प्रयोगकर्ता:खगेन्द्र बहादुर खनाल
खगेन्द्र बहादुर खनाल नेपाली अधिवक्ता तथा पत्रकार हुन्। हाल उनी सुर्खेत जिल्लाको वीरेन्द्रनगरमा अधिवक्ताका रूपमा क्रियाशील छन्। उनी हाल सुर्खेत जिल्ला अदालत बार एशोसिएसनको सचिव पदमा कार्यरत छन्। खनालले "सिनिटी ल च्याम्बर" नामक कानुनी संस्था स्थापना गरी कानुनी सेवा प्रदान गर्दै आएका छन्।
प्रारम्भिक जीवन र शिक्षा
[सम्पादन गर्नुहोस्]खनालको जन्म दैलेख जिल्लाको दुल्लु नगरपालिका–३ मा भएको हो। उनले प्रारम्भिक शिक्षा श्री सरस्वती निम्नमाध्यमिक विद्यालय, दुल्लुबाट प्राप्त गरे। त्यसपछि उनले श्री विजया माध्यमिक विद्यालय, दुल्लु र युद्ध संस्कृत माध्यमिक विद्यालय, नेपालगन्जबाट माध्यमिक तहको अध्ययन पूरा गरे। उच्च माध्यमिक तह पनि श्री विजया माध्यमिक विद्यालय, दुल्लुबाट सम्पन्न गरे।
खनालले स्नातक तहको अध्ययन मध्यपश्चिम बहुमुखी क्याम्पस, नेपालगन्जबाट B.Ed मा गरेका थिए भने स्नातकोत्तर तहको अध्ययन त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरबाट M.Ed मा पूरा गरे। उनले नेपाल ल क्याम्पस, काठमाडौंबाट LL.B (कानुन विषय) पनि अध्ययन गरेका छन्।
पेशागत जीवन
[सम्पादन गर्नुहोस्]खनालले अधिवक्ताका रूपमा सुर्खेतमा कार्य गर्दै आएका छन्। उनले सुर्खेतमा "सिनिटी ल च्याम्बर" नामक कानुनी संस्था दर्ता गरी कानुनी सेवा प्रदान गर्दै आएका छन्। विभिन्न नागरिक, आपराधिक तथा सार्वजनिक मुद्दाहरूमा सक्रिय रहेका खनाल सुर्खेत बार एसोसिएसनका सचिवसमेत हुन्।
अन्य रुचिहरू
[सम्पादन गर्नुहोस्]खनाल पत्रकारितामा पनि रुचि राख्छन्। उनी सामाजिक तथा कानुनी विषयमा लेख लेख्ने गर्छन्। भाषाको क्षेत्रमा पनि उनी बहुभाषिक व्यक्तित्व हुन्। उनलाई नेपाली, अंग्रेजी, हिन्दी र कोरियन भाषाको राम्रो ज्ञान छ।
स्रोतहरू
[सम्पादन गर्नुहोस्]- बाह्रखरी डट कम – सामुदायिक विद्यालय शुल्क सम्बन्धी समाचार
- व्यक्तिगत जानकारी (स्वप्रस्तुत विवरण)