प्रयोगकर्ता:बसन्त महर्जन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बसन्त महर्जन (जन्म इ.सं. १९७२) लेखक एवं अन्वेषाक हुन् । नेपाली इतिहास, संस्कृति तथा पुरातत्वकाे अध्ययन अनुसन्धानमा संलग्न उनी बुद्ध तथा बाैद्ध विषयक इतिहास र दर्शनकाे अध्ययनमा पनि विशेष रूची राख्छन् । विभिन्न विषयमा हजाराैं लेख पत्रपत्रिकाहरूमा प्रकाशित छन् । यसरी नै बाैद्ध विषयमा प्रकाशित सात वटा पुस्तक प्रकाशित छन् । बाैद्ध धर्मबाहेक साहित्य, संसकृति, इतिहास, पुरातत्व, पर्यटन लगायत अन्य विषयक्षेत्रका पुस्तकहरू पनि प्रकाशनकाे क्रममा छन् ।

लेखक अाफ्नाे प्रत्येक लेखन क्षाेत्रमा नयाँ कुरा समावेश गर्न सँधै क्रियाशील छन् । अाफ्नाे अध्ययन अनुसन्धानका क्रममा त्रिभुवन विश्वविद्यालयअन्तर्गतकाे प्राज्ञिक संस्था नेपाल र एशियाली अनुसन्धान केन्द्र (सिनास) मा पिन अावद्ध रहिसकेका उनी अावश्यक श्राेतसामग्री संकलन गर्ने क्रममा विभिन्न ठाउँकाे यात्रा गरिरहने अन्वेषक यात्री पनि हुन् । यात्रा साहित्यकाे लेखनमा धर्मादित्य धर्माचार्य पुरस्कारबाट पुरस्कृत लेखककाे अर्काे पक्ष हाे- फाेटाेग्राफी । यात्रामा क्रममा खिचिएका फाेटाेहरूकाे संकलनमा मुख्यतः एेतिहासिक बाैद्धस्थल, बाैद्ध जनजीवन, प्राकृतिक साैन्दर्य, एेतिहासिक तथा सांस्कृतिक स्थलहरू , विभिन्न व्यक्तित्व रहेका छन् ।