प्रयोगकर्ता:खेम गैह्रे/प्रयोगस्थल
खेम गैह्रे समसामयिक सामाजिक विषयहरूमा कलम चलाउने एक प्रखर लेखक तथा टिप्पणीकार हुन्। उनले नेपाली समाजका संवेदनशील र परिवर्तनशील पक्षहरूलाई गहिरो दृष्टिकोणले विश्लेषण गर्दै सेतोपाटी जस्तो प्रतिष्ठित अनलाइन मिडिया र आफ्नै सामाजिक सन्जालहरुमा आफ्ना लेखहरू प्रकाशित गर्दै आएका छन्।
उनी स्याङ्जा जिल्लाको गल्याङ नगरपालिका, वडा नं १, मालुङ्गामा घर भइ हाल उनी रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकामा अस्थायी रूपमा बसोबास गरिरहेका छन्। हाल बुटवलमा ब्यापारिक क्षेत्रमा सक्रिय छन्।
खेम गैह्रे नेपाली समाजमा देखा परेका लैंगिक धारणाहरू, प्रविधिको प्रभाव, युवा पुस्ताको मनोविज्ञान र गाउँ–सहरबीचको सोचको अन्तर जस्ता विषयहरूमा गहिरो चासो राख्छन्। उनका लेखहरूमा अनुभव, यथार्थ र विश्लेषणको संयोजन पाइन्छ।
सामाजिक सञ्जाल तथा अनलाइन मिडियामार्फत विचार प्रवाह गर्ने क्रममा उनले हजारौँ पाठकहरूको मन जित्न सफल भएका छन्। उनी विचारमा स्पष्टता, अभिव्यक्तिमा सरलता र विषय चयनमा मौलिकताका कारण चिनिन्छन्।
उनले आफ्नै ब्लगमा पनि लेखहरु प्रकाशित गर्ने गर्छन - http://khemgaihre.blogspot.com