सामग्रीमा जानुहोस्

प्रयोगकर्ता:रविन भट्टराई/प्रयोगस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रविन भट्टराई (जन्म वि.सं. २०४६ असोज १५ गते आईतबार) एक नेपाली पत्रकार हुन् । नेपालको कोशी प्रदेशमा रहेको हिमाली जिल्ला ताप्लेजुङमा जन्मिएका उनले ताप्लेजुङबाटै पत्रकारिता सुरु गरेका हुन् । स्थानीय रेडियो तमोरको समाचार सम्पादकको रूपमा काम गरिरहँदा उनले जिल्लाबाटै अनलाइनखबर डटकम, इमेज टेलिभिजन र नेपाल समाचारपत्रमा समेत जिल्ला समाचारदाताको रूपमा काम गरे ।

रेडियोमा ९ वर्ष सम्म समाचार वाचनसँगै विभिन्न कार्यक्रम उत्पादन र प्रस्तोतासहितको भूमिकामा देखिएका उनी झापाको बिर्तामोडमा रहेर १७ महिना अन्नपूर्ण पोस्ट् दैनिकको समाचारदाता भएर रहे । त्यसपछि उनको कामको मुल्यांकन गर्दै अन्नपूर्ण पोस्ट् दैनिकले तत्कालिन प्रदेश १ (हाल कोशी प्रदेश)को ब्यूरो प्रमुखको जिम्मेवारी दियो । २ वर्ष सम्म ब्यूरो प्रमुखको भूमिकामा रहेका उनलाई अन्नपूर्ण पोस्ट् दैनिकले केन्द्रिय कार्यालयमा ल्याएर डेक्समा समाचार सम्पादकको जिम्मेवारी दिएको थियो । करिब ३ वर्ष यो भूमिकामा रहेका उनी हाल प्रकृतिसँग सम्बन्धित अनलाइन नेचर खबर डटकमका कार्यकारी सम्पादकको भूमिकामा कार्यरत रहेका छन् ।

समाचार लेखन र सम्पादनमा मात्रै उनी अडिएका छैनन् । उनी फोटो र भिडियोमा पनि उतिकै दखल राख्छन् । उनले विभिन्न स्थानको दर्जन बढी वृत्तचित्र छायांकन र सम्पादन गरेका छन् भने उत्कृष्ठ फोटो खिचेर विभिन्न पुरस्कार र सम्मान पनि पाएका छन् ।