प्रयोगकर्ता:योगेश ताम्ला रार्इ/sandbox
नौ तल्ले धरहराको नौ कुरा
१. काठमाडौंको सुन्धारामा अवस्थित धरहरा वि. सं. १८८२ सालमा निर्माण गरिएको हो । महारानी त्रिपुरासुन्दरीदेवीको सम्झनास्वरुप धरहराको निर्माण गरिएको हो । २. भीमसेन थापा प्रधानमन्त्री भएको बेलामा निर्माण गरिएकोले धरहरालाई भीमसेन स्तम्भ पनि भनिन्छ । ३. सामाजिक तथा प्रशासनिक सूचना र जानकारी दिन तथा भेला गराउन राणकालीन समयमा धरहराको टुप्पोबाट बिगुल बजाउने गरिन्थ्यो । बिगुल बजेको सुनेपछि जङ्गी निजामती कर्मचारीहरु टुँडिखेलमा जम्मा हुनु अनिवार्य थियो । ४. वि. सं. १९९० सालको महाभुकम्पले धरहरा पनि भत्कियो । दुई वर्षपछि तत्कालीन प्रधानमन्त्री जुद्धशमसेर जबराले साबिक बमोजिम नौ तल्ला नै कायम गरी पुनः निर्माण गरेका थिए । हालको धरहराको सातौं तल्लामा बार्दली छ । ५. धरहराको उचाइँ ६१.८८ मिटर -२०३ फिट) छ । धरहरा भित्र २१३ सिँढी र बाहिर २५ सिँढी छन् । ६. धरहराको १८८ सिँढी उक्ले पछि बार्दली आउँछ । बार्दलीबाट काठमाडौं उपत्यकाको अधिकांश भाग सजिलै सँग देखिन्छ । ७. धरहराको सबैभन्दा माथिल्लो तलामा शिवलिङ्ग छ । टुप्पोमा गजुर रहेको ऐतिहासिक स्मारक धरहरा धार्मिक तथा पर्यटकीय दृष्टिले समेत महत्वपूर्ण छ । ८. धरहराको निर्माण मुगलशैलीमा गरिएको छ भने वरिपरिको पर्खाल युरोपेली शैलीमा निर्माण गरिएको छ । धरहरा मुस्लिम, हिन्दू र क्रिश्चियन तीनै धार्मिक सम्प्रदाय बीच धार्मिक सहिष्णुताको प्रतीक बनेको छ । ९. धरहराको निर्माण बज्र -सुकी, चून, मास र चाकुको मिश्रण) बाट भएको हो ।