प्रयोगकर्ता:103.5.150.6/प्रयोगस्थल
नबिर्स सहिदको बलिदान घाइते बेपत्ताको भावना बुढीआमाको सपना नछोड क्रान्तिको अधुरो बाटो नचिसाउ क्रान्तिकारी रातो रगत नबिसाउ शैक्षिक क्रान्तिको ज्वार नझार क्रान्तिकारी मुठ्ठिहरु॥ अनि चस्मा लगाइदेउ, आमूल परिवर्तन देख्न नसक्ने अन्धाहरुलाई॥ तिम्रो भरोषा,मेरो आशा क्रान्ति नै शान्तिको परिभाषा॥
मनलाई पथ्थरले थिच्दा पनि सहन सक्ने मेरी आमा साझँमा आशाको दियो जलाइ, मलाई कुरेर बसेकी छौ होला।एक न एक दिन क्रान्तिको नौलो बिहानी बोकेर अवश्य म आउनेछु।आमा,आजको परिस्थितीले मेरो मन टूक्रिएको छ तर सपनाहरु जिउँदै छन।किनकि आमा यहाँ त,एउटा ढुङ्गा फालेर महासागर धमिल्याउन खोज्दा रहेछन।क्रान्तिको बल्दो ज्वालालाई निभाउन खोज्दा रहेछन।सुनन आमा,यहा हाकिम बनेका अयोग्य मपाइहरु धेरै रहेछन,जसले नैतिकताको सिमा नाघेर,मतिभ्रम र बुद्दिहिन तरिकाबाट आज म माथि रिस पोख्ने हिम्मत गर्दैछन।अरे वाह! नक्कली गुलाबको फुलबाट बासनाको महसुस गर्दैछन।आमा मेरो चिन्ता नगर,क्रान्तिको भाव र भाषा नबुझ्नेलाई म बुझाउने छु।म दनदन बलेको सूर्य जस्तै हुनेछु,जहाँ तिनीहरु थुकेर निभाउने मुर्खता देखाउने छन।
आमा खै किन हो?आजभोली त मैले नयाँ आशा लिएर,नौलो क्रान्तिको सपना देख्न थालेकी छु। त्यसैले त छातीभरि क्रान्तिकारी भावना सजाएकी छु। उहि तिम्री छोरी विश्वास गर या नगर म राजा हुँ
किनकी मैले अरुको पसिनामा अनि अरुको पीडामा राज गरेको छु।
म तिमीलाई मेरो कथा सुनाउदैछु,
मेरो ल्यापटप नर्वेको होटलमा हरायो जहाँ कि मेरा गार्डहरु पाच छ जना थिए, एकैचोटी तीनओटा सवारी साधन मैले प्रयोग गर्छु जहाँ मेरा छोराछोरी खालीखुट्टा कलेज जान्छन॥ उपत्यकामा मेरा ५/६ ओटा घर छन तर पनि म भाडा लाग्ने आवासगगृहमा बस्छु अनि तीन वर्षदेखि भाडा तिरेको छैन
आजको वृक्षारोपण कार्यक्रमले एउटा सानो बिरुवा रोप्न त सिकायो नै सगँसगै क्रान्तिको बिउ रोप्न सिकाएको छ,जसको संरक्षण गर्नु आजको आवश्यकता हो॥
हेर आर्जु,मलाई थाहा छ,तिमीहरुले क्रान्तिकारी सङ्गठनलाई नकारात्मक तरिकाले सोचेका छौ होला,यसमा तिम्रो गल्ति छैन।तिमीलाई बुझाउने मान्छेहरुको गल्ति छ।हो,क्रान्तिकारी सङ्गठन गरिब,किसान,मजदुरको पसिनाको मुल्य खोज्ने चौतारी हो र म यो कुरा मा घमण्ड पनि गर्छु।त्यसैले एकपटक क्रान्तिकारी विचार बुझ्ने गर र पो तिमी गरिब,किसान,मजदुरको भलो चाहान्छौ।
त्यसैले तिमीजस्ता हजाँरौ विचार बुझ्न चाहने हरुलाई हार्दिक स्वागत गर्न चाहन्छु जहाँ तिमीलाई वैचारिक रणनीतिको मैदानमा,विचारले लड्न सिकाउने छु॥
तिमी निरन्तर संघर्ष गर्छु भन्छौ
म क्रान्ति गर्छु भन्छु
तर क्रान्ति नै संघर्ष हो,
तिमीलाई बुझाउनु छ॥
त्यसैले त म,
क्रान्ति मै उठ्छु,निदाउछु
हास्छु अनि रमाउँछु पनि॥
आज,तिम्रो र मेरो विश्वासमाथि
मोलतोल गरिँदा पनि
कति नुनको सोझो गर्न चाहान्छौ?
मलाई थाहा छ,
तिमीमा माया छ,प्रेम छ
सच्चा इमान्दार राष्ट्रप्रेमी भावना छ॥
त्यसैले आउन साथी आउ
तिमी हामीले त,
गरिबको चुलोमा आगो बाल्नुछ,
शैक्षिक क्रान्तिको बिहानी ल्याउनु छ,
जनवादी र व्यवहारिक शिक्षाको जग बसाल्नु छ॥
"हामी"
म क्रान्तिको बाटो नाघेर जाँदा अपशोच!मैले साथीलाई बिर्सेछु॥ दिन बित्यो,साझ ढल्यो बिहानी घामलाई पर्खेजस्तै म उसलाई पर्खिरहे ओहो!हाम्रो संकल्प र विश्वासको डोरी चुडिएको त छैन कतै? अरे! एकदिन त उ क्रान्तिकारी साहस बोकेर वर्गिय,जातिय मुक्तिको लागि पहाड बनेर आयो। हरेक भ्रमलाई चिर्दै क्रान्तिकारी परिवर्तनको लागि उ मँसग आयो॥ म खुसी छु,जँहा, अव्यवहारिक शैक्षिक प्रणाली र शैक्षिक व्यापारीकरणको विरोध गर्दै आज, निश्वार्थ मनको भकारी बोकेर हामी सगै उभिएका छौ॥
जसले शैक्षिक व्यापरीकरण र शैक्षिक माफियाको विरोध गर्दै क्याम्पसमा शैक्षिक क्रान्तिको दियो बाल्न खोज्छ,यहाँ उसैको विरोध हुन्छ,उसैमाथि आक्रमण हुन्छ।आज अखिल क्रान्तिकारी प्राविधिक इन्चार्ज दिदी राजेश्वरी सुवेदी माथि शङ्करदेब क्याम्पसमा भएको आक्रमणले आज पुल्चोक क्याम्पसको क्रान्तिकारी सङ्गठन र क्रान्तिकारी महिला सङ्गठन आक्रोशित र संघर्षशील बनेको छ।होसियार पुल्चोक क्याम्पसका दिदीबहिनीहरु,आफ्नो स्वार्थको लागि तपाईहामी माथि पनि, कुहेका विचार बोकेर आउन सक्छन।त्यसैले राजेश्वरी दिदीमाथिको अपमानको विरोध गर्दै अनि शैक्षिक माफियाको मुकूट लगाएर शैक्षिक क्रान्तिको नाम जप्नेहरुलाई तिरस्कार गर्दै,अब हामी सबै एकजुट हुन जरुरी छ।
जागौ अब दिदीबहिनी अधिकार खोज्नलाई बिन्ति छ लाखौलाख मेरो तिमीलाई॥ विनासको बाटो भन्दा विकासको बाटो राम्रो समयमा नै सोच्न सके भलो हुन्छ हाम्रो॥ महिला हिंसा अन्त्य गर्दै शान्ति खोज्नुपर्छ शान्तिमा नै मानवताको फूल फुल्नसक्छ॥ हामी रुदाँ यो नेपाली माटो पनि रुन्छ हामी हासे यो धर्तिको रुप बदलिन्छ॥ भनेर मात्र हुदैन यहाँ,संघर्ष पनि गर्नुपर्छ महिला श्रम शोषणको अन्त्य हुनुपर्छ॥ धनिगरिब, दलित,महिला सबै समान देख्नुपर्छ पखाली दुखका नयनहरु,शान्तिगित लेख्नुपर्छ॥
एकदिन बिचखोलामा म
चाहन्थे किनारमा आउन
बाटो टाढा थिएन तर
नदिको गहिराई थियो गाह्रो ॥
बचाउन आउनेहरुसँग
मलाइ डर थियो
कतै पोकोभरि बाधेको
मिठो क्रान्तिकारी सपना
छताछुल्ला पोखिने पो होकि?
तर पनि म
निडर छु,साहसी छु
किनकि मलाई मन परेन
मलाई बचाउनुमा लुकेको तिम्रो स्वार्थ
तिम्रो सडेगलेको नातावाद र कृपावाद
तिम्रो व्यवहार र विचारमा
मात्र फरक आकास पातालको
तिम्रो कालो घमण्डको सिमाना
म बोल्नु पर्दैन इतिहास बोल्छ॥
पीडामा रोएको छ देश
अकार्थ हिस्स! नहाँस तिमी॥
छ भने हिम्मत गर काम आजै
नत्र भोली भन्दै नसाँच तिमी॥
जित्छौ,अजस्र प्रयास गरे पो
वैरीको सामू नहार तिमी॥
बोकेर अभिभारा राष्ट्रनिर्माणको
अमूल्य समय नभास तिमी॥
कठीन छ जित्न,सहपथिक बिना
अनायासै हावामा,ननाँच तिमी॥