सामग्रीमा जानुहोस्

प्रयोगकर्ता:श्यामसुन्दरम्

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नवधा भक्ति प्राचीन शास्त्रमा भक्तिकाे नाै वटा प्रकारकाे बारेमा वताइएकाे छ, जसलाई नवधा भक्ति भनिन्छ । (भगवान श्रीराम प्रभुले शवरीलाई दिनुभएकाे ज्ञान। त्यसैगरि श्रीमद्भागवतमा भक्त प्रल्हादले हिरण्यकश्यपलाई दिनुभएकाे) श्रवणं कीर्तनं विष्णाेः स्मरणं पादसेवनम्। अर्चनं वन्दनं दास्यं सख्य मात्मनिवेदनम्।। अर्थात भक्ति नाै तरिकाबाट गर्न सकिन्छ १.श्रवणं: भगवान्को लिला, कथा र स्ताेत्रहरुलाई परम् श्रद्धापूर्वक निरन्तर मनैदेखि सुन्नु। प्रथम भक्ति सत्संग नै हाे, विद्वानहरुकाे, भक्तहरुकाे र सन्तहरुकाे सान्निध्यमा भगवद् चिन्तनकाे ज्ञान प्राप्त हुन्छ । २.कीर्तनं: भगवान्काे गुण, चरित्र, नाम र पराक्रम अादिकाे अानन्द एवं उत्साह पूर्वक कीर्तन गाउनु। दाश्राे प्रकारको भक्ति, पापकर्ममा लागेकाहरुलाइ पनि पवित्र पार्दछ, जुन भगवान्को लिला र कथाप्रसंग लाई प्रेमपूर्वक भजेर गरिन्छ। ३. स्मरणं: निरन्तर अनन्यभाबले भगवान्को स्मरण गर्नु र उनैको महात्म्य र शक्तिकाे स्मरणगर्दै त्यसमा मुग्धहुनु। तेश्राे भक्ति हाे छलकपट रहित भएर श्रद्धा, प्रेम र लगनकाे साथमा भगवान्को नाम सुमिरण। ४.पादसेवनम्ः भगवान्को चरणकाे अाश्रय लिनु र उनैलाई अाफ्नाे सर्वस्व मान्नु। चाैथाे भक्ति हाे अभिमानलाइ त्यागेर गुरु चरणकमलकाे पूजा। ५.अर्चनं: मन वचन र कर्मले पवित्र सामाग्रीहरुद्वारा भगवान्को चरणको पूजा गर्नु। पाचाैं भक्ति मन्त्रकाे जप र दृढ विश्वास हाे। ६. वन्दनं: भगवान्को मुर्ति वा भगवान्कै अंशस्वरुप मानिने भक्तजन, अाचार्य, ब्राह्मण, गुरुजन तथा मातापिताको परम अादरसत्कारकाे साथमा पवित्र भाव द्वारा उनिहरुलाइ नमस्कार गर्नु र उनिहरुकाे सेवा गर्नु। छैठाै भक्ति गुणवान् पुरुष कर्मेन्द्रियलाइ नियन्त्रणमा राखि भगवद् सुमिरण गर्दछ। ७.दास्यं: भगवानलाई स्वामी र अाफुलाई उहाँकाे दास सम्झेर परम श्रद्धापूर्वक सेवा गर्नु।साताैं प्रकारकाे भक्तिमा मानिसले सारा सन्सारलाइनै भगवान्को रुपमा देख्दछ। ८.सख्य: भगवानलाइ अाफ्नाे मित्र सम्झेर अाफ्नाे सर्वस्व भगवानमा समर्पण गरेर तथा सच्चाभावले अाफ्नाे पाप र पूण्यकाे निवेदन गर्नु। अाठाैं भक्तिमा मानिसले जे जति पाएकाे छ त्यसैमा सन्ताेष मानेर सपनामा पनि अर्काकाे ईर्ष्या गर्दैन । ९. अात्मनिवेदनम्: अाफुलाइ भगवान्को चरणमा सदाकाेलागि समर्पणगरि अाफ्नाे स्वामित्वमा कुनै पनि कुरा नराख्नु। नवाै भक्ति छलकपटकाे मार्गबाट टाढा रहेर कुनैपनि अवस्थामा हर्ष र विस्माद मान्दैन। याे भक्तिकाे उत्तम अवस्था मानिएकाे छ। यी नाै प्रकारका भक्तिमा कुनैपनि भक्ति गर्ने पुरुष भक्त हाे उ सदा भगवान्को प्रिय हुन्छ। अन्त्यमा भक्ति नभइकन निस्काम कर्मयाेग कदापि हुदैन, भगवद् भक्तिनै एक यस्ताे साधन हाे, जसद्वारा हामी निस्काम कर्म गर्दै ज्ञानकाे प्रकाशमा अाफ्नाे अात्मा दर्शन गर्न सफल हुन्छाैं। जय श्री राधे श्यामसुन्दरम् श्यामसुन्दरम्