प्रयोगकर्ता:सौगात श्रेष्ठ/प्रयोगस्थल
साहित्यकार सौगात श्रेष्ठको जन्म विक्रम संवत् २०५२ सालमा साविक बगनाहा गाउँ विकास समिति (हाल: ठाकुरबाबा नगरपालिका) बर्दियामा भएको हो । विद्यालय तहबाटै साहित्य लेखन शुरु गरेको भए पनी विक्रम संवत् २०६७ साल देखी श्रेष्ठले आफ्नो लेखनीलाई तिब्रता दिएका हुन । बौद्धिकताले भरिपूर्ण, मर्मस्पर्शी र गम्भिर लेखनी भएको लेखकका रुपमा आफुलाई उभ्याउने साहित्यकारका रुपमा श्रेष्ठ परिचित छन् । संख्यात्मक रुपमा धेरै लेख्नु भन्दा पनी गुणस्तरिय रचना सिर्जना गर्ने श्रेष्ठलाई गजल, मुक्तक संगै साहित्यका प्रायः सबै विधामा उत्तिकै सशक्त कलम चलाउने श्रष्टाको रुपमा चिन्न सकिन्छ । श्रेष्ठका लेखहरुमा जिवनको सूक्ष्म अनुभव, प्रेममा समर्पण भाव, वियोग प्रधान प्रेम, सामाजिक विकृती–विसंगती, सामाजिक सद्भावको चाहना, स्वदेशप्रेमी भाव र सुखद् भविष्यका स्वर्णीम अभिलाषा समेटिएको पाइन्छ ।
श्रेष्ठको सिर्जनाहरुमा जिवन, जगत र प्रेमलाई निकै नजिकबाट नियाल्न पाईन्छ । प्रेमका भावहरुलाई जिवन्त रुपमा सजाएर शब्द संयोजन गर्न सक्ने लेखनी क्षमता रहेका श्रेष्ठका रचना बाचन गर्दा वा सुन्दा हर कसैले ति शब्दहरुमा समावेश भएका घटनाक्रमहरु आफ्नै जिवनमा घटेको घटना संग सम्बन्ध राखेको महसुस गर्दछन । कम शब्दहरुको प्रयोग गरेर शब्दरुपी तिखो प्रहार गर्ने क्षमता राख्ने श्रेष्ठले आफ्नो सफलताको श्रेय परिवारलाई दिन चाहन्छन् । पारिवारिक रुपमा पनी पूर्ण समर्थन रहेका कारणनै आफु साहित्यमा आउन सहज भएको र रेडियोबाट प्रशारणहुने साहित्यीक कार्यक्रमहरुको प्रभावले साहित्यमा रुची बढेको उनको अनुभव छ । क्षेत्रीय र राष्ट्रिय स्तरका पत्रपत्रिकाहरुमा सौगात श्रेष्ठका लेख रचनाहरु प्रकाशन भएका छन् ।
साहित्यीक यात्रा संगै श्रेष्ठ हाल संचारकर्मी तथा सहकारीकर्मीको रुपमा समेत आफुलाई चिनाउन सफल भएका छन् । राष्ट्रिय संचार माध्यम थाहा संचार नेटवर्क तथा थाहा खबर डट कममा २०७४ सालदेखि करिब एक वर्ष बर्दिया प्रतिनिधिको रुपमा काम गरेका श्रेष्ठले रेडियो उज्यालो संचारको बर्दिया सहकर्मी, बर्दिया अनलाईन डट कमका सह–सम्पादक तथा ठाकुरबाबा राष्ट्रिय साप्ताहिकका सम्पादकको जिम्मेवारीमा रहेर समेत काम गरि सकेका छन् । हाल गेरुवा गाउँपालिकामा रहेको रेडियो गेरुवा एफ. एम. ९०.७ मेगाहर्जमा स्टेशन प्रमुखको रुपमा कार्यरत छन् । यसका साथै सौगात श्रेष्ठ बर्दियाको ठाकुरबाबा नगरपालिका–१, भुरीगाउँमा रहेको बर्दिया टाइगर नेटवर्क अन्तरगतको रेडियो टाइगर ९९.२ मेगाहर्ज र गुलरिया नगरपालिका–४, तुलापुरमा रहेको रेडियो संवाद एफ. एम. ९८.३ मेगाहर्जमा कार्यक्रम संयोजकको जिम्मेवारीमा रहेका छन् । साहित्यका सबै विधामा सशक्त कलम चलाउने श्रेष्ठ विभिन्न साहित्यिक संस्था तथा संगठनहरुमा समेत संलग्न छन् । प्रेस चौतारी नेपाल जिल्ला शाखा बर्दियाको २०८१ साल माघमा सम्पन्न जिल्ला अधिवेशनबाट श्रेष्ठ कोषाध्यक्षमा निर्वाचित भएका छन् । यस्तै श्रेष्ठ हाल नेवाः देय् दबू (नेवार राष्ट्रिय मञ्च) जिल्ला समिति बर्दियाको सचिवको पदिय जिम्मेवारीमा पनि रहेका छन् । सौगात श्रेष्ठलाई साहित्यीक रचनाहरुको सिर्जना संगै अन्य साहित्यकारका लेख रचना तथा समसामयिक विषयबस्तुको अध्ययनमा रुची रहेको छ । संगितमा पनी उत्तीकै रुची राख्ने श्रेष्ठलाई नयाँ नयाँ ठाउँमा घुम्न र सोहि वातावरणमा रमाउन मन पर्छ ।
श्रेष्ठलाई फेसबुक । फेसबुक पेज । ट्विटर । इन्स्टाग्राम । ब्लग । साथी । यूट्यूबमा भेट्न सकिन्छ ।