणमा परि सामाजिक बहिष्करणका सिकार भएका महिला • घरेलु हिंसा पिडित, द्वन्द पिडित, विस्थापित, एकल महिला • वाध्यात्मक रूपमा अमर्यादित पेशामा संलग्न महिला ३. उद्देश्यः • महिलाहरुको कल्याणका काम गर्ने सरकारी संघसंस्था (महिला आयोग, दलित आयोग, जनजाति प्रतिष्ठन, स्थानीय निकाय आदि) तथा गैर सरकारी संस्थाहरुको सिफारिसमा लक्षित समुहका महिलाहरुलाई तालीममा सहभागी गराउने। • लक्षित समुहका महिलालाई स्वावलम्बी र आत्मनिर्भर वनाउन तालीममा वहुमुखी सीप प्रदान गरी समाज परिवर्तनका संवाहक तथा रोजगारी र स्वरोजगारीका लागि सक्षम वनाउने। • सीप र प्रविधि हस्तान्तरण वाट स्वरोजगारीका लागि प्रोत्साहित गर्दै महिला वेरोजगारी कम गर्ने। • लक्षित समुहका महिलाको जीवनस्तर अभिवृद्धि गरी गरिवी कम गर्ने। • महिला हिंसा र शोषणको अन्त गर्न सघाउने। ४. तालीम र पाठ्यक्रमः • मुख्यत सिलाई कटाई र वुनाईका क्षेत्रमा सीप सिकाउने। • सहायक रुपमा चाउचाउ वनाउने, मस्यौरा तितौरा वनाउने, आलु चिप्स वनाउने, दालमोट वनाउने, जामजेली, सस वनाउने, पेण्टिङ्ग, इम्ब्रोइडरी, कुसन, व्याग, पर्स, आदि बनाउने सीप सिकाउने। • साक्षरता कक्षा, स्वास्थ्य शिक्षा, नैतिक शिक्षा, लगायतका सामाजिक सम्मानका लागि जीवनशैली परिवर्तनको सीप सिकाउने। ५. तालीमको उपलब्धीः • हालसम्म यस तालीम कार्यक्रमवाट देशका विभिन्न भाग वाट लक्षित समूहका १३९२ जना महिलाहरुले वहुमुखी सीप सिकेर आ-आफ्नो समाजमा सामाजिक परिचालक, रोजगारदाता, प्रशिक्षकको भुमिकामा काम गरिरहेका छन।हाल यो सत्रमा तीन वटा केन्द्रमा गरी ६० जना महिलाहरुले तालीम लिइरहेका छन। • विभिन्न सिमान्तकृत समूहका महिला जस्तैः चेपाङ्, वादी, जस्ता महिला पनि तालीममा सहभागी भइ आ-आफ्नो क्षेत्रमा आत्मनिर्भर र स्वावलम्बी भई स्वरोजगारीवाट जीवनस्तर अभिवृद्धि गरेका छन। • निरक्षर महिलालाई तालीमका सम्बन्धीत क्षेत्रमा काम गर्न सक्ने गरी सामान्य साक्षर वनाउने भएकोले साक्षरता अभियानमा समेत सघाउ पुर्याएको। • हेटौडा,मनहरी वाट ९ कक्षा पढेकी सहभागी प्रशिक्षार्थी रिना राईले सम्बन्धित विषयमा पुस्तक लेखि काठमाण्डौ र हेटौडामा समेत व्यवसाय गरी व्यवसायी, रोजगारदाता, प्रशिक्षक र सामाजिक परिचालक भइ समाजमा नै स्थापित नाम वनाइसकेको उदाहरण समेत छ। ६. खर्चको विवरण • हाल आवासीय रुपमा छ महिना सम्म खाने, वस्ने, पोशाक, सरसफाई, तालीम सामाग्री, तालीम पछिको लागि प्रविधि हस्तान्तरणमा मेसीनको उपलब्धता, लगायतका खर्च र शिरोभार खर्च समेत प्रतिव्यक्ति रु ३४ हजार लागत लाग्ने गरेको छ। • विगत लामो समय देखि प्रशिक्षार्थी आवासमा फर्निचर तथा विछ्यौनाका सिरक डसना लगायतका सामाग्री पुराना भएका र समयसमयमा परिवर्तन गर्न नसकिएको कारण ति सामानलाई परिवर्तन नगरी नहुने भएकोले सो को लागि थप श्रोत आवश्यक भएको। • प्रविधि हस्तान्तरणमा प्रति प्रशिक्षार्थी एकवटा सिलाई मेसीन दिने गरिएकोमा थप सहायक प्रविधिहरुः वुनाइका सामान, अन्य सहायक तालीमको लागि मेसीनरी औजार समेत उपलब्ध गराउन आवश्यक देखिएकोले थप श्रोत आवश्यक भएको। • तालीममा सीप विकासलाई अझ वढी उपलब्धीमुलक वनाउनका लागि तालीम सामाग्री अझ वढी र पर्याप्त मात्रामा उपलब्ध गराउन थप श्रोत आवश्यक भएको। • आगामी आ.व.मा प्रशिक्षार्थी संख्यामा वृद्धि गरिएकोले पनि थप पुर्वाधार विकासका लागि थप श्रोतको व्यवस्था आवश्यक भएको।
थप श्रोत खर्चको प्रस्तावः सि.नं. विवरण संख्या इकाइ दर जम्मा १ डवल डेकर खाट २० गोटा ***१५०००/- ३०००००/- २ दराज क्याविनेट मल्टीलकर ५ गोटा १२०००/- ६००००/- ३ टेवल, कुर्सी ५ सेट १००००/- ५००००/- ४ सिरक डसना ४० सेट ५०००/- २०००००/- ५ डाइनिङ टेवल र कुर्सी ६ सेट २००००/- १२००००/- ६ मेसीनरी औजार, सामग्री थप ३५ ल.स. १००००/- ३५००००/- विविध ल.स. १०००००/- जम्मा ११८००००/- ७. अन्तमाः आवासीय महिला सीप विकास तालीमलाई अझ वढी प्रभावकारी रुपमा संचालन गर्न र अझ वढी तालीम केन्द्रहरु वाट संचालन गरी विस्तार गर्न आवश्यक देखिएको छ।हाम्रो समाजमा दिनहुँ जसो घरेलु हिंसामा परिरहेका महिलाहरुलाई नयाँ नयाँ सीप र प्रविधि दिलाई उनिहरुलाई आत्मसम्मानका साथ समाजमा पुनस्थापना गर्नुपर्ने भएको छ।लक्षित समूहका महिलालाई हिंसा वा शोषणको सिकार हुन नदिन तिनिहरुमा चेतनाको विकास गर्न र हिंसा वा शोषणमा परेका महिलालाई समाजमा ससम्मान वाँच्न सक्ने उपयुक्त वातावरणको सृजना हुन आवश्यक छ।सबै लक्षित वर्गका महिलाहरुलाई तालीमका माध्यम वाट आर्थिक रुपमा सक्षम वनाउदै जीवनस्तर अभिवृद्धि गर्न पनि आवश्यक छ।यि सबै काम गर्न श्रोत साधनको वढोत्तरी गर्न जरूरी भएकोले यस तर्फ ध्यान पुर्याउन आवश्यक देखिएको छ।