प्रयोगकर्ता:निराजन भट्टराई

डा. निराजन भट्टराईकाे जन्म ताप्लेजुङ्ग जिल्ला साविककाे हाङ्गदेवा गा.वि.स. वडा नं. ६ (हाल फुङ्गलिङ्ग नगरपालिका वडा नं. २) अाशाहाङ्गपाटीकाे एउटा निम्नवर्गिय परिवारमा भएकाे हाे । बुवा नवराज र अामा तेजमायाकाे जेष्ठ सुपुत्रकाे रूपमा वि.सं. ३०३७ साल फागुन १५ गतेका दिन जन्मेका डा. भट्टराइकाे अाधा बाल्यकाल ताप्लेजुङ्गमै बितेकाे थियाे । उनकाे प्रारम्भिक शिक्षा झापाकाे मेचीनगर नगरपालिका १३, चारअाली स्थित श्री सहिद दशरथ चन्द मा.वि. मा पूरा भएकाे हाे भने उनले अाफ्नाे उच्च शिक्षा नेपालकै जेठाे विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय अन्तरगत कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, रामपुर बाट लिएका हुन् । पशु प्रजनन् विषयमा विद्यावारिधी गरेका डा. भट्टराई हाल नेपालकाे पहिलाे प्राविधिक विश्वविद्यालय कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गत पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायकाे पशु प्रजनन तथा जैविक प्रविधी बिभागमा सह प्राध्यापककाे रूपमा कार्यरत छन् ।