सामग्रीमा जानुहोस्

प्रयोगकर्ता:पत्रकार अमृत बास्लोला/प्रयोगस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

'१ केजि भुइँस्याउ बाट २ लाख आम्दानी'

तेह्रथुम, २२ फागुन । धेरैलाई अचम्म लाग्न सक्छ भुइँस्याउ ! भुइँस्याउ जमिन मुनि फल्ने स्याउ हो । यसको व्यावसायिक खेति पूर्वि पहाडी जिल्ला तेह्रथुममा सुरु भएको छ । यस वर्ष तेह्रथुमका २ कृषकले करिव दुई लाख मुल्य बराबरको भुइँस्याउ उत्पादन गरेका छन् ।तेह्रथुमको आठराई स्थित संक्रान्तिबजार गाविसका कृषकद्धयले भुइँस्याउ खेती गरेको एक वर्षमै थोरै लगानीमा यति धेरै रकम आम्दानी गरेका हुन ।


संक्रान्तिबजार ८ का अगुवा कृषक भवानी ढुङगेल र पुन्यप्रसाद सिटौलाले आधा–आधा किलोग्राम भुइँस्याउको बिउ गत वर्ष रोपेका थिए । एक किलोग्राम भुइँस्याउको विउबाट ६८ वटा विरुवा भयो । जसबाट करिव एक हजार किलोग्राम फल र ० किलोग्राम बिउ उत्पादन भएको कृषक ढुङगेलले बताउनु भयो ।इलामबाट तीन हजार रुपौयाको एक किलोग्राम भुइँस्याउ परिक्षणका लागि तेह्रथुम भित्राइयो, परिक्षणकालमै रामै आम्दानी भयो, कृषक ढुङगेलले भन्नु भयो ।

घरैबाट प्रति किलोग्राम दुई हजार रुपौयाका दरले भुईस्याउको विउ बिक्रि भएको अर्का कृषक सिटौलाले जनाकारी दिनु भयो । केहीमात्रामा फल पनि १ सय देखी २ सय रुपौया प्रति केजि विक्रि भएको र धेरै जसो प्रचार प्रसारका लागि निःशुल्क वितरण गरिएको बताइएको छ । कृषक ढुङगेल र सिटौलाबाट तेह्रथुमका दुई दर्जन गाविसका कृषकहरुले यसको विउ खरिद गरेका छन ।

सूर्यमुखि पूmलको जस्तै बिरुवा हुने, जमिनमुनि तरुलभैm फल्ने र बोक्रा ताछदा स्याउ जस्तै देखिने तथा स्वाद पनि त्यस्तै हुने भएकाले भुइँस्याउ भनिएको हो । यसको स्वादमा स्याउ, खरभुजा र गाजरको समिण छ । यसको नियमित प्रयोगले जन्डिस, सुगर, पथरी, कब्जियत र ग्यास्टिक नियन्त्रणमा सहयोग पुग्ने बताइएको छ । नेपालमा यसको खेति नयाँ हो । पानी नजम्ने बलौटे माटोमा र तराई देखि तीनहजार उचाइसम्ममा भुइँस्याउ राम्रो सँग लाग्ने कृषकहरुको भनाई छ ।

Read more: http://www.sajhasabal.com/terhathum/news/343697297128#.Uxr1VqKDErg#ixzz2vMqNsKGk