सामग्रीमा जानुहोस्

प्रयोगकर्ता:वि.एन. श्रेष्ठ/प्रयोगस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

४४ वर्षको उमेरमा एसएलसी पास गरिन हिरादेवीले

ओखलढुंगा टोक्सेलकी ४४ वर्षिया हिरादेवी तिमिल्सिनालाई यतिबेला बधाई थाप्न भ्याईनभ्याई छ । बुढ्यौली उमेरमा एसएलसी पास गरेको खबर सुनेपछि उहाँलाई बधाई दिनेहरुको ओइरो लागेको हो ।‘पढ्नलाई उमेरले पनि छेक्दो रहेनछ, अनि मेहनत गर्दा सफलता पनि मिल्दो रहेछ’ उहाँले भन्नुभयो ।

सिन्धुली खाङसाङमा जन्मनु भएकी तिमिल्सिनाले सानोमा ८ कक्षा मात्रै पढ्न पाउनुभयो । घर नजिक स्कूल नभएको र चाँडै विवाह पनि भएकाले उहाँको पढाई बीचमै अलमलियो । पढाई छोडेको २६ वर्षपछि पोहोर साल उहाँ काठमाडौं तीनकुनेको उत्प्रेरणा महिला विद्यालयमा ९ कक्षामा भर्ना हुनुभयो ।‘जाँच दिएको बेलामा पास हुन्छु भन्ने लागेको थियो । मेहनत पनि राम्रै गरेकी थिए, सोचेकै नतिजा आयो’ उहाँले भन्नुभयो ।

उहाँका दुई छोरा स्नातक अध्ययनरत छन् । उहाँ पढ्ने विद्यालयका अरु १५ जना महिला पनि एसएलसीमा पास भएका छन् । सबैको उमेर उहाँकै हाराहारीको छ । युवा उमेरका कती युवा युवतीहरु एस.एल.सी.मा फेल भएकै कारणले आत्महत्या गर्दछन् । यस पटक मात्र एस.एल.सी.मा फेल भएकै कारणले देशका विभिन्न भागका ४ जनाले आत्महत्या गरिसकेका छन् । फेल भएकै कारणले आत्म हत्याको प्रयास गर्नेहरुका अगाडी मेहनत गरे सफल भइन्छ भन्ने यो गतिलो उदाहरण होइन त ?